default_image

popular

September 20, 2025

महिला क्रिकेट टोलीमा ५ परिवर्तन, सीताको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ ( क्यान) ले आज मलेसियाविरुद्धको टि ट्वान्टी सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। अनुभवी खेलाडी सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छिन्।‌ यसअघिको टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ। सीता चोटका कारण लामो समय मैदान बाहिर थिइन्। यशोदा बिष्ट पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

September 20, 2025

नेपाली महिला‌ क्रिकेट टोली मलेसिया जाने

काठमाडौ (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ५ टि ट्वान्टी आई सिरिजका लागि मलेसिया जाने भएको‌ छ। नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८) सम्म टि ट्वान्टी सिरिज हुनेछ। त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०) सम्म हुने मलेसियन सुपर उमन्स सिरिजमा […]

September 19, 2025

नेपाली क्रिकेट टोली युएई‌ भिसाको पर्खाइमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसाको पर्खाइमा छ। विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली आज युएई जाने तयारी थियो। आज बिहान ९ बजेको टिकट काटिएपनि भिसा नआएपछि यात्रा तत्कालको लागि रोकिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले भिसाको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको […]

September 19, 2025

पहिलो महिला साफ क्लब च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक महिला क्लब फुटबलको साफ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ। पहिलो पटक साफले गर्न लागेको यो प्रतियोगिता नेपालमा हुनेछ। प्रतियोगिता डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने साफले जनाएको छ। प्रतियोगितामा दक्षिण एसियाका ५ देशका शीर्ष क्लबहरूबीच प्रतिस्पर्धा हुने भनिएको छ। आयोजक नेपालको प्रतिनिधित्व […]

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 19, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। सिटीले नापोलीलाई २- ० ले पराजित गरेको छ। सिटीका लागि पहिलो गोल ५६औँ मिनेटमा एर्लिङ हालान्डले गरे। फिल फोडेनको क्रसलाई हालान्डले उत्कृष्ट हेडरमार्फत गोल गरे । योसँगै च्याम्पियन्स लिगमा हालान्डको‌ ५० गोल पूरा भएको छ। उनले ४९ खेलमा यो सफलता प्राप्त गरेका हुन्। दोस्रो गोल […]

September 19, 2025

रासफोर्डको गोलमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजन विजयी सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो। बार्सिलोनालाई जित दिलाउन दुवै गोल गोल मार्कस रासफोर्डले गरे। म्यानचेस्टरबाट लोनमा बार्सिलोना पुगेका रासफोर्डले प्रतियोगितात्मक खेलमा टोलीका लागि पहिलो पटक गोल गरेका हुन्। उनले ५८औँ मिनेटमा जूल्स कुँदेको क्रसलाई हेडरमार्फत गोल गरेका हुन् । […]

September 18, 2025

नेपाली खेलाडीले विश्व क्याडेट चेस खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन बिहीवार कजाकिस्तानको अल्माटी प्रस्थान गरेका छन्। विश्व बुद्धिचाल महासङ्घ (फिडे) र कजाकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सेप्टेम्बर १९ देखि ३० सम्म हुने प्रतियोगितामा ८० भन्दा बढी देशका १ सय ७६ खेलाडी प्रतिस्पर्धा गर्नेछन्। खेल १२ वर्ष मुनिका खेलाडीबीच ११ राउण्ड स्विस प्रणाली अन्तर्गत सञ्चालन […]

September 18, 2025

क्यानको आयोजनामा श्रद्धाञ्जली सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। टियु मैदानमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका पदाधिकारी तथा राष्ट्रिय टोलीका खेलाडीलगायतले समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।सहिदको सम्झनामा दीप प्रज्वलनसहित मौन धारण गरिएको थियो। त्यसपछि एक कार्यक्रमको […]

September 18, 2025

नेपाली क्रिकेट टोली‌‌ ऐतिहासिक सिरिज खेल्न जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले विश्व विजेता वेस्ट इन्डिज विरुद्ध ३ टि‌ ट्वान्टी आईको ऐतिहासिक सिरिज खेल्दैछ। यो सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई युनिटी कप अन्तराष्ट्रिय टि-ट्वान्टी सिरिज भनेर नाम दिएको छ। नेपालमा भएको जेन जी प्रदर्शनपछि नेपालीलाई एक जुट बनाउनको लागि यो […]

Success

Thank you for your time.