default_image

ब्याडमिन्टन

December 7, 2016

बंगलादेशमा तामाङ दिदि भाई मिक्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदि भाई नङ्सदेवी र रत्नजित तथा अनुमाया राई र दीपक बोहराको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मिक्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार दिदिभाईको जोडीले आयोजक ब्रिस्टि खातुन र मिनाजलाई २१–१३,२१–१५ को सोझो सेटमा हराउँदै अन्तिम आठमा पुगेको छ । त्यस्तै अनुमाया र दीपकको जोडीले बंगलादेशकै उद्दिन सेफ […]

December 4, 2016

ब्याडमिन्टनका अम्पायर अर्याल बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका बिएसी अम्पायर उदय अर्याल योनेक्स सनराईज बंगलादेश इन्टरनेशनल च्यालेन्जमा निर्णायकको भूमिका निर्वाह गर्न आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगिता मंगलबारदेखि सुरु भई पाँच दिन सम्म चल्नेछ ।  अर्याल दुई दशकदेखि निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । सन् १९९५ मा म्यानमारमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट उनले अन्तराष्ट्रिय निर्णायकको भूमिकाको सुरुवात गरेका थिए […]

November 27, 2016

काठमाडौंमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघ यसै महिनाको अन्त्यमा नेपाल बिडब्लूएफ अन्तर्राष्ट्रिय सिरिज २०१६ आयोजना गर्ने भएको छ । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लूएफ) र ब्याडमिन्टन एसियाको स्वीकृतिमा हुने सिरिजमा नेपालसहित एसियाका १३ राष्ट्रका खेलाडीको सहभागिता रहने संघले आइतबार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल […]

October 29, 2016

स्वर्ण पदक विजेता तामाङ दिदीभाई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानमा एउटा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक जितेर फर्केका दिदी भाई नङसलदेवी तामाङ र रत्नजितलाई बसुन्धराको जेष्ट ब्याडमिन्टन एकेडेमीले शनिबार नगदसहित सम्मान गरेको छ । गत साता इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसन ब्याडमिन्टन सिरिजमा तामाङ दिदीभाईले मिक्स डबल्समा स्वर्ण जितेका थिए । उनीहरुले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको […]

badminton

October 26, 2016

विद्यालयबाट ब्याटमिटन खेलाडी उत्पादन गरीने

दिपक बोहोरा  (पाँचथर) विद्यालय ब्याडमिन्टनका खेलाडी उत्पादनको गर्ने गरी पाँचथरमा कार्यकम सुरु गरीएको छ । सानो उमेर देखिनै सिपयुक्त दक्ष खेलाडी उत्पादन गर्ने गरि योजना अघि बढाइएको छ । विद्यालयका शिक्षकहरुलाई तालिम दिए खेलाडी उत्पादन गर्ने कार्यक्रम अघि सारीएको छ । सदरमुकाम फिदिममा पाँचथर र ताप्लेजुङ दश विद्यालयका शिक्षकलाई व्याडमिन्टन सम्बन्धि तालिम दिइएको छ । […]

October 25, 2016

ब्याडमिन्टनमा एतिहासिक सफलता दिलाएका दिदीभाई स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका नेपाली खेलाडी मंगलबार स्वेदश फर्केका छन् । त्रिभुवन विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीमा खेलाडीसहित ७ सदस्यीय थिए । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा भाइ रत्नजित तामाङ र दिदी नङशलको जाडीले मिक्स डबल्समा स्वर्ण पदक जितेका […]

October 22, 2016

रत्नजित र नङसललाई पाकिस्तानमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङसलको जोडीले शुक्रबार स्वर्ण जितेको छ । फाइनलमा रत्न र नङसलको जोडीले पाकिस्तानका मोहम्मद इरफान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ ले पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलायो । नेपाली ब्याडमिन्टनको […]

ranjit

October 20, 2016

रत्नजित र नङशल पाकिस्तानमा जारी ब्याडमिन्टन सिरिजको फाइनलमा

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी बिहीबार फाइनलमा प्रवेश गरेका छन् । २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे । फाइनलमा रत्न र नङशलको भेट […]

October 14, 2016

५ खेलाडीसहितको ब्याडमिन्टन टोली पाकिस्तान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – पाँच खेलाडीसहितको ७ सदस्यीय नेपाली ब्याडमिन्टन टोली पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा भाग लिन शनिबार इस्लामाबाद प्रस्थान गर्दैछ । अक्टोबर १८ देखि २१ तारिखसम्म हुने सिरिजमा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल रहेका छन् । महिलामा नङ्शलदेवी तामाङ र अमिता […]

October 2, 2016

आर्मीका रत्न र दिपेश अन्तिम १६ मा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल आर्मी क्लबकाद्धय रत्नजित तामाङ र दिपेश धामी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा पुगेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबार सुरु भएको प्रतियोगिता अन्तर्गतका आर्मीका रत्नले आयोजकका प्रिन्स दाहाललाई २१–१३ र २१–८ ले हराए । दिपेशले आयोजककै भरुन सिलाई २१–११ र २१–८ ले पराजित गरे । पुलिसका […]

Success

Thank you for your time.