default_image

Racquet

January 1, 2017

कमल र राजुको जोडीलाई भेट्रान डबल्सको उपाधि

पोखरा (हाम्रो खेलकुद) – पोखरा कमल भण्डारी र राजु श्रेष्ठको जोडीले १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोतिगामा ३५ वर्ष माथिको डबल्स तर्फको उपाधि जितेको छ । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा कमल र राजुको जोडीले आत्माराम कार्की र राजु श्रेष्ठ (गोर्खा) को जोडिलाई ६–२, ६–३ ले हराएको थियो […]

December 27, 2016

स्यान्टु टेबल टेनिसका नयाँ च्याम्पियन, नवितालाई निरन्तर सफलता

विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिसका स्यान्टु श्रेष्ठ टेबल टेनिसमा नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । महिलातर्फ पुलिसकी नविता महर्जनले स्वर्ण पदक जितेकी छिन् । स्यान्टुले पुरुष एकलको फाइनलमा मंगलबार एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्यान्टुले सेमिफाइनलमा तीन पटकका च्याम्पियन पुलिसकै दिप साउनलाई […]

December 25, 2016

उमन्स डबल्समा सेना र मेन्स डबल्समा पुलिसलाई स्वर्ण

विराटनगर (हाम्रो खेलकुद) – नेपाली सेनाका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस उमन्स डबल्समा स्वर्ण पदक जितेका छन् । मेन्स डबल्सको स्वर्ण पदक नेपाल पुलिसका प्रदीप रोक्का र विनेश खनियाँको जोडीले जितेको छ । पूर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदको दोस्रो दिन आइतबार रविना र स्वेच्छाको जोडीले फाइनलमा पुलिसका नविता श्रेष्ठ र […]

December 17, 2016

नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज: पाँच मध्ये चार उपाधि भारतको पोल्टामा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को पाँच मध्ये उमन्स सिंगल्समा बाहेक सबैमा भारत विजयी भएको छ । मेन्स सिंगल्समा भारतीय अभिषेक येलेगार र उमन्स सिंगल्समा भियतनामकी थोए लिन एनगुएनले पहिलो स्थान प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार भएको फाइनलमा अभिषेकले आफ्नै देशका सिद्धार्थ ठाकुरलाई […]

badminton

December 16, 2016

योनेक्स सनराइज ब्याडमिन्टनमा भारतीय खेलाडीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को चौथो दिन शुक्रबार भारतीय खेलाडीको दबदबा रह्यो । सिरिजका ५ इभेन्ट मध्ये ४ वटा इभेन्ट्समा भारतीय खेलाडीले स्थान बनाएका छन् । त्यसमा पनि ३ इभेन्ट्स मेन्स सिगल्स, उमन्स डबल्स र मिक्स डबल्सको फाइनलमा भारतीय खेलाडीकै बीचमा मात्र प्रतिस्पर्धा हुने भएको छ । […]

Nepal

December 15, 2016

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपालका सबै खेलाडी क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं : राजधानीमा जारी नेपाल इन्टेरनेशनल ब्याडमिन्टन सिरिजको सेमिफाइनल पुग्ने सबै इभेन्टका खेलाडीको टुङ्गो लागेको छ। प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलतर्फका सबै खेल सम्पन्न भएको छ। तर नेपालबाट अन्तिम चारमा कुनै पनि खेलाडीले प्रवेश पाएनन्। नेपाली नम्वर वन खेलाडी रत्नजित तामाङ सिरिजको मेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्समा सबैमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

December 14, 2016

रत्न र शिक्षा क्वाटरफाइनलमा

नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकल तर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रत्नजितले भारतका अमन कुमार लाई पुरुष एकलमा २१–१३ र २१–१९ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे । यस्तै महिला एकल तर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र २१–१७ ले […]

December 14, 2016

रत्नजित मेन्स सिंगल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरियताका रत्नजित तामाङ नेपाल बिडब्लूएफ योनेक्स सनराइज सिरिज २०१६ को मेन्स सिंगल्सको क्वार्टरफाइनलमा पुगेका छन् । राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा भारतका अमनकुमारलाई २१–८, २१–१३ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेका हुन् ।   सिरिजमा तेस्रो वरियताका रत्नजितले सेमिफाइनल प्रवेशका लागि भारतका […]

table tennis

December 13, 2016

अन्तरविद्यालय टेबलटेनिसमा विजेश्वरी टिम च्याम्पियन

अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको कान्तिपुर इङलिस एकेडेमीले १४ अंक बटुल्यो । अन्तिम दिन गल्र्स डबल्समा आरुणीका तृष्णा पुन र अस्मिता ढुंगेलको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले विजेश्वरीका मारिया थापा […]

December 12, 2016

अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिज आज सुरु हुँदै, नेपालका २२ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा आजबाट नेपाल बिडब्लूएफ योनेक्स–सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ सुरु हुँदैछ । पाँच दिनसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसहित ९ राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । सिरिजमा नेपालका २२, भारतका २०, बंगलादेशका ९, पाकिस्तानका ७, भियतनाम ६, माल्दिभ्सका ४, इन्डोनेसियाका २, […]

Success

Thank you for your time.