default_image

Racquet

December 10, 2016

लिकर ब्याडमिन्टनमा सन्तोषलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)– सप्तरीका सन्तोष कटुवाल दोश्रो राजन स्मृती अन्तर लिकर ब्याडमिन्टन २०७३ मा दोहोरो सफलता हासिल गरेका छन् । सन्तोषले पुरुष एकल र युगल दुवैमा पहिलो स्थान प्राप्त गरेका हुन् । पुरुष एकलको फाइनलमा काठमाण्डौका पेम्बा शेर्पालाई २१–१८, १३–२१ र २१–१९ ल हराएका सन्तोष्ले युगलमा सुनिल परियारसंग मिलेर ललितपुरका कभि बस्नेत र प्रल्हाद के.सी.को […]

December 8, 2016

बंगलादेश ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगिएको छ । तामाङ दिदिभाई नङ्सल देवी उमन्स सिंगल र भाई रत्नजित मेन्स सिंगलको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । त्यस्तै दिदि भाई तथा दीपक बोहरा र अनुमाया राईको जोडी मिक्स डबल्सको अन्तिम आठ पराजित भएका छन् । रत्नजित र नवीन श्रेष्ठ […]

December 7, 2016

बंगलादेशमा रत्नजित र नवीनको जोडी मेन्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मेन्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । रत्नजित र नवीनको जोडीले बुधबार साँझ तेस्रो चरणको खेलमा आयोजक बंगलादेशका मोहम्मद जाकारिया इस्लाम र मोहम्मद जाहिद रमजानको जोडीलाई २१–१५,१८–२१,२१–१० ले हराएको थियो । नेपाली जोडीले अब सेमिफाइनल प्रवेशका लागि बिहीबार मलेसियाका […]

December 7, 2016

बंगलादेशमा तामाङ दिदि भाई मिक्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदि भाई नङ्सदेवी र रत्नजित तथा अनुमाया राई र दीपक बोहराको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मिक्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार दिदिभाईको जोडीले आयोजक ब्रिस्टि खातुन र मिनाजलाई २१–१३,२१–१५ को सोझो सेटमा हराउँदै अन्तिम आठमा पुगेको छ । त्यस्तै अनुमाया र दीपकको जोडीले बंगलादेशकै उद्दिन सेफ […]

December 4, 2016

ब्याडमिन्टनका अम्पायर अर्याल बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका बिएसी अम्पायर उदय अर्याल योनेक्स सनराईज बंगलादेश इन्टरनेशनल च्यालेन्जमा निर्णायकको भूमिका निर्वाह गर्न आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगिता मंगलबारदेखि सुरु भई पाँच दिन सम्म चल्नेछ ।  अर्याल दुई दशकदेखि निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । सन् १९९५ मा म्यानमारमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट उनले अन्तराष्ट्रिय निर्णायकको भूमिकाको सुरुवात गरेका थिए […]

November 30, 2016

एञ्जल हार्ट खेल महोत्सवमा बास्केबल, फुटबल र टेबल टेनिस

काठमाडौं (हाम्रो खेलकुद) –विद्यालय स्तरीय छैटौ एञ्जल हार्ट खेल महोत्सब बिहीबारबाट सुरु हुने भएको छ । महोत्सव अन्तर्गत बास्केटबलमा जुनियर र सिनियर छात्र, फुटबल तर्फ सिनियर छात्र र टेबल टेनिसमा छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ । मंसिर २५ गते सम्म हुने महोत्सवका तीनै खेलमा गरेर ४४ विद्यालयको सहभागिता रहने महोत्सव संयोजक टक बहादुर थाापाले […]

November 27, 2016

काठमाडौंमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघ यसै महिनाको अन्त्यमा नेपाल बिडब्लूएफ अन्तर्राष्ट्रिय सिरिज २०१६ आयोजना गर्ने भएको छ । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लूएफ) र ब्याडमिन्टन एसियाको स्वीकृतिमा हुने सिरिजमा नेपालसहित एसियाका १३ राष्ट्रका खेलाडीको सहभागिता रहने संघले आइतबार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल […]

November 19, 2016

प्रधानमन्त्री दाहाल र खानबीच भेटघाट

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसको विभिन्न कार्यक्रमका लागि हाल नेपालमा रहेका अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) का विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटको अवसर पाएका छन् । आरिफले प्रधानमन्त्री दाहाललाई आफ्नो नेपाल भ्रमणको विविध पक्ष बारे जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले आफूले पनि दैनिक जसो टेबलटेनिस खेल्ने गरेको र यसबाट स्वास्थ्यमा पनि सुधार भइरहेको […]

November 6, 2016

अभिलाषाले एसियाली लनटेनिसमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– लनटेनिस खेलाडी अभिलाषा विष्ट एटिएफ एसियाली ¥याङकिङ प्रतियोगितामा भाग लिन शनिबार भारतको हैदरावाद गएकी छन् । सोमबार देखि नोभेम्बर १२ सम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन् । डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई जोडीका रुपमा छान्न पाउनेछिन् । प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, पाकिस्तान र हङकङको […]

erika-maharjan

November 3, 2016

उच्च शिक्षका लागि टेबलटेनिसकी एरिका अस्ट्रेलिया जाने

काठमाडौं (हाम्रो खेलकुद) टेबलटेनिस खेलाडी एरिका महर्जन उच्च शिक्षाका लागि शुक्रबार अस्ट्रेलिया जाने भएकी छन् । राष्ट्रिय टेबलटेनिस महिला खेलाडीको पाँचौं वरीयताकी एरिकालाई काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार बिदाइ गर्‍यो । जिल्ला अध्यक्ष समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्य, केन्द्रीय सचिव एवं टेबलटेनिस मुख्य प्रशिक्षक शंकर गौतम, […]

Success

Thank you for your time.