default_image

टेबल टेनिस

February 6, 2023

राजेन्द्र र नदिम थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन मास्टर्स टेबल टेनिस प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चोनबुरी प्रस्थान गरेको छ । फेब्रुअरी ४ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा राजेन्द्र वज्राचार्य र नदिम शाक्यले प्रतिस्पर्धा गर्ने छन् । दुवैले भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खेल्ने छन् । व्यवस्थापकमा जुबन तण्डुकार छन् । […]

February 4, 2023

नविता र विनेशलाई सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबकाद्धय नविता श्रेष्ठ र विनेश खनियाँले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । विनेश पुरुषतर्फ र नविता महिला एकलमा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा विनेशले भारतको ग्लोबल टेबल टेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७–११, ११–५, ११–९, […]

February 3, 2023

नवीता र रविना फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको सेमिफाइनलमा नवीताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् […]

February 2, 2023

कपुरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गरे । टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन […]

February 1, 2023

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिसमा गुजरातलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरात टेबल टेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्ट्समा बुधबार स्वर्ण जितेको छ । सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालिको मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित ग¥यो । डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ […]

January 31, 2023

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिसमा पुलिसलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको मंगलबार भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना […]

January 29, 2023

सम्झना कपमा पहिलोपटक टेबल टेनिसको विश्वस्तरीय बोर्ड प्रयोग हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ सम्झना कप मार्फत नेपालमा पहिलो पटक विश्व स्तरीय टेबल टेनिस बोर्ड प्रयोग हुने भएको छ । चाइना ट्रेड लिंकको प्रायोजनमा विश्वकपमा प्रयोग भएको डबल हेपिनेसको विश्वस्तरीय बोर्ड यसपटक प्रयोग हुने भएको हो । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने प्रतियोगितामा डबल हेपिनेसको बोर्डसँगै बल पनि प्रयोग हुनेछ । यसमा लाग्ने सम्पूर्ण […]

January 24, 2023

विश्व च्याम्पियन टेबल टेनिस खेलाडीलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा भएको २०औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले मंगलबार स्वागत गर्दै बधाई प्रदान गरेका छन् । सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे । […]

January 21, 2023

नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा जारी २०औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपालले स्वर्ण जितेको छ । आज शनिबार सम्पन्न पुरुष ४५ बर्ष माथीको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । नेपाली जोडीले […]

January 14, 2023

सुनिल र रोनिशालाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद) – सुनिल महर्जन र रोनिशा महर्जनले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सुनिल प्रतियोगिताको मुख्य विधा पुरुष एकल र रोनिसा महिला एकलमा च्याम्पियन बनेकी हुन् । दुवै स्वर्ण विजेता वडा नम्वर १२ का हुन् । शनिवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन पुरुष एकलमा सुनिल महर्जनले वडा ७ का […]

Success

Thank you for your time.