November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न दिने सिफारिस भएको छ । त्यस्तै खेलाडीका तर्फबाट सपथका लागि एसियाली खेलकुदकी कास्य पदक र सागको स्वर्ण पदक विजेता आयशा शाक्यको नाम सिफारिस भएको छ । राष्ट्रिय टिम तयारी […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकमा अभ्यास खेलमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको विशाल लक्ष्य दिएको छ । शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन बनायो । नेपालका […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले माल्दिभ्सविरुद्ध आक्रामक अर्धशतक पुरा गरेका छन् । शरदले २२ बलमा २ चौका र ६ छक्का सहित अर्ध शतक पुरा गरेका हुन् । आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले अर्धशतक पुरा गरेका हुन् । शरदलाई प्रदीप ऐरीले २३ रनमा […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेल घोषणा भएसँगै व्यापक चर्चा कमाएको नेपालले यसपटक पुरुष भलिबलमा पनि पदकको अपेक्षा गरेको थियो । तर, नेपालको यो सम्भावना निकै झिनो बनेको छ । यही अवस्थामा नेपालले आज स्वर्णको दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साँझ ५ बजेपछि सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा अग्रता लिएरपनि […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्स राष्ट्रिय क्रिकेट टोलीका कप्तान मोहम्मद मोहफूजले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सको पहिलो लक्ष्य सेमिफाइनल पुग्ने बताएका छन् । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल ए सँगको अभ्यास खेलको क्रममा हाम्रो खेलकुदसँग कुरा गर्दै महफूजले यस्तो बताएका हुन् । ‘अभ्यास खेल मिलाइदिएकोमा सर्वप्रथम नेपाल क्रिकेटलाई धन्यावाद । आजको […]
November 28, 2019
सुबास हुमागाईं, काठमाडौं पाँच पटक कराँतेका विश्व च्याम्पियन रहिसकेका एन्जेलो स्पाटारो बिहीबार विहान गौशालास्थित शिवम प्लाजा होटेलको कन्फेरेन्स हलमा नेपाली राष्ट्रिय कराँते टोलीका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए । नेपाली कराँते नजिकबाट नियाल्नेका लागि स्पाटारो नयाँ अनुहार होइनन् । पछिल्लो २५ वर्षदेखि नेपाली कराँतेका लागि आफूलाई नियमित समर्पित गर्दै आएका उनको हालको परिचय भने कराँतेभन्दा बाहिरको […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत दोस्रो खेलमा भारतसँग हार बेहोरेको छ । समूहको दोस्रो खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले २ ओटा सेट पोइन्ट बचाउन नसक्दा २६-२४ क हार बेहोर्न बाध्य भयो । सुरुवाती समयदेखि नै कडा […]
November 28, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलमा उपाधिकाे दावेदार भारतले विजयी शुरुवात गरेकाे छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) काे कभर्डहलमा बिहीबार भएकाे खेलमा भारतले बंगलादेशमाथि ३-० काे एकपक्षीय जित हात पारेकाे हाे । पहिलो जितसँगै भारत पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ । नेपालसँग शुक्रबार हुने खेल गुमाएको खण्डमा पनि […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीलाई नेपाल ‘ए’ ६ विकेटले पराजित गरेको छ । ८७ रनको समान्य लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि कविता जोशीले २५ बलमा ३ चौका सहित २३ रन जोडिन् । विन्दा कटवाल […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको समूह ‘बी’ को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । पहिलो खेल २५–१६ को जित हासिल गरेको पाकिस्तानले दोस्रो सेटमा केहि चुनौतिको सामना गर्नुपरेको थियो । […]