default_image

भलिबल

December 30, 2024

बुटवलमा इन्डो–नेपाल भलिबल यसै साता सुरु हुँदै

सुमन अधिकारी, बुटवल बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ बुधवार सुरु हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना हुने प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन चल्नेछ […]

December 29, 2024

संगातीलाई राइनो कप महिला भलिबल उपाधि

सुशील पन्त क्षेत्री, भरतपुर संगाती युवा क्लबले राइनो कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हिमालय भलिबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई पराजित गर्दै संगातीले उपाधि उचालेको हो । हिमालय दण्डपाणी मावि भरतपुर १३ को कोर्टमा भएको फाइनलमा संगातीले हिमालयलाई ३-१ को सेटमा पराजित गर्‍यो । पहिलो सेटमा हिमालय २५-२३ ले […]

December 29, 2024

अस्ट्रेलियामा अरुणा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ, सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई […]

December 29, 2024

अस्ट्रेलियामा ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ, सिड्नी ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो । दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न […]

December 25, 2024

२८ बजार मेलामा पुरुष र महिला भलिबल हुने

तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]

December 24, 2024

केडिया ग्रुपको पुरुष फ्रेन्चाइज भलिबल लिग फागुनमा

काठमाडौं (हाम्रो खेलकुद)- केडिया ग्रुपले फागुनमापुरुष भलिबलको फ्रेन्चाइज लिग गर्ने भएको छ। केडिया ग्रुपले मंगलवार पत्रकार सम्मेलन गर्दै लिगमा ६ टोलीको सहभागिता रहने जानकारी दिएको छ। सिंगल राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो हुने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा १५ र फाइनल गरी कुल १६ खेल हुनेछन् । लिग नौ दिनसम्म चल्नेछ। […]

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 15, 2024

हेल्प नेपाल र क्यालिकटका खेलाडीलाई नगदसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – काभा मेन्स क्लब भलिबल च्याम्पियनसिपको उपविजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबको समन्वयमा प्रतियोगितामा उच्च प्रदर्शन गर्ने खेलाडीलाई क्लबका प्रायोजकले नगदसहित सम्मान गरेको छ । हेल्प नेपालको सह प्रायोजक समेत रहेको एभरेष्ट हर्ब्स प्रालिका संचालक विक्की गोएन्काले हेल्प नेपालका ५ खेलाडी तथा उपाधि विजेता क्यालीकट हिरोजका २ सहित कुल ७ खेलाडीलाई […]

December 14, 2024

भारतको क्यालिकट हिरोजलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ। घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको छ। क्यालिकटले लिग चरणको हारको बदला समेत लिएको छ। घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्यो। २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो। दोस्रो सेटमा […]

Success

Thank you for your time.