default_image

भलिबल

December 27, 2022

एनभिए क्लब भलिबल च्याम्पियनसिप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप यसै महिना (पुस)काे अन्तिम सातादेखि आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

December 26, 2022

बिच भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा आयोजना हुने एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली बिच भलिबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपालको महिला र पुरुष बिच भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई गत साता नै नेपाल भलिबल संघले एक कार्यक्रमकाबिच बिदाई गरेको […]

December 26, 2022

बंगलादेश अपराजित रहँदै काभा यू२३ भलिबल च्याम्पियन

एजेन्सी – घरेलु टोली बंगलादेश अपराजित रहँदै बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा किर्गिस्तानमाथि ३–२ को सेटमा जित निकाल्दै बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो । राउन्ड रोविन लिगमा पनि बंगलादेशले किर्गिस्तानमाथि ३–२ कै सेटमा जित निकालेको थियो । अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा बंगलादेशले […]

December 26, 2022

काभा यू२३ भलिबल च्याम्पियनसिपमा नेपाल चौथो

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ । सोमबार तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकासँग ३–२ को सेटमा पराजित हुँदै चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल चौथो भएको हो । नेपालले श्रीलंकालाई बलियाे चुनाैती पेश गरेपनि जित निकाल्न सकेन । नेपालले च्याम्पियनसिपमा ५ खेल खेल्दा जितविहीन […]

December 26, 2022

तेस्रो स्थानको लागि नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको लागि नेपालले आज (सोमबार) श्रीलंकासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शुरु भइसकेकाे छ । राउन्ड रोविन लिग र सेमिफाइनलसम्म पनि जितविहीन रहेको नेपाल च्याम्पियनसिपमा पहिलो जित निकाल्दै तेस्रो हुने लक्ष्यमा कोर्टमा उत्रनेछ । […]

December 26, 2022

अष्ट्रेलियामा दोस्रो छन्त्याल वेल्सन अन्तर्राष्ट्रिय पुरुष र महिला भलिबल कप हुने

काठमाडौं (हाम्रो खेलकुद) – छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) को आयोजनामा दोस्रो संस्करणको छन्त्याल वेल्सन अन्तर्राष्ट्रिय पुरुष र महिला भलिबल कप जनवरीमा हुने भएको छ । आयोजक छन्त्याल परिवार अष्ट्रेलियाले छन्त्यालहरुको ठुलो पर्व माघे संक्रान्तिको अवसरमा दोस्रो संस्करणको एक दिने छन्त्याल वेल्सन अन्तर्राष्ट्रिय पुरुष र महिला भलिबल कप २९ जनवरीमा अबर्न बास्केटबल सेन्टरमा हुने जानकारी गराएको […]

December 25, 2022

स्याङ्जालाई गण्डकी प्रदेश स्तरीय भलिबल उपाधि, पाण्डे सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ स्याङ्जा प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बागलुङ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेट स्याङ्जाले २१–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र […]

December 25, 2022

नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमाथि सहज जित हात पार्दै घरेलु टोली बंगलादेश बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेट १५–२५ ले गुमाएको नेपालले दोस्रो सेटमा […]

December 25, 2022

श्रीलंकालाई हराउँदै किर्गिस्तान फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामाथि सोझो सेटमा जित निकाल्दै उपाधिको बलियो दावेदार किर्गिस्तान बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा किर्गिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो […]

December 25, 2022

नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले अपराजित रहेको घरेलु बंगलादेशसँग खेल्दैछ । यो खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार साँझ ५: १५ बजेपछि हुनेछ । नेपाल अपराजित रहेको बंगलादेशलाई स्तब्ध पार्दै फाइनलमा पुग्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । तर, यसका लागि नेपालले […]

Success

Thank you for your time.