default_image

2 years ago

February 24, 2022

अरविन्द टि२० विश्वकप छनोटको सर्वोत्कृष्ट खेलाडी

96 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – युएईका १९ वर्षिय विकेटकिपर युवा ब्याटर वृत्य अरविन्द आइसिसी टि२० विश्वकप छनोट ए को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका छन् । युएईलाई च्याम्पियन बनाउँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका अरविन्द प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

प्रतियोगितामा उनले ५ खेलमा २ मा अर्धशतक सहित २ सय ६७ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा शीर्षस्थानमा रहे । प्रतियोगितामा २५ चौका र ११ छक्का प्रहार गरेका थिए । उनले चार देश सम्मिलित टि२० आई सिरिज र विश्वकप छनोटमा गरि कुल ३ सय ३६ रन बनाएका थिए ।

युएईले विश्वकप छनोटमा समूह चरणमा आयरल्यान्डलाई १८ रनले हराउँदा अरविन्दले ६७ बलमा १३ चौका र १ छक्कासहित ९७ रनको इनिङ खेलेका थिए । ब्याटिङमा उनको एकल उच्च प्रदर्शनमा युएईले टेस्ट टोली आयरल्यान्डलाई दोस्रो पटक हराएको थियो । त्यसअघि सिरिजमा आयरल्यान्डविरुद्ध ३६ बलमा ३ चौका र २ छक्कासहित ५० रनको इनिङ खेलेका थिए । जसको सहयोगमा युएई १३ रनले विजयी भएको थियो ।

युएई बहराइनसँग २ रनले पराजित भएको थियो । १ सय ७३ रनको लक्ष्य पछ्याउनेक्रममा युएईले ६ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । अरविन्दले ५२ बलमा ६ चौका र ५ छक्कासहित ८४ रनको उत्कृष्ट अविजित इनिङ खेलेका थिए । उक्त खेलमा युएईलाई जितको लागि अन्तिम ओभरमा २७ रन र सेमिफाइनलमा पुग्न १२ रन चाहिँएको थियो ।

अरविन्दले २ छक्का र २ चौकासहित २४ रन जोड्दै सेमिफाइनल पक्का गरेका थिए । अरविन्दले सेमिफाइनलमा नेपालविरुद्ध २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको विष्फोटक सुरुवात गर्दै युएईलाई विशाल योगफलको आधार तय गर्दै आउट भएका थिए । जमर्नीसँग ४० रन जोडेका थिए ।

युएईले फाइनलमा आयरल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । सेमिफाइनलमा नेपाललाई ६८ रनले हराउँदै दोस्रो पटक विश्वकपमा स्थान पक्का गराएको थियो ।

वासिमको कीर्तिमानी शतकमा युएईलाई उपाधि

ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.