default_image

4 years ago

March 22, 2020

सुआरेज मैदान फर्कन तयार

एजेन्सी – उरुग्वे तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज चोटबाट ठिक भएका छन् । घुँडाको चोटका कारण गत जनवरीदेखि फुटबलबाट टाढा रहेका सुआरेजले पूर्ण रुपमा फिट रहेको बताएका हुन् । सुआरेजले एट्लेटिको मड्रिडविरुद्धको स्पेनिस सुपर कपको सेमिफाइनल खेल दौरान चोट बोकेका थिए । ‘डाक्टरले मेरो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनु भएको छ । यसले […]

47 views

0 Bookmark

एजेन्सी – उरुग्वे तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज चोटबाट ठिक भएका छन् । घुँडाको चोटका कारण गत जनवरीदेखि फुटबलबाट टाढा रहेका सुआरेजले पूर्ण रुपमा फिट रहेको बताएका हुन् ।

सुआरेजले एट्लेटिको मड्रिडविरुद्धको स्पेनिस सुपर कपको सेमिफाइनल खेल दौरान चोट बोकेका थिए । ‘डाक्टरले मेरो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनु भएको छ । यसले मलाई जति सक्दो छिटो मैदानमा फर्कने आशा दिएको छ,’ सुआरेजले भने, ‘यो फरक छ । जब टिम खेलमा फर्कन्छ, म पनि त्यही समय खेल्नको लागि सक्षम हुनेछु । आशा गरौं लिग अब तीन सातापछि सुरु हुन सक्नेछ । त्यतिबेलासम्म फिट हुनेछु ।’

अहिले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण विश्व खेलकुद गतिविधि ठप्प छ । युरोकप २०२० र कोपा अमेरिका कप एक वर्षको लागि पछि सारिएको छ । कोरोनाकै कारण गत मार्च पहिलो सातादेखि फुटबलका गतिविधि हुन सकेका छैनन् ।

स्पेनिस क्लब रियल मड्रिडका बास्केटबल खेलाडीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ भेटिएपछि रियलका खेलाडीसँगै अन्य क्लबका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा छन् ।

३३ वर्षीय सुआरेजले चोट बोक्नुअघि बार्सिलोनाको लागि यो सिजन २३ खेल खेल्दै १४ गोल गर्नुका साथै ११ गोलको लागि असिस्ट गरेका थिए ।
तर, पछिल्लो समय बार्सिलोनाले सुआरेजको विकल्पको खोजिरहेको छ । बार्सिलोनाले नेयमारलाई क्लबमा फर्काउने प्रयास गरिरहँदा लोउटारो मार्टिनेज र पिएरे इम्रिक औबामेयाङलाई अनुबन्ध गर्ने प्रक्रिया अघि बढाएको छ ।

यो पनि पढ्नुहोस :

 

 

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ । […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.