default_image

4 years ago

March 22, 2020

एमबाप्पेलाई फकाउने पिएसजीलाई मौका

एजेन्सी – कोरोना भाइरसका कारण यति बेला विश्व भर संकट उत्पन्न भएको छ । सबै क्षेत्रमा यसको असर देखिएको छ । युरोप लगायत विश्वका सबै खेलकुद गतिविधि ठप्प छन् । युरोपका शीर्ष लिग, च्याम्पियन्स लिग स्थगित छन् भने युरो कप अर्को वर्षका लागि सरेको छ । सन् २०२० मा हुने भनिएको युरो कप पनि अर्को […]

47 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरसका कारण यति बेला विश्व भर संकट उत्पन्न भएको छ । सबै क्षेत्रमा यसको असर देखिएको छ । युरोप लगायत विश्वका सबै खेलकुद गतिविधि ठप्प छन् । युरोपका शीर्ष लिग, च्याम्पियन्स लिग स्थगित छन् भने युरो कप अर्को वर्षका लागि सरेको छ ।

सन् २०२० मा हुने भनिएको युरो कप पनि अर्को वर्षका लागि सरेको छ । यससँगै केलियन एमबाप्पेलाई सम्झाउनका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बढी समय पाएको छ । सन् २०२२ सम्म एमबाप्पको सम्झौता रहेकोले पिएसजी त्यसलाई लम्बाउन चाहन्छ । अब समरमा एम्बाप्पे फ्रान्सेली राष्ट्रिय टोलीसँग नजाने हुँदा क्लबमै रहेर सम्झौता नवीकरण बारे छलफल गर्न सक्छन् ।

एमबाप्पले यसअघि युरो २०२० सम्म कुर्ने र त्यसपछि क्लबसँगको भविष्यलाई लिएर छलफल गर्ने सोचमा थिए । युरो अर्को एक वर्षका लागि सरेको छ । पछिल्लो दुई सिजन पिएसजीबाट खेलिरहेका एमबाप्पेले अर्को सिजन नयाँ क्लब जाने सम्भावना रहेको चर्चा छ । यो सिजन राम्रो हुन सकेको खण्डमा टोलीले आफ्ना सुपर स्टारलाई नयाँ सम्झौता प्रस्ताव राख्न सक्नेछ । रियल म्याड्रिडले लामो समयदेखि एमबाप्पेमाथि नजर राखिरहेको छ ।

अहिले नै भने एमबाप्पे नयाँ सम्झौताको पक्षमा नरहेको अनुमान गरिएको छ । तर युरोपियन च्याम्पियनसिप सरेसँगै नयाँ सम्भवना हुन सक्छ । यो वर्ष हुने च्याम्पियन्स लिगका बाँकी खेल र ओलम्पिकले एमबाप्पेको महत्त्व अझै बढ्न सक्नेछ । जसले नयाँ सम्झौताका लागि थप सुधारको सम्भावना रहन्छ ।

अन्य समाचार पढ्नुहोस :

क्वारेनटाइनका लागि एन्फाले होस्टल प्रयोग गर्न दिने

एमबाप्पेलाई फकाउने पिएसजीलाई मौका

अत्यावश्यक कामबाहेक सबैलाई घरमै बस्न पारसको आग्रह !

डिबालालाई पनि कोरोना संक्रमण

कोरोना भाइरसबाट रियलका पूर्व अध्यक्षको मृत्यु

रोनाल्डिन्होको ४० औं जन्मदिन जेलमै

बार्सिलोनामा सबैका लागि ठाँउ छैन !

गौतम बुद्ध रंगशाला निर्माण कार्य स्थगित !

आइपिएलमा सर्वाधिक रन बनाउने १० खेलाडी

‘रोनाल्डोले ४० वर्षसम्म खेल्न सक्छन्’

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.