default_image

ताजा समाचारहरु

July 19, 2025

हेल्प नेपालको तेस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा तेस्रो खेल आज खेल्दैछ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा आज दोस्रो खेलमा हेल्प नेपालले किर्गिस्तानको क्लब बिस्केक कीर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेलमा शुक्रवार हेल्प नेपालले लगातार दोस्रो जित हात […]

July 19, 2025

विश्व च्याम्पियन स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – स्पेन २८ वर्षपछि युइएफए महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक स्विट्जरल्यान्डलाई २-० ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो। स्पेनले अहिलेसम्म महिला युरो जितेको छैन। विश्व च्याम्पियन स्पेनले बर्नमा जित निकाल्न संघर्ष गर्नुपर्यो। पहिलो हाफमा स्विसको कडा रक्षापंक्तिलाई भत्काउन स्पेनिस खेलाडीले सफल भएनन् । स्पेनले दुई पटक पेनाल्टीबाट गोल गर्न चुकेको […]

July 19, 2025

माल्दिभ्समा हेल्प नेपाललाई लगातार दोस्रो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३-१ ले‌ हराएको हो।सुरुवाती दुई सेट जितेर खेलमा पकड बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। चौथो सेटमा लयमा‌ फर्कदै हेल्प नेपालले खेल जितेको […]

July 18, 2025

टेबल टेनिस लिगमा स्ट्याग ग्लोबलको सहकार्य निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)- स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा अर्को महिना स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन थ्री हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको तेस्रो संस्करणमा पनि भारतको स्टयाग गोल्बल प्रा.लिले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरको रुपमा […]

July 18, 2025

नेपाली टोलीले महिला कबड्डी विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले भारतको हरियाणामा हुने दोश्रो महिला कबड्डी विश्वकपमा भाग लिने भएको छ। नेपाली टोली १४ खेलाडीसहित १८ सदस्यीय छ । प्रतियोगिता साउन १८ गते देखि २५ गते (अगष्ट ३ देखि १०) सम्म हरियाणाको मोरमाजरामा हुनेछ । टोलीको खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा […]

July 18, 2025

न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । जिम्बाब्वेको हरारेमा शुक्रवार न्युजिल्याण्डले घरेलु टोलीमाथि ८ विकेटको सहज जित हात पारेको हो । १ सय २१ रनको सहज लक्ष्य न्युजिल्याण्डले १३.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ‘प्लेयर अफ द म्याच’ भएका डेभोन कन्वेले […]

July 18, 2025

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालिन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले अवार्ड ग्रहण गरेका हुन् । केल्मी विश्वप्रसिद्ध स्पोटर्स वेयर ब्रान्ड हो । अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव […]

July 18, 2025

पुलिस शीर्ष स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु-१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा सातदोबाटो युथ क्लबलाई ८-० ले पराजित गरेसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। पुलिसको जितमा रोनी विर विक्रम सिंह र रिजन राज गौतमले ह्याट्रिक पूरा गरे । समिर कुमार र […]

July 18, 2025

नेपाली २० क्रिकेटरले भारतको एनसिएमा प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका २० क्रिकेटर सहितको टोली भारतमा क्रिकेट प्रशिक्षणका लागि जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार भारतीय दुताबासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) को सहयोगमा बैंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षणका लागि जाने बताएको छ । प्रशिक्षणका लागि २० नेपाली क्रिकेटर सहभागी हुनेछन् । […]

July 18, 2025

फ्रेन्ड्सले जावलाखेललाई हरायाे

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको दोस्रो खेलमा फ्रेन्ड्सले जावलाखेललाई ३-१ ले पराजित गर्यो । फ्रेन्ड्सको जितमा आर्यन काजी थापा, पुरन श्रेष्ठ र मन्दिप ढुङ्गेलले गोल गरे । जावलाखेलका लागि सुमित वाईबाले सान्त्वना गोल गरे । फ्रेन्ड्सका लागि आर्यनले ३३औं, […]

Success

Thank you for your time.