default_image

ताजा समाचारहरु

July 19, 2025

अभिनेता हमाल कर्णाली यशविसको सद्भावना ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को कर्णाली यशविसले अभिनेता राजेश हमाललाई सद्भावना ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कर्णालीले शनिवार सामाजिक सन्जालमार्फत हमाललाई आफ्नो टोलीको सद्भावना ब्रान्ड एम्बेसडरका रुपमा सार्वजनिक गरेको थियो। ‘उत्कृष्टता, सौन्दर्य र समर्पणका प्रतीक, राजेश हमालको उपस्थितिले अब केवल सिल्भर स्क्रिन मात्र होइन, हाम्रो टोलीको आत्मालाई समेत प्रेरित गर्छ। […]

July 19, 2025

हिल्टन कर्णाली याक्सको हस्पिटालिटी पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले हिल्टन काठमाडौंसँग हस्पिटालिटी पार्टनरका रुपमा सहकार्य गरेको छ। कर्णाली याक्स स्पोटर्स प्रा.लि र हिल्टन होटल काठमाडौंबीच शनिवार सम्झौता भएको छ । एनपिएलको दोस्रो संस्करणका लागि कर्णाली याक्सको हस्पिटालिटी पार्टनर हिल्टन काठमाडौं हुनेछ । योसँगै प्रतियोगिता दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल नक्सालस्थित हिल्टन होलटमा बस्नेछन् […]

July 19, 2025

युगान्डाले युएईलाई हरायो

एजेन्सी – युगान्डाले टि ट्वान्टी आईमा युएईलाई हराएको छ । युगान्डामा जारी ६ टोली सम्मिलित टि ट्वान्टी आई सिरिजमा शनिबार भएको खेलमा घरेलु टोलीले युएईलाई ६ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । युएईका कप्तान मोहम्मद वासिम […]

July 19, 2025

डे वाइल्डद्वारा महिला फुटबल टोलीको मुख्य प्रशिक्षक बाट राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)- बेल्जियन प्याट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। उज्वेकिस्तानमा‌ एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको अव्यवस्था छताछुल्ल भएको थियो। उज्वेकिस्तानबाट […]

July 19, 2025

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वोत्कृष्ट भलिबल खेलाडी

दिल तामाङ ,सिड्नी राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र राजेन्द्र विष्ट एनभिएए अवार्डमा वर्षका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। अस्ट्रेलियाको सिड्नीमा शनिवार भएको पहिलो भलिबल अवार्डको महिलातर्फ म्याग्दी काली युनाइटेडकी प्रतिभा र पुरुषतर्फ ढोरपाटनका राजेन्द्र सर्वोत्कृष्ट चुनिएका छन्। महिलातर्फ म्याग्दीकै सरस्वती उत्कृष्ट स्पाइकर, म्याग्दीकै मिया पुन उत्कृष्ट सेटर, पोखरा भलिबल क्लब तथा छन्त्याल परिवार अष्ट्रेलियाकी […]

July 19, 2025

यु २३ फुटबल टोलीमा अब ३२ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- प्रशिक्षणमा रहेको राष्ट्रिय यू-२३ फुटबल टोलीलाई ४० बाट ३२ खेलाडीमा सिमित गरिएको छ। टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले विभिन्न चरणपछि खेलाडी छनोटको संख्या ३२ मा ल्याएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोली आगामी एएफसी यू-२३ एसियाली कप छनोटको तयारीमा जुटिरहेको छ। प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ। […]

July 19, 2025

जिम्न्याष्टिक संघमा अध्यक्ष प्रधानसहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । संघीय सांसद समेत रहेका प्रधान नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष हुन् । जिम्न्याष्टिक संघको ६ उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार […]

July 19, 2025

नेपालको सानदार जितमा मिना र पूर्णिमाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकमा नेपालले  साफ यु-२० महिला च्याम्पियनसिपमा निरिह भुटानलाई ८-० गोल अन्तरले हराएको छ। नेपालको यो चौथो जित हो। ५ खेलमा नेपालले १२ अंक बनाएको छ। उपाधिको लागि अब बंगलादेश विरूद्धको खेल निर्णायक हुनेछ। बंगलादेशमा भएको खेलमा  पूर्णिमा र मिनाले ह्याट्रिकको सफलता प्राप्त गरे। समिक्षा मगर र कुसुम […]

July 19, 2025

माल्दिभ्समा हेल्प नेपालको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगको आफ्नो तेस्रो खेलमा पहिलो हार बेहोरेको छ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा आज दोस्रो खेलमा हेल्प नेपालले कीर्गिस्तानको क्लब बिस्केक कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। दुई पटक खेलमा पछि परेर पनि खेलमा फर्केएको हेल्प नेपाल पाँचौं सेटमा गएर पराजित […]

July 19, 2025

पहिलो हाफमै नेपालको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद) – साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपालले भुटान विरूद्ध ६-० को अग्रता बनाएको छ । बङ्गलादेशमा जारी खेलमा पुर्णिमा राईले पहिलो हाफमै ह्याट्रिकको सफलता प्राप्त गरिन् ।‌ मिना देउवाले दुई र समिक्षा मगरले एक गोल गरे । नेपालले खेल सुरू भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो। सरिता कुमारी नाथको क्रसलाई […]

Success

Thank you for your time.