default_image

ताजा समाचारहरु

July 9, 2025

एन्फाले प्रशिक्षक डे वाइल्डका बारेमा बोल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापनलाई लिएर चौतर्फी आलोचना भएपछि त्यसमा आधारिक धारणा प्रस्तुत गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलनमा गर्ने भएको छ। पत्रकार सम्मेलनमा महिला टोलीसँग सम्बन्धित प्राविधिक र व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने व्यक्ति रहने एन्फाले जनाएको छ। पत्रकार सम्मेलनमा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे […]

July 9, 2025

मुल्डरको कीर्तिमानी रनमा दक्षिण अफ्रिकालाई सिरिज

एजेन्सी – दक्षिण अफ्रिकाले कप्तान वियान मुल्डरको कीर्तिमानी तेहेरो शतकमा घरेलु टोली जिम्बाब्वेविरुद्धको टेस्ट सिरिज जितेको छ । दोस्रो टेस्टमा मंगलवार इनिङ र २ सय ३६ रनले जित्दै सिरिज दक्षिण अफ्रिकाले सिरिज २-० ले आफ्नो पक्षमा पार्यो । दक्षिण अफ्रिकाले पहिलो इनिङमा ५ विकेट गुमाएर ६ सय २६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो […]

July 9, 2025

मेन्डिसको शतकमा श्रीलंकालाई सिरिज

एजेन्सी – कुशल मेन्डिसको शतक सहयोगमा श्रीलंकाले पाहुना टोली बंगलादेशविरुद्धको ओडिआई सिरिज जितेको छ । तेस्रो तथा निर्णायक ओडिआईमा ९९ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो । पहिलो ओडिआई श्रीलंकाले ७७ रनले र दोस्रो बंगलादेशले १६ रनले जितेको थियो । २ सय ८६ रनको लक्ष्य पछ्याएको बंगलादेश ३९.४ ओभरमा १ सय […]

July 9, 2025

चेल्सी क्लब विश्वकपको फाइनलमा

एजेन्सी – इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २-० को जित दर्ता गरेको हो । फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए । […]

July 8, 2025

एसिसी यु १६ का सर्वोत्कृष्ट रौनकलाई स्वागतसहित सम्मान

सुमन अधिकारी, बुटवल मलेसियाबाट एसिसी यु १६ स्टन जोन क्रिकेट कप जितेर फर्केको नेपाली युवा टोलीका सदस्य रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागतसहित सम्मान गरिएको छ । रौनकलाई जिल्ला क्रिकेट संघ कपिलवस्तुको अगुवाईमा बाजागाजासहित तौलिहवा बजार परिक्रमा गराई स्वागत र सम्मान गरिएको थियो । र्यालीसहित बजार परिक्रमा पछि आयोजित कार्यक्रममा प्रदेश सभासद सुधाकर पाण्डेय, […]

July 8, 2025

शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम, आइटिएफ, एटिएफ यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन् । शिभालीले फ्रान्समा २ तथा जर्मनी र बेल्जियममा समान १ प्रतियोगिता खेल्ने छिन् । प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुने […]

July 8, 2025

‘दिग्गज’ लाराकै नाममा टेस्ट कीर्तिमान रहनु उचित – मुल्डर

एजेन्सी –  दक्षिण अफ्रिकाका वियान मुल्डरले ब्रायन लाराले टेस्ट क्रिकेटमा एकै इनिङमा सर्वाधिक व्यक्तिगत स्कोरको रेकर्ड कायम राख्नु उययुक्त भएको बताएका  छन्। पहिलो पटक दक्षिण अफ्रिकाको कप्तानी सम्हालिरहेका मुल्डरले जिम्बाब्वेविरुद्ध बुलावायोमा जारी दोस्रो टेस्टको दोस्रो दिनको खानाअघि ३ सय ६७ रनमा नटआउट रहँदा इनिङ समाप्तिको घोषणा गरे । वेस्ट इन्डिजका महान खेलाडी ब्रायन लाराको सन् […]

July 8, 2025

टप इण्ड सिरिजमा नेपालको पहिलो खेल आयोजकसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना आयोजनासँग खेल्दै अस्ट्रेलियामा टप इण्ड टि ट्वान्टी सिरिजको सुरुवात गर्ने भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलवार सिरिजको खेलतालिका जारी गरेको हो । खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट […]

July 8, 2025

एनपिएल खेलाएका आइसिसी अम्पायर शिनवारीको निधन

एजेन्सी – नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत अम्पारिङ गरेका अफगानस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको सोमवार राती निधन भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको मृत्यु पुष्टि गरेको हो । एसिबीका अनुसार शिनवारी लामो समयदेखि बिरामी रहेका थिए । ४१ वर्षको उमेरमा निधन भएका शिनवारीले ३४ ओडिआई तथा […]

July 8, 2025

मुल्डरको कीर्तिमानमा दक्षिण अफ्रिका बलियो

एजेन्सी – दक्षिणी अफ्रिकाका टेस्ट कप्तान विइन मुल्डर एकै इनिङमा टोलीका लागि सर्वाधिक व्यक्तिगत रन बनाउँने खेलाडी बनेका छन् । जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा मुल्डरले ३ सय ६७ रनमा अविजित रहदै सर्वाधिक रन बनाए । यसअघि अफ्रिकाका लागि सन् २०१२ मा हसिम अम्लाले इङ्ग्ल्याण्डविरुद्ध अविजित ३ सय ११ रन बनाएका थिए । मुल्डर टेस्ट […]

Success

Thank you for your time.