default_image

ताजा समाचारहरु

January 31, 2017

आयोजक एपिएफ र पुलिस महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस र आयोजक एपिएफ सशस्त्र प्रहरी महानिरिक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । हलचोक स्थित एपिएफको भलिबल कोर्टमा मंगलबार पुलिस दोहोरो सफलता हासिल गर्दै अन्तिम चारणमा पुगेको हो । पहिलो खेलमा आर्मीलाई २५–२०,२५–१४ र २५–१४ ले हराएको पुलिसले अर्को खेलमा पश्चिमाञ्चललाई २५–१२,२५–१९ र […]

January 31, 2017

अल्ट्रा धाविका मिरालाई वि विल राइजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हालै नेसनल जियोग्राफी च्यानलको ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड जितेकी अल्ट्रा धाविका मिरा राईलाई वि विल राइज (हामी उठ्ने छौं) फाउन्डेसनले सम्मान मंगलबार गरेको छ । फाउन्डेसनले मिरालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ को अवार्ड जित्दै नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका […]

January 31, 2017

आर्मी झापा गोल्ड कप फुटबलको सेमिफाइनलमा

दिपक बोहोरा झापा – विभागिय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी दोस्रो रमपक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन्लमा पुगेको छ । झापाको डोमालाल रंगशालामा मंगलबार रुपन्देही ११ लाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा राष्ट्रिय टोलीका स्ट्राइकरद्वय नवयुग श्रेष्ठ र भरत खवासले गोल […]

January 31, 2017

डिपिएललाई जगशक्तिको सात लाखको प्रायोजन

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा चैत ५ देखि १९ सम्म हुने धनगढी प्रिमियर लिगले जगशक्ति टि.एम.टि बार को साथ पाएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जगदम्बा इन्टरप्राइजेज प्रा.लि. को उत्पादन जगशक्ति टि.एम.टिले डिपिएललाई नगद रु. ७ लाख प्रायोजन गर्ने जानकारी दिइयो। यससंगै अब प्रतियोगिताको […]

January 31, 2017

कान्तिपुर हाफ म्याराथनको विजेतालाई स्कुटर

काठमाडौँ (हाम्रो खेलकुद) – हिरो कान्तिपुर हाफ-म्याराथनको सातौँ संस्करणको महिला र पुरुष हाफ म्याराथनको विजेताले नगद रु.५०,०००का साथै हिरो ड्यास स्कुटर प्राप्त गर्ने भएका छन्। आज आयोजित प्रतियोगिताको प्रेस सम्मेलनमा गतवर्षझैं हाफ म्याराथन(२१.१ किमी), कर्पोरेट-मिडिया (५ किमी) र व्हिल चियर (३ किमी) विधामा महिला र पुरुष दुवैतर्फा प्रतिस्पर्धा हुने जानकारी दिइयो। १८ वर्ष माथिका नेपाली […]

January 31, 2017

चेल्सी र लिभरपुल भिड्दै

एजेन्सी – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत मंगलबार राती हुने खेलमा शिर्षस्थानमा रहेको चेल्सी र विगत केहि खेलमा कमजोर प्रदर्शन गरिरहेको लिभरपुल आमने सामने हुँदैछन। प्रिमिएर लिगको पछिल्लो तिन खेलमा जित हात पार्न असफल रहेको लिभरपुल गत सातामात्र लिग कप र एफए कप बाट बाहिरिएको थियो। लिभरपुलको कमजोर प्रदर्शनलाइ साडियो मानेको अनुपस्थितिसंग पनि जोडेर हेरिएको छ। […]

January 31, 2017

झापा गोल्डकपमा आर्मीले रुपन्देहीको सामना गर्दै

दिपक बोहोरा झापा –झापामा जारी दोश्रो रमपम झापा गोल्डकप अन्तरगत मंगलबार हुने खेलमा आज बिभागीय टोली त्रिभुवन आर्मी क्लबले रुपन्देही ११ गर्दैछ । पछिल्लो समय निकै राम्रो लयमा रहेको आर्मीविरुद्ध रुपन्देहिलाई जित निकाल्न कठिन हुने अनुमान गर्न सकिन्छ । टुबोर्ग हेटौडा गोल्डकप जितेको आर्मी गत साता आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको थियो । आहामा आर्मी […]

January 31, 2017

आहा ! रारा गोल्डकप महापण्डित पौडेललाई टिभी उपहार

पोखरा (हाम्रो खेलकुद) –सहारा क्लव पोखराले आयोजना गरेको १५ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता शनिबार सम्पन्न भइसकेको छ । प्रतियोगिताको प्रचार प्रसारमा सघाउन रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आहा ! रारा गोल्डकप महापण्डित कार्यक्रम चलाएको थियो । त्यो कार्यक्रममा विजेता बन्नुभएका पोखरा २७ पुम्दीभुम्दीस्थित कालाबाङ घडेरीका अमृत पौडेललाई सोमबार टिभी हस्तान्तरण गरिएको छ । […]

January 31, 2017

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा, उद्घाटन खेलमा आयोजक र सरस्वती भिड्ने

सिमरा (हाम्रो खेलकुद) – प्रतिष्ठत फुटबल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको आयोजक नव जनजागृति युवा क्लबले जनाएको छ । माघ २० गते हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र सरस्वती युथ क्लबबीच हुनेछ । प्रतियोगितामा ए डिभिजनका पाच र मोफसलका पाच गरी १० टिमको सहभागीता रहनेछ । प्रतियोगितामा ए डिभिजनका […]

January 30, 2017

मलेसियामा आयोजकलाई हिमालयन गोल्डकप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजक हिमालयन फुटबल क्लबले नै जितेको छ । डिकेएमभीएफसीलाई टाइब्रेकरमा हराउँदै हिमालयनले उपाधि जितेको हो । निर्धारित र थप समयमा ३–३ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरमा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । उपाधिसँगै हिमालयनले १८ हजार आरएम (मलेसियन मुद्रा) प्राप्त गर्यो । डिकेएमभीएफसीले […]

Success

Thank you for your time.