November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गरेर १ सय ४३ रन मात्र बनाउन सक्यो।१४.१ ओभरमा ३ विकेट नोक्सानीमा १ सय ४ रन जोडेको लुम्बिनीले ३९ रन थप्दा बाँकी […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा प्रतिस्पर्धा गर्नेछिन् । विश्व वरीयताको आधारमा उनी विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् । गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपाली खेलाडीले पहिलो पटक विश्व च्याम्पियनसिप […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ। एनपिएलको जारी सिजनमा यसअघिका १२ खेलमा टस जित्ने टोलीले नै फिल्डिङ रोज्दै आएको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ रोजेका छन्। लुम्बिनी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको छ। […]
November 27, 2025
एजेन्सी – आर्सनलले यो सिजन सबै प्रतियोगितामा अपराजित रहेको बायर्न म्युनिखलाई हराउँदै आफ्नो लिग चरणको सफल यात्रा जारी राखेको छ। आर्सनल ३-१ ले विजयी भएको थियो। खेलको २२औँ मिनेटमा आर्सनलले अग्रता लियो। बुकायो साकाको कर्नरमा जुरिएन टिम्बरले हेड गर्दै गोल गरे। तर १० मिनेटपछि बायर्नले बराबरी गर्यो। जोसुआ किमिखको लामो पासबाट सर्ज ग्नाब्रीले बल नियन्त्रणमा […]
November 27, 2025
एजेन्सी – किलियन एमबाप्पेले ४ गोल गरेपछि रियल मड्रिडले च्याम्पियन्स लिगमा बुधवार ओलिम्पियाकोसलाई ४–३ ले हराएको छ। ग्रीसमा भएको खेलमा घरेलु टोली ओलिम्पियाकोसले चिकीन्होको टाढाबाट प्रहार गरेको गोलले आठौं मिनेटमा अग्रता लियो। तर त्यसपछि एमबाप्पे रोकिएनन्। उनले ७ मिनेटभित्रै ह्याट्रिक पूरा गरे । एमबाप्पेले २२ औं मिनेटमा पहिलो गोल भिनिसियसको पासमा, २४ औं मिनेटमा दोस्रो अर्दा […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा बिहीवार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स एकअर्काको सामना गर्दा त्यो केवल प्रतिस्पर्धा मात्र हुने छैन। दुई टोली क्रिकेट मैदानमार्फत समाजमा सन्देश फैलाउने अभियानसहित उत्रने भएका छन्। जनकपुर बोल्ट्स ‘आमाको सम्मान’ सन्देशसहित पिंक जर्सीमा मैदान उत्रनेछ । जनकपुरका प्रत्येक खेलाडीले जर्सीको पछाडि आ आफ्नो आमाको नाम अंकित […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किङ्सको अपराजित यात्रा रोकेको छ । लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले ४८ रनले हरायो। चितवनको यो लगातार दोस्रो जित हो। चितवन ४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा विराटनगरको यो पहिलो हार हो। जितको लागि १ सय ७५ रनको चुनौती […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई जितको लागि १ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। स्लो स्टार्ट गरेपनि चितवनको लागि रवि बोपराले उत्कृष्ट ब्याटिङ गरे। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चितवन राइनोजले विराटनगर किंग्सको सामना गर्दैछ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्नेछ।आजको खेलमा विराटनगरले प्लेइङ ११ एक परिवर्तन गरेको छ। मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई अवसर दिइएको छ। चितवनले पनि एक परिवर्तन गरिएको छ। रिजन ढकाललाई ड्रफ गर्दै रञ्जित […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]