default_image

ताजा समाचारहरु

August 6, 2025

शाही काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – वसन्त शाही ठकुरी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् । गोर्खाजले बुधवार सामाजिक संजालमार्फत शाहीलाई टोलीकाे प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । शाही एनपिएलको पहिलो संस्करणमा गोर्खाजको मुख्य प्रशिक्षक थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइलाई गोर्खाजले गत महिना […]

August 6, 2025

मान र दिलको जोडीले अस्ट्रेलियामा बिच भलिबल खेल्ने

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले अस्ट्रेलियामा बिच भलिबल प्रतियोगिता खेल्ने भएका छ । ब्राइटन बिच भलिबल संघको आयोजनामा शनिवार (९ अगस्ट) हुने एक दिने प्रतियोगितामा मान र दिलको जोडीले खेल्ने भएका हो । उनीहरुको जोडीले अस्ट्रेलियामा चर्चित नमस्ते ज्वेलर्स सिड्नीको टोलीबाट खेल्न लागेका हुन् […]

August 6, 2025

एनपिएल २ अक्सन – युवराज सहित ३५ क्रिकेटर श्रेणी ‘बी’ मा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनको ‘बी’ श्रेणीमा लेग स्पिनर युवराज खत्री सहितका ३५ क्रिकेटरले स्थान बनाएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) ले बुधवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । सुचीमा यु-१९ टोलीका महत्वपूर्ण सदस्य रहेका […]

August 6, 2025

एनपिएल २ अक्सन – आदिल सहितका ८ क्रिकेटर श्रेणी ‘ए’मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको अक्सनमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटर ‘ए’ श्रेणीमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनका लागि ३ श्रेणीमा १ सय ५० जना खेलाडी अन्तिम सूची घोषणा गरेको छ। प्रतिबन्धका कारण आदिलले एनपिएलको पहिलो संस्करण गुमाएका थिए । अदालतबाट सफाइ पाएपछि […]

August 6, 2025

एनपिएल २ अक्सन – खेलाडीको अन्तिम सूची सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि खेलाडीको अक्सन सुची सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । एनपिएल अक्सनका लागि ४ सय ५८ खेलाडीले दर्ता गराएका थिए । एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका र […]

August 6, 2025

विमला र समीक्षाले एपिएफबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु विमला विक र समीक्षा घिमिरे नेपाल एपिएफ फुटबल क्लबबाट खेल्ने भएका छन् । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयारीमा रहेको विभागीय टोली एपिएफले राष्ट्रिय टोलीका दुई डिफेन्डर त्रिभुवन आर्मी क्लबकी विमला विक र नेपाल पुलिस क्लबकी समीक्षालाई अनुबन्ध गरेको हो । त्यस्तै, च्याम्पियन्स […]

August 6, 2025

सेस्कोका लागि युनाइटेडको प्रस्ताव

एजेन्सी – म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिगका स्ट्राइकर बेञ्जामिन सेस्कोका लागि ८५ मिलियन युरो सम्म पुग्ने प्रस्ताव राखेको छ। यो प्रस्तावमा ७५ मिलियन युरो ग्यारेन्टी तिर्ने विषय समावेश गरिएको जनाइएको छ। २२ वर्षीय स्लोभेनियाली फरवार्डलाई ओल्ड ट्राफोर्ड ल्याउन चाहने युनाइटेडले त्यो मूल्यांकन उपयुक्त भएको विश्वास गरेको छ । सेस्को आफैँ पनि युनाइटेड जान इच्छुक रहेको अनुमान […]

August 5, 2025

कालिका नगर फाइनलमा

सुशील पन्त क्षेत्री,भरतपुर राष्ट्रिय युवा संघ कालिका नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा राप्ती नगर कमिटीलाई २-० ले हराउँदै कालिका उपाधि नजिक पुगेको हो । कृष्णपुरको मैदानमा कालिकाको जितमा विजय श्रेष्ठ र अजय तामाङले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा विजयको […]

August 5, 2025

डुरान्ड कप – आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरस्थित जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलवार इण्डियन आर्मी फुटबल टिमसँग १-० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । इण्डियन आर्मीको जितमा क्रिस्टोले २१औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । त्रिभुवन आर्मी पहिलो हाफबाटै १० खेलाडीमा सिमित […]

August 5, 2025

एपिएफलाई केल्मीको प्रायोजन निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – केल्मी नेपालले सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको नेपाल एपिएफ क्लबसँगको प्रायोजनलाई निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले सोमबार सम्झौता पत्र हस्ताक्षर गरेका थिए । त्यस्तै […]

Success

Thank you for your time.