default_image

December 28, 2017

सुनसरी रुस्लान फाल्गुनन्द गोल्ड कपको फाइनलमा

दिपक बोहोरा पाँचथर– सुनसरी ११ फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ३–१ ले हराउँदै सुनसरी उपाधि नजिक पुगेको हो । सुनसरीले आइतबार हुने फाइनलमा साविक विजेता विर्ता युनाइटेड वा मोरङसँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल भोली हुनेछ । फिदिम माविमा जारी प्रतियोगिताको पहिलो […]

December 28, 2017

‘रियलमा जाने चर्चा विगत भइसक्यो’ – बाप्पे

पेरिस (एजेन्सी)– मोनाकोबाट लोनमा यो सिजनको सुरुआतमा स्ट्राइकर केलियन बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजी पुग्नुअघि स्पेनिस क्लब रियल म्याड्रिडले उनी प्रति गम्भिर चासो देखाए पनि अब त्यहाँ जाने सम्भावना नरहेको बाप्पेले बताएका छन् । नेयमार र इडिन्सन काभानीसँग निकै राम्रो तालमेल बनाएका १९ वर्षे बाप्पले पिएसजीमा उत्कृष्ट सुरुआत गरेका छन् । […]

default_image

December 28, 2017

भैरहवा ग्ल्याडियटर्स इपीएलको फाइनलमा

दोस्रो क्वालिफायर्समा ललितपुर ३ विकेटले पराजित काठमाडौँ (हाम्रो खेलकुद) – दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडियटर्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भैरहवाले अब उपाधिका लागि शनिबार विराटनगर वारियर्सको सामना गर्नेछ । लिग चरण र क्वालिफायर्सको खेलमा भैरहवा विराटनगरसँग पराजित भएको थियो । […]

December 28, 2017

भैरहवा ग्ल्याडीयटर्सलाई १ सय ३३ रनको लक्ष्य

काठमाडौँ (हाम्रो खेलकुद)- ललितपुर प्याट्रियट्सले टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर  खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनायो । भैरहवाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । […]

DDjik

December 28, 2017

विश्व कीर्तिमानी रकममा भ्यान डाइक लिभरपुल भित्रिने

लिभरपुल (एजेन्सी) – जनवरी ट्रान्सफर विन्डो सुरु हुन लाग्दै गर्दा इङ्लिस क्लब लिभरपुलले साउथह्याम्टनबाट २६ वर्षीय डिफेन्डर भर्जिल भ्यान डाइक खरिद गर्ने आधारिक खबर सार्वजनिक गरेको छ । जनवरी १ मा विन्डो खुले लगतै डच सेन्टर ब्याक भ्यान डाइक लिभरपुलका खेलाडी बन्ने छन् । समर विन्डोदेखि नै उनलाई खरिद गर्न प्रयासरत लिभरपुल साउथह्याम्टनलाई ७५ मिलियन पाउन्ड तिर्ने सम्झौतामा पुगेको हो […]

messi ronaldo kane

December 28, 2017

‘ह्यारी केन मेस्सी र रोनाल्डोकै स्तरमा’

लण्डन (एजेन्सी) – चेल्सीका पूर्व खेलाडि रे विल्किन्सले टोटनह्यामका स्ट्राइकर ह्यारी केन अहिले बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोकै स्तरमा रहेको बताएका छन् । साउथह्याम्पटनविरुद्ध ह्याट्रिकसहित केनले सन् २०१७ को सबै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडि बने । यस वर्ष कुल ५६ गोल गर्दै उनले मेस्सी (५४ गोल) र रोनाल्डो (५३ गोल) दुवैलाई […]

December 28, 2017

स्टेर्लिङको निर्णायक गोल, सिटीको विजयी यात्रा कायमै

न्युकासल (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई १-० ले हराएको छ । सो जितमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टेर्लिङले गोल गरेका थिए । खेलभरी पुरै पकड बनाएको सिटीको जित भने संघर्षपूर्ण रह्यो । सिटीले खेलभरी २१ प्रहार गरे पनि केभिन डे ब्रुयनको पासमा स्टेर्लिङले ३१ औं मिनेटमा गरेको […]

December 27, 2017

राष्ट्रिय जुनियर एथलेटिक्स –मध्यपश्चिमका माधवलाई स्वर्ण

बाँके (हाम्रो खेलकुद) – दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता बुधवारबाट खजुरा गाउँपालिका–२, सीतापुरस्थित शुक्र माविमा सुरु भएको छ । विभिन्न विधाका ५ खेल भएका छन् । पुरुषतर्फको एक हजार ५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका माधव चौधरी विजयी भए । माधवले ४ मिनेट २७. १ सेकेन्डमा दौड पूरा गरि प्रथम हुँदा मध्यमाञ्जका सुभाष थापा ४ मिनेट […]

December 27, 2017

शीर्षस्थानको सिटी न्युक्यासलको सामना गर्दै

न्युक्यासल (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला चाडवाडको अवसरका वावजुद पनि आफ्नो टोली परिस्थितिको सामना गर्ने सक्षम रहेको बताएका छन् । ग्वार्डिओलाको टोलीले प्रिमियर लिगमा आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल जित्न सके प्रिमियर लिगमा यो टोलीको लगातार १८ औं जिते हुनेछ । यसअघिका १९ खेलमा टोलीले १८ खेल जितेको थियो भने १ […]

December 27, 2017

रुनीलाई ‘माइलस्टोन अवार्ड’

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रो खेलाडी बनेका एभर्टनका स्ट्राइकर वायन रुनीले गोललाई लक्षित गरेर कुनै मापदण्ड तय नगरेको बताएका छन् । यो सिजन म्यानचेस्टर सिटीविरुद्ध गोल गर्दै २ सय गोल पुरा गरेका म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रुनीले क्याडबरी माइलस्टोन अवार्ड प्राप्त गरेका छन् । एलान शेरेर (२६० गोल) मात्र रुनी भन्दा […]

Success

Thank you for your time.