October 30, 2017
लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै घुंडामा […]
October 30, 2017
पेरिस (एजेन्सी)– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को अबको पेनाल्टी एडिन्सन काभानीले नभएर ब्राजिलियन स्टार नेयमारले प्रहार गर्ने टोलीका कप्तान थिएगो सिल्भाले बताएका छन् । सेप्टेम्बरमा लियोनसँगको खेलमा प्राप्त पेनाल्टी कसले प्रहार गर्ने भन्ने विषयमा दुई दक्षिण अमेरिकी खेलाडी विवाद भएको थियो । विवादकाबीच त्यो पेनाल्टी काभानीले प्रहार गरे, तर त्यो गोल हुन सकेन […]
October 29, 2017
जिरोना (एजेन्सी) – स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिड जिरोनासँग २-१ ले पराजित भएको छ । १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जिरोनाले सो जित दर्ता गरेको हो । रियल म्याड्रिडले खेलमा राम्रो सुरुवात गर्दै बाह्रौँ मिनेटमा अग्रता लिन सफल भएको थियो । क्रिस्टियानो रोनाल्डोको प्रहार रिबाउन्डमा आएपछि सो अवसरको सदुपयोग गर्दै इस्कोले रियललाई […]
October 29, 2017
पाचेस्ट्रुम/दक्षिण अफ्रिका (एजेन्सी)– दक्षिण अफ्रिकी मध्यक्रमका ब्याट्सम्यान डेभिड मिलरले आइतबार टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ३५ बलमा शतक बनाउँदै कीर्तिमान राचेका छन् । बंगलादेशमाथि ८३ रनले खेल जितेसँगै दक्षिण अफ्रिकाले दुई टि ट्वान्टी २–० ले जितेको छ । बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टि ट्वान्टीमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय […]
October 29, 2017
कानपुर (एजेन्सी)– विराट कोहलीको नेतृत्वमा रहेको क्रिकेट टोलीले तेस्रो तथा अन्तिम खेलमा आज न्युजिल्यान्डलाई ६ रनले हराएसँगै भारतले तीन एक दिवसिय क्रिकेट श्रृखंला २–१ ले जितेको छ । जवाफमा उत्कृष्ट प्रदर्शन गरेको भ्रमणकारी टोलीले ४६ ओभरसम्म पनि खेल जित्ने सम्भावना देखाएको थियो । तर, अन्त्यतिर जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेपछि ३ सय […]
October 29, 2017
भद्रपुर (हाम्रो खेलकुद) – प्रथम झापा जिल्ला एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताबाट झन्डै साढे ४ लाख रुपैयाँ बचत भएको बताइएको छ । झापाको भद्रपुरको मुनाल क्लबले सञ्चालन गरेको चन्द्रगढी फुटबल एकाडेमीले आयोजना गरेको गत महिना आयोजना गरेको प्रतियोगिताबाट ४ लाख ४६ हजार ३१ रुपैया बचत भएको प्रतियोगिता संयोजक युगलकिशोर राईले जानकारी दिएका छन् । पहिलो […]
October 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नयाँ नैकापको शिवम् न्यू डायमण्ड एकेडेमी राजधानीमा आजबाट शुरु भएको प्रथम प्याब्सन यू–१८ महिला तथा पुरुष भलिबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा पुगेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आइतबारबाट शुरु भएको खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीले महोत्तरीको भानुभक्त मेमोरियल बोर्डिङ स्कुललाई २–० को सोझो सेटमा हराउँदै समूह विजेताका रुपमा अन्तिम […]
October 29, 2017
न्यू योर्क (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको ‘ब्रान्ड भ्यालू ‘ अर्जेन्टिनी सुपरस्टार लियोन मेस्सी भन्दा धेरै रहेको छ । अमेरिकी बिजनेस म्यागजिन फब्र्सले प्रकाशित गरेको विश्वका मूल्यवान एथलीट को सूचीमा कोहली सातौं र मेस्सी नवौं स्थानमा छन् । फब्र्सका अनुसार कोहलीको ‘ब्रान्ड भ्यालू ‘१४.५ मिलियन अमेरिकी डलर छ । मेस्सीको १३.५ मिलियन […]
October 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको आज घोषणा भएको छ ।युथ टोलीका मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजु रहेको समितिले खेलाडीको छनोट गरेको छ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । ४ खेलाडी वैकल्पिकमा छन् । अन्तिम छनोटमा एसीसी […]
October 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरण छनोट खेल्न नेपाली युवा टोली आज किर्गिस्तान प्रस्थान गरेको छ । छिरिङ लोप्साङको मुख्य प्रशिक्षणमा रहेको टोलीले यो साता सुरु हुने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । किर्गिस्तानमा मंगलबारबाट समूह ‘ए’ छनोट खेल सुरु हुँदैछ । यो समूहमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएइ) […]