default_image

भलिबल

March 27, 2019

एपीएफ र न्यु डायमन्ड समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमी छैठौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ क्लबको भलिबल कोर्टमा बुधबार भएको समुह चरणको अन्तिम खेलमा उपाधिको दावेदार एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ […]

March 27, 2019

भलिबल खेल्न क्रोएसिया जाने टिमलाई बिदाई

काठमाडौं नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप खेलन जाने नेपालको यु–१५ गल्र्स टोलीलाई बुधबार बिदाई गरिएको छ । क्रोएसियाको सोरेकमा हुने उमेर समूहको प्रतियोगितामा नेपालले गल्र्सतर्फ मात्र सहभागिता जनाउदै छ । शुक्रबार प्रतियोगितास्थल प्रस्थान गर्ने नेपाली यु–१५ टोलीलाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ काजी, मदन […]

celebration new diamond

March 26, 2019

नेपालले क्रोएसियामा उमेर समूहको भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यु–१५ गल्र्स टोलीले क्रोएसियामा हुने आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप प्रतियोगिता खेल्ने भएको छ । अर्काे सातादेखि हुने प्रतियोगितामा नेपालको तर्फबाट नेपाली महिला भलिबलमा चर्चित तथा लोकप्रिय न्यु डायमन्ड एकेडेमीका खेलाडीहरु हुनेछन् । इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै नेपालको तर्फबाट […]

March 25, 2019

एपीएफ र न्यु डायमन्ड विजयी

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा सोमबारबाट शुरु भएको सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा उपाधिको दावेदार विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले विजयी शुरुवात गरेको छ । हल्चोकस्थित एपीएफको भलिबल कोर्टमा सोमबार भएको खेलमा नेपाल एपीएफ क्लवले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

March 23, 2019

आयोजक दुप्चेश्वरलाई खुल्ला पुरुष भलिबलको उपाधि

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटारले दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शनिबार भएको फाइनलमा आयोजक दुप्चेश्वरले सोसल सर्भिसलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–२३ […]

March 22, 2019

दुप्चेश्वर र सोसल सर्भिस फाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसल सर्भिस दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शुक्रबार भएको सेमिफाइनलमा आयोजक दुप्चेश्वरले पञ्चकन्यालाई ३–० को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–१९ ले जितेको थियो । दोस्रो र तेस्रो […]

March 21, 2019

दुप्चेश्वर र पञ्चकन्या सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र पञ्चकन्या दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै कालिका ‘ए’ सोसल सर्भिसले पनि अन्तिम चारको यात्रा तय गरे । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा बिहीबार भएको पहिलो सेमिफाइनलमा दुप्चेश्वरले लाली गुराँसलाई २५–११ र २५–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न […]

March 20, 2019

नुवाकोट दुप्चेश्वरमा खुल्ला पुरुष भलिबल शुरु, आयोजक र पञ्चकन्याको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – होली पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वरमा दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार पञ्चकन्या विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक दुप्चेश्वरले लाली गुरास ‘बी’ लाई २–० को सोझो सेटमा हरायो । वेस्ट अफ थ्रीको आधारमा भएको खेलमा पहिलो सेट […]

March 16, 2019

गण्डकी र प्रदेश ३ समुह विजेता

धनगढी (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र प्रदेश नम्वर ३ धनगढीमा जारी मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत पुरुष र महिला भलिबलमा समूह विजेता बनेको छ । गण्डकी प्रदेश पुरुषमा तथा प्रदेश ३ महिलामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै गण्डकी रहेको समूहबाट प्रदेश ५ उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल […]

March 15, 2019

दुप्चेश्वर खुल्ला पुरुष भलिबल बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – होली पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वरमा दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिता यही बुधबारदेखि हुने भएको छ । आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजना तथा कल्याण माध्यमिक विद्यालय दुप्चेश्वरको सहयोगमा दोस्रो संस्करणको प्रतियोगिता यही चैत ६ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगिता संयोजक विक्रम थापाले जानकारी गराए । […]

Success

Thank you for your time.