default_image

भलिबल

January 15, 2019

साविकको विजेता एपिएफको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता तथा घरेलु महिला भलिबलको पावर हाउस विभागीय नेपाल एपिएफ क्लबले पोखरामा आजबाट सुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको पहिलो खेलमा एपिएफले प्रदेश नम्वर १ माथि ३–० को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो […]

January 13, 2019

सभामुख कप राष्ट्रिय महिला भलिबलको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आयोजना हुने दोस्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा तथा तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको संयोजन माघ १ देखि ५ गतेम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास […]

January 12, 2019

न्यु डायमण्ड कपमा एपीएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एपीएफले साविकको विजेता तथा आयोजक न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपीएफले फाइनलमा […]

January 11, 2019

एपीएफ र न्यु डायमण्डबीच उपाधि भिड्न्त

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चिर प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लब र आयोजक न्यु डायमण्ड एकेडेमीबीच उपाधि भिड्न्त हुने भएको छ । यसअघि पहिलो संस्करणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजकले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यस यताका खेलमा भने […]

January 10, 2019

न्यु डायमण्ड र एपिएफ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता न्यु डायमन्ड एकेडेमी र उपविजेता विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको क्वाटरफाइनल खेलमा आयोजक तथा साविकको विजेता न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० […]

January 9, 2019

न्यु डायमण्ड र एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल एपिएफ क्लबले रजधानीमा आजबाट सुरु भएको दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको उद्घाटन खेलमा साविकको विजेतासमेत रहेको आयोजक न्यु डायमन्डले चितवन टाइग्रेसमाथि ३–० को सोझो […]

January 8, 2019

न्यु डायमण्ड कपलाई होङवान्जीको साथ

काठमाडौं (हाम्रो खेलकुद ) – दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङवान्जी बौद्ध समाज नेपालको साथ पाएको छ । सुकेधारास्थित समाजका तर्फबाट नेपाल प्रमुख सोनाम वाङ्दी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदन–प्रदान गरे । होङवान्जी बौद्ध समाजका भुटियाले हामी न्यु डायमण्डका समर्थक रहेको र न्यु […]

January 7, 2019

आर्मीलाई पराजित गर्दै पुलिस सभामुख कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदर त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलि क्लब दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । इटहरि रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको फाइनलमा पुलिसले बलियो आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा पुलिसले आर्मीमाथि २६–२४ को प्रतिस्पर्धात्मक र […]

January 6, 2019

आर्मी र पुलिस फाइनलमा भिड्ने

 काठमाडौं (हाम्रो खेलकुद) –  दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । इटहरि रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको सेमिफाइनलमा उपाधिको दावेदार आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । आर्मीले गण्डकीमाथि २५–२०, २५–११ […]

January 5, 2019

आर्मी र गन्डकी प्रदेश सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र गन्डकी प्रदेश इटहरिमा जारी दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा उपाधिको दावेदार आर्मीले क्वाटरफाइनलमा प्रदेश नम्वर ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीले प्रदेश ५ […]

Success

Thank you for your time.