default_image

नेपाल ओलम्पिक कमिटि

August 19, 2025

एनओसीको ताला खुल्यो, तदर्थ समितिलाई जिम्मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद उत्कर्षमा पुगेको छ । अहिले दुई ओलम्पिक कमिटी अस्तित्वमा आएका छन् । धुव्र बहादुर प्रधान संयोजक रहेको तदर्थ समितिको माग बमोजिम युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा सातदोबाटो स्थित एनओसी कार्यालयमा लागेको ताला ५ महिना पछि आज खुलेको हो ।‌ तदर्थ समिति गठन भएपछि […]

August 17, 2025

एनओसी विवादमा प्रधानको उल्टो बाटो

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं एउटा गल्ति सच्याउन अर्को गल्ति गर्नु समस्या समाधान होइन, बरु त्यसलाई अझ जटिल बनाउने काम मात्र हो। अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको दोहोरो अस्तित्वले त्यहि संकेत गर्छ । जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी आफै विवादको भुमरीबाट बाहिरिन नसकेको समयमा सरकारको समर्थनमा एनओसीको अर्को तदर्थ समिति […]

August 13, 2025

आइओसी मान्यता प्राप्त एनओसीको चासो

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुवबहादुर प्रधानको नेतृत्वमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको प्रति अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको ध्यानाकर्षण भएको जनाएको छ। जीवनराम श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका महासचिव राजिव श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रही आवधिक निर्वाचन गर्दै आएको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र […]

August 12, 2025

सरकारी मान्यतामा प्रधानको नेतृत्वमा एनओसी तदर्थ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा नयाँ मोड थपिएको छ। जीवन राम श्रेष्ठको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी अस्तित्वमा रहँदा सरकारको स्वीकृतिमा पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा एनओसीको‌ नयाँ तदर्थ समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनअघि मन्त्रालयमा पत्राचार सम्मेलन गर्दै २२ राष्ट्रिय संघको सहमतिमा एनओसीको तदर्थ […]

August 8, 2025

एसियाडमा सहभागिता निश्चित हुनुपर्नेमा खेलाडी संघको जोड

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच पछिल्लो वर्षबाट सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढेको‌ भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चिन्ता व्यक्त गरेको छ। ‘ विवादका घटनाक्रमले मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित […]

August 1, 2025

‘छिट्टै एनओसीको तदर्थ समिति गठन गरिनेछ’- खेलकुद मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन तयारी भइरहेको जानकारी दिएका‌ छन् । सिंहदरबारस्थित मन्त्रालयमा शुक्रवार आर्थिक वर्ष २०८१/०८२ सम्पादित कार्य र नीतिगत सुधारको सार्वजनीकरण कार्यक्रम गर्दै मन्त्री चौधरीले एनओसीका सदस्य संघका २२ संघको विशेष साधारण सभामार्फत एनओसीको तसर्थ समिति गठन गरिने बताए […]

July 2, 2025

एसियाडका लागि मन्त्रालयले पठाएको खेल दर्ता भएन!

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले २० औं एशियाली खेलकुदको लागि पठाएको ३१ वटा खेल आयोजक कमिटीले दर्ता नगरेको बुझिएको छ। हिजो युवा तथा खेलकुद मन्त्रालयले ३१ खेल दर्ताको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। तर मन्त्रालयलाई हिजो मात्र इमेल-मार्फत ३१ खेलको सुची इमेल मार्फत पठाएको बताइएको छ । तर आयोजक कमिटीले नेपाल […]

July 1, 2025

एसियाडका लागि ३१ खेल दर्ता भएको खेलकुद मन्त्रालयको दाबी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले अर्को वर्ष जापानमा आयोजना हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३१ खेल दर्ता गराएको दाबी गरेको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज पत्रकार सम्मेलन गरेर ३० खेल दर्ता गरेको जानकारी दिए केहि घन्टा नबित्दै ३१ खेल मन्त्रालयमार्फत दर्ता भएको दाबीसहित प्रेस विज्ञप्ति जारी गरेको हो। […]

July 1, 2025

अन्तर्राष्ट्रिय सहभागिता अन्योलमा परेकोमा एनएनआइपिएको चासो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले यसै वर्ष सेनेगलमा हुने युथ ओलम्पिक र अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडी सहभागी हुन नपाउने खतरा बढेको प्रति गम्भीर चासो व्यक्त गरेको छ। एनएनआइपिएले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी […]

June 30, 2025

६ खेलाडीलाई राष्ट्रिय खेलकुद सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले  खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरेको छ। खेलाडी तर्फ दार्चुलाका पारा तेक्वान्दो खेलाडी भरत सिंह महता, संखुवासभाका तेक्वान्दो खेलाडी श्री प्रेम बहादुर लिम्बु, कन्चनपुरका तेक्वान्दो खेलाडी विर बहादुर महरा, झापाका कबड्डी खेलाडी अनुजा कुलुङ राई, कन्चनपुरकी कबड्डीकी मानमती विष्ट, हुम्लाकी फुटबल खेलाडी दिपा शाही […]

Success

Thank you for your time.