default_image

नेपाल ओलम्पिक कमिटि

March 2, 2023

कराते महासंघको निर्वाचत चैत ११ मा

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल मध्येको एक करातेको अभिभावक संस्था नेपाल कराते महासंघको निर्वाचन अर्को महिना हुने तय भएको छ । विगतमा लामो समयको विवाद र अन्य कारणले एक दशक भन्दा लामो समयदेखि निर्वाचन हुन नसकेको महासंघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता नयाँ नेतृत्व पाउने भएको छ । […]

February 27, 2023

स्कुल टु ओलम्पिकको दोस्रो चरण कर्णालीमा सम्पन्न

सुर्खेत (हाम्रो खेलकुद)- विधार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले आयोजना गरेको स्कुल टु ओलम्पिक कार्यक्रमको दोस्रो चरण कर्णाली प्रदेशमा सोमबार सम्पन्न भएको छ । कर्णालीका जुम्ला र सुर्खेत दुई जिल्लामा विभिन्न विद्यालयका विधार्थीहरुको बीचमा स्कुल टु कार्यक्रम आयोजना भएको थियो । जुम्लामा फागुन १२ गते कार्यक्रम भएको थियो । […]

February 20, 2023

सन्तोषी प्रशिक्षणका लागि इथोपिया पुग्दै

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ सोमबार (आज) इथोपिया पुग्दैछिन् । ग्लोबल स्पोर्टस कम्युनिकेसनको छात्रबृति एक महिना भन्दा लामो प्रशिक्षणका लागि सन्तोषी आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेकी थिइन् । एनआरएनए स्पोर्टस फाउन्डेसनले उनलाई छात्रबृति दिलाउनका लागि पहल गरेको थियो । उनको प्रशिक्षणमा इयर्ली ट्रष्टको आर्थिक सहयोग रहेको […]

January 23, 2023

विष्टसहित प्रशिक्षक खेलाडीलाई आइजी एपिएफ कमेन्डेसन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टसहित प्रशिक्षक र खेलाडीलाई शसस्त्र प्रहरी बलले सोमबार सम्मान गरेको छ । २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पु¥याएकोमा संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, महानिरीक्षक स्व सहबीर थापा, विष्टसहित ३१ जनालाई पहिलो पटक आइजी एपिएफ कमेन्डेसनबाट सम्मान गरिएको जनाएको छ । […]

December 27, 2022

ओलम्पियनका सन्तानलाई पूर्ण छात्रबृति दिने लिटिल बुद्ध एकेडेमीको घोषणा

कन्चनपुर (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ स्थित लिटिल बुद्ध एकेडेमी सेकेन्डरी स्कुलले नेपाली ओलम्पियनका सन्तानलाई नर्सरीदेखि प्लस टु सम्म अध्ययनका लागि छात्रबृति दिने घोषणा गरेको छ । नेपाल ओम्पियन्स संघको संयोजनमा मंगलबार स्कुल टु ओलम्पिक कार्यक्रम पछि लिटिल बुद्धका प्रिन्सिपल श्याम सिंह मौनीले देशभरका ओलम्पियनका सन्तानलाई नर्सरी देखि प्लस टु […]

October 23, 2022

नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको राखेपको दाबी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत साता गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ । असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म आयोजना भएको नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु मुख्य दायित्व राखेपको भएपनि सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष धेरै सहयोगी हातहरु छन् भन्नेमा कुनै शंका नरहेको जनाएको छ […]

October 20, 2022

आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । सुरुवातबाट पदक तालिकामा अग्रता लिएको आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो । आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । सातौं देखि आर्मी लगातार टिम […]

October 20, 2022

महिला फुटबलमा एपिएफलाई स्वर्ण

वालिङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ । नवौंको सातौं तथा अन्तिम दिन अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई फाइनलमा २–१ ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । एपिएफका लागि दुवै गोल सावित्रा भण्डारी सम्बाले गरेकी थिइन् । पुलिसका लागि निरु थापाले गोल फर्काएकी थिइन् […]

October 20, 2022

आर्मीलाई ४ गुणा ४ सय मिटर रिलेमा दुवै स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्बलले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडको महिला र पुरुष दुवै स्पर्धामा स्वर्ण जितेको छ । पोखरा रंगशालामा विहीबार महिलातर्फको ४ गुणा ४ सय मिटरमा आर्मीले दोस्रो स्थानमा दौड पूरा गरेपनि एपिएफ डिस्क्वालीफाइ हुँदा स्वर्ण जितेको हो । एपिएफले पहिलो स्थानमा दौड पूरा गरेपनि […]

October 20, 2022

नवौं राष्ट्रिय खेलकुद- डोपिङका लागि ४० खेलाडीको नमूना संकलन

विजय नेपाली, पोखरागण्डकी प्रदेशमा बिहीबार सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४० जना खेलाडीको एन्टी डोपिङका लागि नमूना संकलन गरिएको छ । प्रतिबन्धित औषधी तथा उपायहरु प्रयोग गरेको हो या होइन् भनि जाँचका लागि डोपिङ संकलन गरेको हो । दशक लामो राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक यति ठूलो मात्रामा डोपिङ परिक्षणका लागि ४० नमूना […]

Success

Thank you for your time.