August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लामो समय देखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका विषयमा संसदिय समितिले चासो दिन थालेको छ ।महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको खेलकुद उप समितिले एनओसी विवाद र १३ औं साग आयोजनाका बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ । […]
August 9, 2017
पोखरा (हाम्रो खेलकुद) – सबै क्षेत्रको सहयोगमा दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपाल खेलकूद पत्रकार मञ्च, समन्वय शाखा कास्कीले जनाएको छ । शनिबार सम्पन्न अवार्डको मञ्चले बुधबार समिक्षा बैठकमार्फत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । अवार्ड आयोजना गर्नका लागि विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहेका पूर्व खेलाडी, खेल संघसंस्था एवं […]
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लामो समयदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादको निकासका लागि अझै कुर्नु पर्ने भएको छ । यद्दपी, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला नहुँदा सम्म स्टे अर्डरलाई निरन्तरता दिन आदेश दिएका छ । एनओसीका विषयमा सरकारी निकायले जारी गरेका तीन वटा […]
July 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीको सहयोगका लागि स्थापना भएको शीरिष फाउन्डेसनले अल्ट्रा धाविका मिरा राईलाई फिटनेसका लागि सहयोग गर्न सुरु गरेको छ । एन्टिरियर क्रुसिएल लिगामेन्ट (एसिएल) को शल्यक्रिया गरेकी मिरा पुनः दौडमा फर्कनका लागि प्रयासरत छिन् । त्यसका लागि उनले थेरापी गराइरहेकी छिन् । गत बर्ष इटालीको भेरोना अस्पतालमा घुँडाको शल्यक्रिया गराएयता उनले कुनै […]
June 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको डेढ बर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ७ सदस्यीय निर्माण तथा तयारी समिति गठन गरेको छ । भारतमा २०७२ को फागुनमा १२ औं सागका समापनका दौरान नेपाललाई १३ औं साग आयोजकका रुपमा झन्डा हस्तान्तरण गरिएको थियो […]
June 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाललाई भारत्तोलन खेलमार्फत सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने भारोत्तोलनका पूर्व खेलाडी तथा प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको निधन भएको छ । ५३ बर्षे कीर्तिमानी जोशीको उपचारको क्रममा आइतबार बिहान बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको हो । हृदयघात रोगका कारण उनी एकसाता अघि अस्पताल भर्ना भएका थिए । सन् १९९६ मा अमेरिकाको […]
June 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको उपचारका क्रममा आज निधन भएको छ । जेठ अन्तिममा हृदयघात भएपछि जोशीलाई उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । त्यहि उपचारका क्रममा ५२ बर्षे जोशीको निधन भएको दक्षिण एसियाली खेलकुद (साग) का करातेका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी दिए । ओलम्पियन जोशी दक्षिण […]
June 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको शीरिष फाउन्डेसनसँग ह्याम्स हस्पिटल प्रा.लीले खेलाडीको स्वास्थ्य उपचारमा सहकार्य गर्ने भएको छ । पहिलो चरणमा प्रतिभावान खेलाडीलाई छात्रबृति दिएर स्थापनाको पहिलो बर्षमै काम अघि बढाएको शीरिष फाउन्डेसनले छात्रबृति दिएका खेलाडीलाई ह्याम्सले निशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको छ । शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन […]
June 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि भौतिक पूर्वाधार निर्माणका लागि ठोस कदम चलि नसकेपनि त्यसमा २८ खेल समावेश गर्ने प्रस्ताव गरिएको छ । भुटानको राजधानी थिम्पुमा मंगलबार सुरु दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले सन् २०१९ मा हुने १३ औं सागमा २८ खेल राख्ने प्रस्ताव पारित गरेको […]
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गणतन्त्र दिवसका अवसरमा पदक पाउनेको नाम सोमबार सार्वजनिक गर्दा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित खेलक्षेत्रका छ जनाको नाम समेटिएको छ । गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गर्दा पारससहित पूर्व म्याराथन धावक हरिबहादुर रोकाया, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, उसुकी नीमा घर्तीमगर, तेक्वान्दोकी निशा रावल र […]