March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदलाई विखण्डन गर्ने शक्तिलाई परास्त गर्दै खेलकुदको विकास गर्नु पर्ने सांसद एवं नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठले बताएका छन् । नेपाल खेलकुद महासंघले बुधबार आयोजना गरेको वर्तमान सन्दर्भमा खेलकुदको विकास र सम्भावना बारे छलफल तथा शुभकामना कार्यक्रममा श्रेष्ठले खेलकुदको विकास गर्न कुनै पनि बाधा अड्चन हटाई विश्वव्यापी […]
March 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपालले अर्को महिनाबाट विशेष तयारी सुरु गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बैशाखबाट विशेष प्रशिक्षण सुरु हुने जानकारी दिए । राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको आयोजनामा आइतबार सातदोबाटोमा सुरु एनएससी हाइ लेभल स्पोट्र्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटनका क्रममा […]
March 8, 2018
काठमाडौ (हाम्रो खेलकुद)– पाकिस्तानको फैसलावादमा आयोजना हुने आइएचएफ ट्रफीमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघको पुरुष युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालीको दुई टोली यू १९ र यू २१ ले प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीलाई आज नेपाल ओलोम्पिक कमिटी (एनओसी) ले […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले भारोत्तोलनका सर्वाधिक सफल ओलम्पियन खेलाडी स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त ‘गजराज स्मृति आदर्श खेलाडी’ बाट सम्मानित गरेको छ । एनएनआइपिएले सोमबार स्वर्गीय गजराज जोशीको जन्मस्थान टोखामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्न सफल भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक […]
February 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतले ओलम्पिक विवादका सबै मुद्दा खारेज गरेपछि अस्तित्वमा रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधान हुने कुनै संकेत देखिएको छैन । लामो समयदेखि विवादमा रहेको एनओसीमा आइतबार अर्को दृश्य थपिएको छ । एक वर्षअघि प्रशासनको सहयोगमा सातदोबाटोस्थित एनओसी भवनमा प्रवेश गरेको राष्ट्रिय मान्यता प्राप्त रुक्मशम्सेर राणा नेतृत्वका एनओसी पदाधिकारीलाई […]
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा रहेका ओलम्पियनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज चन्द्रागिरी हिल्सको अवलोकन गराएको छ । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था गर्ने बताएका छन् । विष्टले राखेपले पहिलो पटक नेपालको तर्फबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको र बाँकी […]
December 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । वामगठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं ८ को उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रिय सदस्य श्रेष्ठले नेपाली काँग्रेसका नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् । यसअघि सोही क्षेत्रमा जोशीसँग दुई पटक पराजित भएका श्रेष्ठ यसपटक ४ सय ४४ मतले […]
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै डेढ बर्षपछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश गरिने २५ खेलको टुंगो लागेको छ । तुर्कमिनिस्तानको अस्वाबतमा जारी पाँचौं एसियाली इन्डोर तथा मार्सल आर्टस् खेलकुदको अवसर पारेर मंगलबार भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसओएसी) को बैठकले २५ खेलको टुंगो लगाएको हो । २८ खेलबाट २५ खेल […]
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्डको आठ विधा मध्ये सबै भन्दा पहिलो पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक हुने गर्दछ । वर्षभरि चर्चामा रहेका खेलाडीहरूका लागि पुरस्कृत गर्न समावेश गरिएको विधा भएकाले यसलाई पिपुल्स च्वाइस अवार्ड नाम राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बताउँदै आएको छ । एसएमएस र फेसबुक लाइकमार्फत् विजेता चयन गरिने पिपुल्स […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै पनि काम नलाउनु भन्ने युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) को निर्देशनमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उपाध्यक्ष शेर्पाले युवा तथा खेलकुद मन्त्रालयसहित ३ जनाविरुद्ध दर्ता गरेको रिट निवेदनमा चोलेन्द्र शम्शेर जबराको एकल इजिलासले […]