default_image

एसोसिएसन

December 25, 2024

सूर्य नेपाल इस्टर्न ओपन – निरजको सानदार प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधवार ८-अन्डर ६२ को प्रभावशाली बोगी रहित स्कोरमा निरज तामाङ शीर्षस्थानमा रहेका छन्। घरेलु प्रो निरजले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। धरान स्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड दर्ज गर्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा […]

December 24, 2024

एनओसीको ७ उपाध्यक्ष पनि निर्विरोध, अध्यक्षमा मात्र निर्वाचन हुने!

काठमाडौं (हाम्रो खेलकुद)- दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) को ७ उपाध्यक्ष निर्विरोध भएको छ। नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले मंगलवार उम्मेदवारी फिर्ता लिएपछि ७ उपाध्यक्ष निर्विरोध भएका हुन्। उपाध्यक्षमा निर्विरोध हुनेमा ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद […]

December 24, 2024

एनओसीमा अध्यक्ष र उपाध्यक्षबाहेक सबै पदमा निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध भएको छ। १९ सदस्यीय कार्यसमितिका लागि कुल २३ जनाको मनोनयन दर्ता भएको छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्र राज श्रेष्ठ र तेज बहादुर गुरूङले मनोनयन दर्ता गराएका छन्। ७ उपाध्यक्षको लागि ९ […]

December 23, 2024

एनओसी निर्वाचनको लागि अनलाइनमार्फत मनोनयन सुरु!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को शनिवार हुने निर्वाचनको मनोनयन दर्ता अनलाईन मार्फत सुरु भएको छ। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) सँगको समन्वय र प्राप्त निर्देशनका आधारमा अनलाइन मार्फत मनोनयन दर्ता गरेको हाम्रो खेलकुद डटकमलाई बताए। मनोनयन दर्ता आज राती ११:३० बजेसम्म खुल्ला गरिएको छ। भोलि बिहान ९:३० बजे निर्वाचन […]

December 23, 2024

एनएनआइपिए स्पोर्टस अवार्ड तारकेश्वरमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण पुस २० गते आयोजना हुने भएको छ। यस पटकको अर्वाड तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिरमा हुने आयोजक नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। मनमैजुमा भएको पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका कृष्णहरि महर्जन र एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठबीच अवार्ड आयोजनाका […]

December 23, 2024

एनओसी भवनमा प्रवेशमा प्रहरीको रोक , मनोनयन दर्ता प्रभावित

ललितपुर (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालय प्रवेशमा प्रहरीदले रोक लगाएको छ। शनिवार हुने एनओसीको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने समय तय भएको थियो। १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने भनिएपनि बिहान ७ बजेदेखि नै प्रहरीले एनओसी भवनमा प्रवेश निषेध गरेको छ। एनओसीमा रहेका प्रहरी […]

December 20, 2024

बागमतीमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । स्वयंसेवक छनोट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन सूचना समेत जारी […]

December 20, 2024

कोशी खेलकुद बोर्डले खेल संघ दर्ता मार्गनिर्देशन पारित गर्यो

हिमाल खरेल,बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन–२०८१ पारित गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले पारित मार्गदर्शनले खेलकुद विकास बोर्डलाई प्रदेशमा […]

December 14, 2024

नेपाली हक्की टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

Success

Thank you for your time.