default_image

एसोसिएसन

April 29, 2023

लङजम्पमा सुदीपको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका सुदीप थारुले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् ।लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम ग¥यो । […]

April 28, 2023

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारवदेखि सुरु भएको छ । प्रतियोगिताको उपराष्ट्रपति राम प्रसाद सहायले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक भब्य समारोहबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सहायले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने […]

April 28, 2023

सुजल र आरुषीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली […]

April 27, 2023

खेलकुद बिमालेखमा छलफल

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद बिमालेखको मस्यौदामा बिहीबार छलफल भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उदेश्यबाट खेलकुद बिमालेख तयार गर्न लागिएको हो । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा राष्ट्रिय खेलकुद परिषद्मा छलफल भएको हो । खेलाडी तथा खेल पदाधिकारीहरुको जोखिम बहन गराउनु आवश्यक भएकाले खेलाडी बीमा गराउनु आफ्नो पहिलो उदेश्य […]

April 27, 2023

राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा खेलाडी […]

April 23, 2023

सदस्य–सचिव घिसिङद्वारा सिन्थेटिक ट्रयाकको शिलान्यास

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाकको शिलान्यास गरेका छन् । सिन्थेटिक ट्रयाक निर्माणको जिम्मेवारी पञ्चकन्यासिन्कोट्स, कुपण्डोल, ललितपुरले पाएको छ । सम्झौता अनुसार पञ्चकन्या सिन्कोट्सले १० महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । सिन्थेटिक ट्रयाकको लागत ११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैयाँ […]

April 22, 2023

एसियाली खेलकुद- बैद्यले चिफ डि मिसन बैठकमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यसै साता हान्झोउमा हुने १९ औं एसियाली खेलकुदको चिफ–डि–मिसन बैठकमा सहभागिता हुने भएका छन् । एनओसीका अनुसार दुई दिने बैठक मंगलबार र बुधबार हुनेछ । अबको एसियाली खेलकुद यसै असोज ६ गते देखि २१ गते सम्म हुँदैछ । बैठकमा प्रतियोगिताको आयोजनाबारे […]

April 22, 2023

सुजना र रुपेश नेसनल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– नेसनल चेस च्याम्पियनसिपको उपाधि महिलातर्फ फिडे मास्टर सुजना लोहनीले र खुलातर्फ रुपेश जैसवालले जितेका छन् । योसँगै सुजना र रुपेशले बंगलादेशमा मेमा आयोजना हुने वल्र्ड च्याम्पियन सर्कल एसियन जोनल ३.२ च्याम्पियनसिपमा स्थान सुरक्षित गरेका गरेका छन् । त्यस्तै उब्जेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र २०२४ मा हंगेरीको बुडापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडमा […]

April 22, 2023

एनजिए–आरएनजिसी युवा गल्फ प्रशिक्षण सुरु

काठमाडौ (हाम्रो खेलकुद) – जुनियर र महिला गल्फ खेलाडीलाई लक्षित एनजिए–आरएनजिसी युवा प्रशिक्षण कार्यक्रम शनिबार रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा सुरु भएको छ । नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सुबाश तामाङले प्रशिक्षणको उद्घाटन गरे । रोयल नेपाल गल्फ क्लबमा हरेक शनिबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पहिलो दिन १० महिला सहित ४५ जनाले भाग […]

April 20, 2023

राष्ट्रपति रनिङशिल्डबाट प्रतिभाको खोजी गरिने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ । छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको […]

Success

Thank you for your time.