default_image

एसोसिएसन

June 11, 2025

संगीता र प्रवीणले बनाए जुनियर राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । कीर्तिमान वापत दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । […]

June 9, 2025

टेबल टेनिसमा बागमतीको वर्चस्व

काठमाडौं (हाम्रो खेलकुद)- यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले स्वर्ण पदकमा क्लिन स्विप गरेको छ। ४ स्वर्णको लागि भएको प्रतियोगितामा ४ स्वर्ण नै बागमतीले जित्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जनले स्वर्ण पदक जिते। फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ को सोझो […]

June 8, 2025

सन्तोषीले इन्टरनेसनल एथलेट्स फोरममा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट्स फोरममा भाग लिने भएकी छिन्। एथलेट्स फोरम आगामी बुधवार र बिहिवार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ । सन्तोषीले शनिवार काठमाडौं २५ के नेपाल हेरिटेज रनको उपाधि जितेकी थिइन्। महिला म्याराथनकी‌ राष्ट्रिय कीर्तिमानी सन्तोषीले सन् २०१९ स्वदेश भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण […]

June 8, 2025

अदित्य र गौरीलाई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौड स्वर्ण जितेका छन् । आइतवार सुरु भएको प्रतियोगितामा आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा […]

June 6, 2025

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता यु १४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो । प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल […]

May 31, 2025

नेपाल एमेच्योर ओपन गल्फ अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलवार सुरु हुने भएको छ। पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन् ।‌ ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने एनजिएले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आयोजक […]

May 29, 2025

युवा तथा खेलकुदमा कीर्तिमानी बजेट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सरकारले युवा तथा खेलकुदमा अहिलेसम्मकै उच्च बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले संसदमा आज बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ अर्ब ५८ करोडले बढी हो। […]

May 19, 2025

कराते टोली उज्वेकिस्तान जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिप भाग लिने नेपाली कराते टोली मंगलवार त्यसतर्फ जाने भएको टोली छ। ११ खेलाडीसहितको टोलीलाई सोमवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाइ गरे। महिला (कुमुते): प्रशिक्षक व्यवस्थापक

May 18, 2025

एरिका बागमती वर्ष उत्कृष्ट महिला खेलाडी

हेटौंडा (हाम्रो खेलकुद)- चर्चित राष्ट्रिय कराते खेलाडी धादिङकी एरिका गुरुङ बागमती स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्राप्त गरेकी छिन्। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजना भएको स्पोर्टस अवार्ड बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा भएको थियो‌ । कार्यक्रममा एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ पनि […]

May 18, 2025

राजन बागमतीका उत्कृष्ट पुरुष खेलाडी

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बलले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्राप्त गरेका छन्। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा राजनलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको छ। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। राजन बल नेपालको राष्ट्रिय खोखो […]

Success

Thank you for your time.