June 14, 2025
पोखरा ( हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ। एभरेष्ट भलिबल क्लबलाईलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमन्ड तेस्रो भएको हो। पोखरा रंगशालास्थित कभर्डहलमा शनिवार न्यु डायमन्डले सहज जित निकालेको हो । समूह चरणमा पनि न्यु डायमण्डले एभरेष्टलाई ३-० ले नै हराएको थियो। न्यु […]
June 14, 2025
सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]
June 14, 2025
चितवन (हाम्रो खेलकुद)- चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाको निधन भएको छ । ४८ वर्षे पियाको गएराति हृदयघातबाट घरमा मृत्यु भएको बताइएको छ । पिया २०८० साउन २३ गते जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । उनको नेतृत्वमा चितवनको जिल्लाको क्रिकेट चलायमान भएको थियो । उनको भोलि अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ। […]
June 14, 2025
पोखरा (हाम्रो खेलकुद)- दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब आज प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल्दै छन् । पछिल्लो समय केहि लय गुमाएको एपिएफले शुक्रवार पोखरा रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो । समूह […]
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टेनिस खेलाडी अभिषेक बास्तोलाले अर्को महिना मलेसियामा हुने डेभिस कपमा नेपालको प्रतिनिधित्व गर्न नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । डेभिस कपमा नेपालका लागि पछिल्लो दुवै संस्करणमा उच्च प्रदर्शन गरेका अभिषेकलाई नेपाल टेनिस संघले छनोट खेल्न नआएको भन्दै टोलीमा समावेश नगर्ने भएको हो । संघका महासचिव मनोहर दास मूलले प्रतियोगितामा सहभागिताका लागि […]
June 14, 2025
एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ ७ प्रदेश सहभागी प्रतियोगितामा टिम च्याम्पियन बन्यो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण पदक जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत […]
June 12, 2025
पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लब र एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।पोखरास्थित कभर्डहलमा बिहीवार गण्डकी प्रदेश भलिबल संघमाथि पुनरागमन जित निकाल्दै एभरेष्टले सेमिफाइनल पक्का गर्यो । एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा हरायो । पहिलो […]
June 12, 2025
सुशील पन्त क्षेत्री, भरतपुर सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज दोस्रो सेमिफाइनलमा जनशक्ति युवा क्लब नवलपरासीलाई २-१ ले हराउँदै सूर्यपुर उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरको जितमा जय गुरुङ र बिक्की चम्लिङ राईले गोल गरे । जनशक्तिका लागि शान्तबहादुर गुरुङले एक गोल फर्काए । […]