default_image

breaking big news

March 14, 2020

पुलिसलाई हराउँदै मनाङ आहा गोल्डकप च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको च्याम्पियन बनेको छ ।   पोखरा रंगशालमा शनिबार भएको फाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । […]

March 14, 2020

मनाङ-पुलिस फाइनल अतिरिक्त समयमा धकेलियो

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि घरेलु फुटबलका दुई चिरपरिचित विभागीय नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । पोखरा रंगशालामा भइरहेको खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा टुङ्गिएको छ । प्रतिस्पर्धात्मक खेलको ११औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक अशोक […]

March 14, 2020

फाइनलको पहिलो हाफमा मनाङ र पुलिस गोलरहित

पोखरा (हाम्रो खेलकुद) – मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि आज (शनिबार) घरेलु फुटबलका दुई चिरपरिचित प्रतिद्धन्द्धी विभागीय नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । पोखरा रंगशालामा भइरहेको खेलको पहिलो सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेको छ । प्रतिस्पर्धात्मक खेलमा […]

March 14, 2020

कोरोनाले ईपिएल रद्द भए लिभरपुललाई उपाधि सुम्पने तयारी

एजेन्सी – विश्वभर फैलिइरहेको महामारी कोरोना भाइरसका कारण विश्व खेलकुद गतिविधि नै प्रभावित बनेको छ । चीनबाट सुरु भएको भाइरसले उग्र रुप लिँदै युरोपमा समेत असर गरेपछि त्यसको रोकथामका लागि हाल लगभग सबै खेलकुद गतिविधि निलम्बन गरिएको छ । यस्तोमा विश्वको चर्चित फुटबल लिग इंग्लिस प्रिमियर लिग हालको लागि कम्तिमा ३ साता पर धकेलिएको छ […]

March 14, 2020

आहा! रारा फाइनलः को बन्ला च्याम्पियन, मनाङ कि पुलिस ?

पोखरा (हाम्रो खेलकुद) – मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि आज (शनिबार) घरेलु फुटबलका दुई चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी  क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुनेछ । […]

March 13, 2020

पुलिस राजर्षी जनक कपको पनि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– एकै समय दुई वटा नकआउट फुटबल प्रतियोगितामा भाग लिइरहेको नेपाल पुलिस क्लब सर्लाही बागमतीमा जारी राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो । पुलिसको अर्को टोली १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको […]

March 13, 2020

पुलिस र मनाङ उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि शनिबार घरेलु फुटबलका दुई चिरपरिचित टोली  नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजेपछि पोखरा रंगशालामा हुनेछ । मनाङले उपाधि […]

March 13, 2020

विनिताको खुट्टाको शल्यक्रिया गरियो

काठमाडौं (हाम्रो खेलकुद) – चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी खुट्टाको शल्यक्रिया भएको छ । बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको दायाँ खुट्टाको कुर्कुच्चामाथि शल्यक्रिया भएको एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । उनको खुट्टामा प्लास्टर पनि गरिएको जानकारी दिँदै केसीले भने, ‘शल्यक्रिया राम्रो भएको डाक्टरहरुले बताउनुभएको छ । […]

March 13, 2020

म्यानचेस्टरको ५ गोल

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ । युनाइटेडले घरेलु टोली अष्ट्रियन क्लब लास्कमाथि ५–० को फराकिलो जित निकालेको हो । बिहीबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । एकपक्षीय खेलमा पहिलो हाफमा […]

March 12, 2020

जावलाखेल राजर्षी जनक कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली प्रभु बैंक जावलाखेल युथ क्लब चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सर्लाहीको बागमतीमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनलमा भारत दार्जिलिङको यूकेएफसीलाई २–० ले हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको छ । अब जावलाखेलले भारत सिलगुढीको कन्चनजंगा एफसीको सामना गर्नेछ । जवलाखेललाई बिहीबार जित दिलाउन रुपबहादुर लामा र […]

Success

Thank you for your time.