February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र सानमिगेल मछिन्द्र क्लबबीच कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम ३ चरणको खेलका लागि मंगलबार खेल तालिका सार्वजनिक गर्दा आर्मी र मछिन्द्रबीचको खेल फागुन ३ गते शनिबारका लागि तय गरिएको हो […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्कप लिग-२ अघि अभ्यास खेलमा नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङसँगै अमेरिकाको राष्ट्रिय टोली नेपाल अध्यक्ष-११ सँग ३७ रनले पराजित भएको छ । नेपाल-११ ले प्रस्तुत गरेको १ सय १२ रनको सामान्य लक्ष्य पक्ष्याएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट हुन पुग्यो । अमेरिकाका स्टिभ टेलरले सर्वाधिक २८ रनको योगदान दिए […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीकी सावित्रा भण्डारी साम्बाले भारतीय (आई) महिला लिग फुटबलमा गोल गर्ने क्रममलाई चौथो खेलमा पनि जारी राखेकी छिन् । उनी सम्मिलित गोकुलम केरला एफसीले मंगलबार चौथो सिजत निकाल्दा सावित्राले गोल गरेकी थिइन् । बैंगलोर रंगशालामा भएको खेलमा गोकुलमलले बैंगलोर युनाइटेड फुटबल क्लबलाई ५–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को मिती सरेको छ । यस अघि आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) फागुन ३ देखि १५ गते सम्म हुने उल्लेख गरेपनि राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्य तालिकाको कारण मिति सार्न बाध्य भएको डिसिएका अध्यक्ष सुवास शाहीले जनाएका छन् । नयाँ मिति अनुसार डिपिएल अब […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट जगतको बुधबार ऐतिहासिक क्षणको साक्षी बन्नेछ । बुधबारदेखि आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै सुरुवात गर्नेछ । बुधबार विहान राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ओमानका कप्तान जीशान मकसूद टसको लागि टीयू मैदान छिर्ने छन् । ज्ञानेन्द्र र जीशान […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – टीयू क्रिकेट मैदानमा बुधबार सुरु हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा नेपालका चार युवा खेलाडीको एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई) मा डेब्यू संभावना छ । बुधबार ओमानसँगको खेलमा तीब्र गतिका बलर अभिनाश बोहराको डेब्यू पक्का पक्कि जस्तै देखिन्छ । अभिनाशलाई छोड्दा युवा बाँया हाते अलराउन्डर कुशल मल्ल, कमल सिंह ऐरी र […]
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालको ४ महिनादेखिको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खातामा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पटवालको ४ महिनाको पारिश्रमिक एकमुष्ट रुपमा राखेपको खातामा पठाएको छ । तर, चर्को कर लाग्ने भएपछि पटवालले अहिले सम्म पारिश्रमिक नबुझेको अनुमान गरिएको छ । आइसिसीले पहिलो पटक पटवालको […]
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय उमेश पटवालले राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पदबाट राजिनामा दिएका छन् । यसै साता सुरु अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज पछि लागु हुने गरि पटवालले राजिनामा दिइएको श्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई गत वर्ष राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । उनको […]
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सिजनको पहिलो हार बेहोरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युवा क्लबले मनाङलाई २-० ले पराजित गरेको हो । च्यासलको जितमा टाइगा नाकामुराले पहिलो हाफमा गरेको फ्रिकिक गोल र सन्तोष साहुखलको गोल समावेश थियो […]
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा जावलाखेल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ । जावलाखेलको जितमा सुजित बुढाथोकीले ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । बिबिसीका गोलरक्षक विशाल सुनार पोजिसनमा नरहेको अवस्थामा सुजितले गरेको प्रहार गोलमा परिणत भएको थियो […]