default_image

breaking big news

January 27, 2020

रेजिनको गोलमा मछिन्द्रलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – युवा फरवार्ड रेजिन सुब्बाको गोलमा मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार रुस्लान थ्री स्टारविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको १३अौं मिनेटमा रन्जित धिमालकाे फ्रिकिकलाई थ्री स्टारका गाेलरक्षक प्रिसाेले सहजै नियन्त्रणमा लिए । लगत्तै थ्री स्टारका अशाेक खवासकाे क्रसमा हम्जातकाे हेडर पाेस्टबाट थोरै […]

January 27, 2020

विभागीय डर्बीमा पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ । पाँचौ मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई गोलरक्षक अमृत चौधरीले विफल पारे । आठौं मिनेटमा भरत शाहकाे पासलाई सौजन राईले भेट्न सकेन । ११ अौं मिनेटमा सौजन राईकाे फ्रिकिक बाहिरियाे […]

January 27, 2020

भोलाको गोलमा पुलिसलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबविरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा पुलिस १-० ले अगाडि छ । पाँचौ मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई गोलरक्षक अमृत चौधरीले विफल पारे । आठौं मिनेटमा भरत शाहकाे पासलाई सौजन राईले भेट्न सकेन । […]

January 27, 2020

मछिन्द्र र थ्री स्टारको हाइ भोल्टेज भिडन्त, पुलिसलाई एपिएफको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबारदेखि नवौं राउन्डको खेल सुरु हुँदैछ । नवौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । दिनको पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच मध्यान्ह १२ बजे तथा सानमिगेल मछिन्द्र क्लब र रुस्लान थ्री स्टारबीच दिउँसो ३ बजे प्रतिस्पर्धा […]

January 27, 2020

सावित्रा अनि रोनाल्डोको ‘जर्सी नम्बर ७’

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय टोलीबाट खेल्दा होस् वा कुनै क्लबबाट खेल्दा सावित्रा भण्डारी सम्बाको प्रभाव बेग्लै हुने गर्छ । कमै खेल होलान् जसमा सावित्राले गोल नगरेको होस् । कथम कदाचित गोल नगर्दा पनि खेलमा उनले प्रभाव छाडेकै हुन्छिन् । सावित्रा नै दक्षिण एसियाको उत्कृष्ट स्ट्राइकर हो भन्दा सायदै दुइमत होला । दक्षिण एसियाको महारथी भारतकै […]

January 27, 2020

रहेनन् कोबी ब्रायन्ट !

एजेन्सी – बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको आइतबार क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ४१ वर्षीय कोबीसहित उनको १३ वर्षीय छोरी जियाना पनि हेलिकप्टरमा सवार थिइन् । हेलिकप्टरमा रहेका ९ जना यात्री नै जीवित नरहेको स्थानीय पुलिसले जानकारी दिएको छ । कोबीको निजि सिकोर्स्की एस-७६ हेलिकप्टर बाक्लो कुहिरोका कारण पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको […]

January 27, 2020

बार्सिलोनालाई पछि पार्दै रियल शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले आइतबार राति रियल भालाडोलिडमाथि १–० संघर्षपुर्ण जित निकाल्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो ।  रियलले शीर्षस्थानमा बार्सिलोनालाई ३ अंकले पछि पारेको हो । जितसँगै रियलको २१ खेलबाट ४६ अंक पुगेको छ । समान खेलबाटै […]

January 26, 2020

‘नेपालको लक्ष्य शीर्ष २ मा पर्ने’ – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग-२ मा नेपालको लक्ष्य शीर्ष दुईमा अन्त्य गर्ने रहेको बताएका छन् । टियु क्रिकेट मैदानमा माघ २२ देखि २९ सम्म हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि आईतबार आयोजना स्थलमा अभ्यासरत ज्ञानेन्द्रले हाम्रो खेलकुदसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले टोलीका सबै खेलाडी […]

January 26, 2020

सावित्राको गोलमा गोकुलमको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली र एपिएफकी फरवार्ड सावित्रा भण्डारीको गोलमा गोकुलम केरेला एफसीले महिला भारतीय (आई) लिगमा विजयी सुरुवात गरेको छ । श्रीभुमी एफसीलाई १–० ले हराउँदै गोकुलमले विजयी सुरुवात गरेको हो । भारतको बैंगलोर रंगशालामा भएको खेलको ६७ औं मिनेटमा सावित्राले गरेको गोल नै निर्णायक बनेको हो । सावित्राको क्लबका लागि यो […]

January 26, 2020

बिग ब्यास छोडेर सन्दीप नेपाल फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद) – युवा लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग छाडेर आज नेपाल फर्किदै छन् । माघ २२ देखि २९ गते सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् । सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित […]

Success

Thank you for your time.