default_image

breaking big news

January 22, 2020

एपिएफ क्लब च्याम्पियनसिपको अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुद्ध टोल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा एपिएफले बुद्ध टोललाई २५–१८,२५–१७ र २५–११ ले हराएको थियो । त्यसअघि अर्को विभागिय […]

January 22, 2020

आर्मी क्लब च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । मणीमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै साविक विजेता आर्मी अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो । पुरुषतर्फका बाँकी तीन क्वार्टरफाइनल आजै […]

January 22, 2020

मछिन्द्रलाई पुलिसको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) –लिगको आठौं चरणको पहिलो दिन बुधबार एक मात्र खेलमा उपाधि दावेदार मछिन्द्र र विभागीय नेपाल पुलिसक्लब बीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो ३ बजेपछि त्रिपुेश्वस्थित दशरथ रंगशालामा हुनेछ । मछिन्द्र ७ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । ४ जित २ बराबर र १ हारको नतिजा छ । ७ खेल खेलेको […]

January 22, 2020

चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी

एजेन्सी – लन्डन क्लब चेल्सी र आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको आर्सनलले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो ।  चेल्सीले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा आर्सनल १० […]

January 21, 2020

ऐतिहासिक एक सय विकेट नजिक सन्दीप

भुपेन्द्र जिसी, काठमाडौं लेग स्पिनर सन्दीप लामिछानेले छोटो समयमै विश्व क्रिकेटमा राम्रो प्रभाव जमाएका छन् । एसोसियट युवा स्टारको छवि बनाएका सन्दीप नेपाली क्रिकेटमा ऐतिहासिक सफलता नजिक छन् । अष्ट्रेलियामा जारी बिग ब्यास मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप टि ट्वान्टी क्रिकेटमा एक सय विकेटको आँकडा नजिक छन् । मेलबर्न स्टार्सले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्ने छ । […]

January 21, 2020

कास्की एन्फाका अध्यक्ष गुरुङ प्रदेश सांसद मनाङेबाट कुटिए

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलमा मैदानमा मात्र होइन मैदान बाहिर पनि हातपातका घटना हुन थालेका छन् । पोखरामा एउटा प्रतियोगिताका दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ कुटिएका छन् । अध्यक्ष मिलनलाई गण्डकी प्रदेश सांसद दिपक मनाङेका नामले परिचत राजीव गुरुङले हातपात गरेका हुन् । पोखरा महानगरपालिका २९ लेखनाथको भण्डारढिकस्थित खेल मैदानमा […]

January 21, 2020

दशरथ रंगशालामा नेपालसहित ४ राष्ट्रले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– मदन भण्डारी स्पोर्टस् एकेडेमीले अर्को महिना नेपालसहित ४ राष्ट्रका फुटबल टोली सम्मिलित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजनाको तयारी गरिरहेको छ । एकेडेमीले गत वर्ष नै मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको घोषणा गरेपनि त्यतिबेला दशरथ रंगशाला तयार नभएका कारण अहिले आयोजना गर्ने तयारी गरेको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगिता […]

January 21, 2020

न्यू डायमण्ड क्लब च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – न्यू डायमण्डले ढोरपाटनलाई आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपमा सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको खेलमा न्यू डाइमण्डले ढोरपाटनलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । न्यू डाइमण्ड २५-३, २५-१६ र २५-१२ को ले विजयी बन्यो । यस अघि […]

January 21, 2020

मलेसिया-११ माथि क्यानको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष-११ ले दोस्रो एक दिवसिय अभ्यास खेलमा मलेसिया छनोट-११ लाई १ सय ७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । क्यान-११ ले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८.४ ओभरमा अल आउट हुँदै १ सय २० रनमा समेटियो । उसका ओपनर भुषण सेभले २४, […]

January 21, 2020

कप्तान ज्ञानेन्द्र र रोहितको अर्धशतक

काठमाडौं ( हाम्रो खेलकुद) – एकदिवसिय अभ्यास खेलमा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष-११ ले मलेसिया छनोट-११ लाई २ सय ९१ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९० रन बनायो । नेपालका युवा खेलाडी रोहित कुमार पौडेलले ५४ बलमा ४ चौका र २ […]

Success

Thank you for your time.