default_image

breaking big news

September 20, 2018

नेपालको फिफा वरियता सुधारियो

काठमाडौं (कास) – बंगलादेशको ढाकामा यसै महिना भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले फिफा वरियतामा सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपालले एक स्थान माथि चढेको छ । साफमा नेपाल सेमिफाइनलबाट घर फर्कँदा २ जित र २ हार बेहोरेको थियो । अघिल्लो महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल सेप्टेम्बर […]

September 20, 2018

युभेन्टसको जितमा रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले भ्यालेन्सियालाई २-० ले पराजित गरेको छ । खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको अारोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिने सुरुवाती मौका गुमाएको थियो । सामी खेडिराले ६ यार्ड बक्सबाट बललाई पोस्टको दिशा […]

Anil gurung

September 19, 2018

अनिलले मनाङ छाडे, थ्री स्टार जाने सम्भावना !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको लामो यात्राको अन्त्य गरेका छन् । पटक पटक गरि एक दशक मनाङमा बिताएका अनिलले दस दिनपछि सुरु हुने ए डिभिजन लिगमा अर्को क्लबको जर्सी लगाउने निर्णय गरेका छन् । मनाङबाट रिलिज लेटर लिएकै दिन बुधबार अनिलले रुस्लान थ्री स्टार क्लबको प्रशिक्षणमा […]

September 19, 2018

फिलिपिन्ससँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)-  राजधानीमा आजबाट शुरु भएको एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपालको यु–१६ टोली फिलिपिन्सको यु–१६ टिमसँग ४–० ले पराजित भएको हो । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा बुधबार भएको खेलमा नेपालले कुनै पनि समय फिलिपिन्सको पोस्टमा आक्रमण बुन्न सकेन । फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई […]

September 19, 2018

शहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिकः एनआरटी र आर्मीबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा विभागी त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच उद्घाटन खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटिले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा आर्मीले एनआरटीसँग खेल्नुपर्ने भएको हो । खेल एन्फा […]

roberto firmino

September 19, 2018

च्याम्पियन्स लिग – पिएसजीविरुद्ध लिभरपुलको उत्कृष्ट जित

लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा फ्रेन्च लिग विजेता पिएसजीलाई ३-२ ले पराजित गर्यो। खेलको अधिकांश समय पछि परेको पिएसजीका लागि किलियन एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी गोल गरेपनि ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले इन्जुरी समयमा लिभरपुललाई विजयी गोल दिलाए।    घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुआती दुई गोल […]

September 19, 2018

मेसीको उत्कृष्ट ह्याट्रिकमा बार्सिलोना विजयी

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान लिओनेल मेसीले उत्कृष्ट ह्याट्रिक प्रहार गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरणको पहिलो खेलमा पीएसभीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाले कप्तान लिओनेल मेसीको फ्रिकिक गोलसँगै खेलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा पीएसभीका डिफेन्डर भिएरगिभरले ओस्मान डेम्बेलेलाई लडाएपछि प्राप्त फ्रिकिकमा मेसीले गोल […]

September 18, 2018

बार्सिलोना विरुद्ध पीएसभी – सुरुआती ११

बार्सिलोना (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पहिलो खेलमा बार्सिलोनाले पीएसभी आइन्डोभनको सामना गर्दैछ । नेपाली समयअनुसार १०:४० मा सुरु हुने खेलको लागि दुवै टोलीले सुरुआती ११ घोषणा गरेका छन् । बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा मिडफिल्डर फिलिपे कोउटिन्होलाई डेब्यु दिएको छ । उनी गत सिजन नै बार्सिलोना आएपनि च्याम्पियन्स […]

September 18, 2018

पल्सरले ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षपछि आयोजना हुन लागेको नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगलाई पल्सरले मुख्य प्रायोजन सम्झौता गरेको छ । गोल्छा अर्गनाइजेसन अन्र्तगतको नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले तीन वर्षका लागि ‘ए’ डिभिजन लिगसँग मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा कम्पनीका प्रवन्ध […]

September 18, 2018

विश्व टी–२० क्रिकेटका लागि नेपाली प्रारम्भिक टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व टी–२० एसिया छनोटको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । अर्काे महिना मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले मंगबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा दीपेश श्रेष्ठ, शाहव आलम र सुनिल धमलाले स्थान बनाएका छन् । रोहित कुमार […]

Success

Thank you for your time.