default_image

breaking big news

February 13, 2018

रियल र पिएसजी बीच महाभिडन्त आज

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा आज रियल र पिएसजी भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको साढे १ बजे सुरु हुने छ । रियल र पिएसजीको आजको च्याम्पियन्स लिग खेल ‘एल क्लासिको’ पछी सिजनकै सबैभन्दा प्रतिक्षित खेल हो । रियल म्याड्रिडले […]

February 13, 2018

आइ लिगमा किरणको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इष्ट बंगालसँग १–० ले पराजित भएको छ । किरण पहिलो रोजाइमा पर्न नसकेको खेलको ६१ औं मिनेटमा मिनेर्भा पछि परेको थियो । सलाम सिंहले गरेको गोल इष्ट बंगालको जितका लागि पर्याप्त रह्यो । गोल खाएलगत्तै […]

February 12, 2018

नेपाल केन्याविरुद्ध विजयी, आरिफ र रोहितको निर्णायक पारी

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको चौथो खेलमा नेपालले केन्यालाई ३  विकेटले हराउन सफल भयो । निर्धारित ५० ओभरमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ७ विकेटको क्षतिमा अन्तिम ओभरमा पुरा गर्‍यो । नेपालको टप अर्डर आज पनि क्रिजमा जम्न सकेन । डेब्यु गरिरहेका अनिल शाह आफूले खेलेको […]

February 12, 2018

रुस्लान थ्रीस्टार सिमरा गोल्डकपको सेमिफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत थ्रीस्टार क्लबले सुदुर पश्चिमलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको छ । निर्धारित समय १-१ मा टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको हो । तस्बिर : विवेक सुवेदी / हाम्रोखेलकुद डट कम थ्रीस्टारले खेलको ४३ औं मिनेटमा विश्वास श्रेष्ठको गोलबाट अग्रता लिन सफल भएको थियो । निराजन […]

February 12, 2018

केन्याद्वारा नेपाललाई १ सय ७८ रनको लक्ष्य, सन्दिपको ५ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रह्यो । नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । १० ओभरमा ५ मेडेनका साथ […]

February 12, 2018

नेपाल केन्यविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै, अनिलको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । आज नेपालका लागि अलराउन्डर अनिल कुमार शाहले डेब्यु गर्दै छन् । टोलीमा उनी ओपनर दिलिप नाथको स्थानमा आएका छन् । खेलअघि कप्तान पारस खड्काले अनिललाई उनको पहिलो क्याप दिए […]

February 12, 2018

किरण, पारससहित ३५ खेलाडी उत्कृष्ट, जोशीलाई गजराज स्मृति आदर्श खेलाडी सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गर्ने भएको छ । आज दिउँसो टोखामा आयोजना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ सम्मानमा जोशीको परिवारलाई सम्मान प्रदान गरिने जनाइएको छ । सन् १९८४ […]

February 12, 2018

बार्सिलोना घरेलु मैदानमा गेटाफेसँग रोकियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा गेटाफेविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेले उत्कृष्ट डिफेन्स गरेपछि बार्सिलोनाले सन् २०१६ को नोभेम्बरयता पहिलोपटक घरेलु मैदानमा गोल गर्न सकेन । खेलमा दुई तिहाईभन्दा बढी समय बल राखेको बार्सिलोनाले पहिलो सट खेलको ५० अौं मिनेटमा प्रहार गरेको थियो । बार्सिलोनाले खेल […]

Paras Khadka

February 11, 2018

नेपाल ४ विकेटले विजयी, पारस र सोमपाल नायक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो । ३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले […]

February 11, 2018

युएई १ सय १४ रनमै अलआउट, सोमपाल र सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन […]

Success

Thank you for your time.