default_image

breaking big news

March 15, 2017

पारससंगै शक्ति , वसन्त र सोमपाल पनि इमर्जिङ कप नखेल्ने

काठमाडौँ (हाम्रो खेलकुद)– दस दिनपछि बंगलादेशमा सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताका लागि पारस खड्कासहित चार खेलाडीलाई आराम दिएको छ । इमर्जिङ कप मार्च २५ बाट सुरु हुनेछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा इमर्जिङ कपका लागि १५ सदस्यीय नेपाली टोलीको बुधबार घोषणा भएको छ । पारसले पूर्ण रुपमा फिट भइ नभएका कारण यसअघि नै बंगलादेश […]

March 15, 2017

लेस्टर च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

लेस्टर (एजेन्सी)– कास्पेर सेचमिचेलले पेनाल्टी रोकेपछि बुधबार बिहान सेभियालाई २–० ले हराउँदै इङ्लिस टोली लेस्टर सिटी च्याम्पिन्स लिगको क्वार्टरफाइनल पुगेको छ । क्रेग शाकेस्पियरेको नेतृत्वमा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा लेस्टरले १० खेलाडीमा सिमित रहेको सेभियामाथि जित हासिल गरेको हो । पहिलो लेगमा २–१ ले गुमाएको लेस्टरले बुधबारको जितपछि समग्रमा ३–२ को अग्रतासहित अन्तिम आठको […]

March 14, 2017

नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत अन्तिम खेलमा आयोजक श्रीलंका र नेपालको खेल बर्षाका कारण पुरा हुन सकेन। पहिलो हाफको ३७औं मिनेटमा खेल चलिरहँदा रेफ्रीले खेल रोक्ने निर्णय लिएका थिए। मौसममा सुधार नआएपछि खेल रद्द भएको थियो। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७-१ले पराजित गरेको थियो भने दोश्रो खेलमा जापानसंग ९-०को […]

March 14, 2017

क्रिकेट विवाद समाधानका लागि सबै एक ठाँउ उभिनपर्छ – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन् । विश्व क्रिकेट डिभिजन च्याम्पियनसिपको दोस्रो खेलमा केन्यालाई ७ विकेटलाई हराएको भोली पल्ट मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीसँग राखेको अन्तक्रियामा पारसले भने,‘जुनमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को बोर्ड बैठकमा नेपालका बारेमा निर्णय हुँदैछ । यस्तै अवस्था […]

March 14, 2017

अग्नी रुपन्देही टुबोर्ग नेपालगञ्ज गोल्डकपको फाइनलमा

सौरभ गिरी नेपालगञ्ज– अग्नी रुपन्देही ११ टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विभागिय टोली नेपाल पुलिस क्लबलाई मंगलबार २–१ ले हराउँदै रुपन्देहीले सिएमजी क्लब संकटासँगको फाइनल भेट पक्का गरेको हो । सुदूर पश्चिमाञ्चल ११ लाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको थियो । नेपालगञ्ज १–० ले पछि […]

March 14, 2017

एफए कपमा चेल्सीसँग म्यानचेस्टर युनाइटेडको हार

लन्डन (एजेन्सी)– एन’गोलो कान्टेले १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गरेपछि प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ । जाजे माउरिन्होलाई यसपटक स्टामफोर्ड ब्रिज फर्कनु सुखद रहेन । जहाँ उनको पूर्व क्लब चेल्सीले युनाइटेडलाई १–० निराश पार्यो र उपाधि रक्षा गर्ने उनको टोलीको सम्भावना टुंगियो । सन् २०१५ डिसेम्बरपछि पहिलो पटक स्टामफोर्ड […]

March 13, 2017

संकटा टुबोर्ग नेपालगञ्ज गोल्ड कपको फाइनलमा

सौरभ गिरी नेपालगञ्ज– टाइब्रकेरमा विजयी हुँदै सिएमजी क्लब संकटा टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको फाइनल पुगेको छ । साविक विजेता सुदूरपश्चिमाञ्चललाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको हो । जारी सिजनमा संकटा फाइनल पुगेको यो छैटौं नकआउट फुटबल प्रतियोगिता हो । यसअघिका ५ वटा फाइनल खेल्दा संकटाले तीन वटा उपाधि जितेको थियो । […]

March 13, 2017

पारसले इमर्जिङ कप नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई सातापछि सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा नियमित कप्तान पारस खड्का नखेल्ने भएका छन् । पूर्ण रुपमा फिट भइ नसकेका कारण आफुले इमर्जिङ कप नखेल्ने व्यवस्थापन पक्षलाई जानकारी दिइसकेको पारसले सोमबार बताएका छन् । इमर्जिङ कप मार्च २५ देखि बंगलादेशमा सुरु हुँदैछ । ‘मेरो स्वास्थ्यमा सुधार अइरहेको छ । […]

March 13, 2017

नेपालले केन्यालाई ७ विकेटले हरायो, ज्ञानेन्द्र र दीपेन्द्रको अर्धशतक

प्रकाश तिमल्सिना/दिपेन्द्र पोखरेल कीर्तिपुर– कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्ने क्रममा अर्धशतक पुरा गरेपछि नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत यी दुई टोलीबीचको बर्षाले प्रभावित पहिलो खेलमा शनिबार केन्याले नेपाललाई ५ विकेटले हराएको थियो । जितसँगै नेपालले च्याम्प्यिनसिपको शीर्ष चारमा पर्ने सम्भावनालाई जीवित राखेको छ । […]

March 13, 2017

विश्व क्रिकेट लिग च्याम्पिनसिपमा बलिङतर्फ शरदको उच्च प्रदर्शन

कीर्तिपुर (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसिएल) मा नेपालका लागि बलिङमा शरद भेषावर अहिले सम्मकै उच्च प्रदर्शन गर्ने खेलाडी बनेका छन् । शरदले केन्याविरुद्ध ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका थिए । केन्याविरुद्ध सोमबारको खेल च्याम्पियनसिप नेपालको १० औं खेल हो ।च्याम्पियनसिपमा यसअघि वसन्त रेग्मी र सोमपाल कामीले समान ३ विकेट लिएका […]

Success

Thank you for your time.