default_image

breaking big news

January 5, 2017

मिरा राई सम्मानित

झापा (हाम्रो खेलकुद) – अल्ट्रा म्याराथनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापाको दमकमा एक कार्यक्रम बीच सम्मान गरिएको छ। नेपाललाई अन्तराष्ट्रियस्तरमा नै चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका संघसंस्थाहरुले उनलाई  सम्मान गरेका हुन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले दमक रेडक्रसको भवनमा एक कार्यक्रम गरी  मिरालाई सम्मानसहित चेक हस्तान्तरण गरेका हुन्। बेलायतमा रहेका आधा दर्जन […]

January 5, 2017

साहारालाई पाखा लगाउदै मनाङ फाइनलमा

हेटौडा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब पोखराको साहारा क्लबलाई १-०ले पराजित गर्दै हेटौडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा विदेशी खेलाडी आफ़िज ओलावालेको एकमात्र गोलको मद्दतले मनाङले फाइनलको यात्रा तय गरेको हो। डिफेन्डीङ च्याम्पियन मनाङको जितमा खेलको आठौ मिनेटमा विदेशी खेलाडी ओलावालेले गरेको गोल निणर्यक बन्यो । मनाङका सुजल श्रेष्ठ दोहोरो पहेंलो […]

January 5, 2017

पारसले टिम चौराहा धनगढीको नेतृत्व गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सूदुपश्चिममा यसै बर्ष आयोजना हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा भाग लिने ६ टोली, तीनको कप्तान र मालिकको नाम बिहीबार सार्वजनिक गरिएको छ । आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ । […]

January 5, 2017

कीर्तिमानबाट चुक्यो चेल्सी, अल्लीको गोलमा टोटेनह्यामको जित

टोटेनह्याम (एजेन्सी)– डेले अल्लीले हेडमार्फत दुई गोल गरेपछि टोटेनह्यामले बिहीबार प्रिमियर लिगमा चेल्सीमाथि २–० को यादगार जित हासिल गरेको छ । अल्लीले दुई हाफमा एक एक गोल गरेपछि पछिल्ला १४ भेटमा टोटेनह्यामले चेल्सीमाथि दोस्रो जित दर्ता गरेको थियो । चेल्सीले बिहीबारको खेल जितेको भए एकै सिजन लगातार १४ खेल जित्ने आर्सनलको कीर्तिमानसँग बराबरी गर्ने थियो […]

January 4, 2017

कप्तानबाट धोनीको राजीनामा

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय र टि-२० को कप्तानीबाट राजिनामा दिएका छन्। टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका धोनीले छोटो संरचनाको क्रिकेट भने जारी राखेका थिए। उनको अनुपस्थितिमा विराट कोहलीले टेष्टमा भारतको कप्तानी गरिरहेका छन्। धोनीले एकदिवसीय र टि-२०बाट राजिनामा दिएपछि कोहलीनै कप्तान बन्ने लगभग पक्का देखिएको छ। धोनीले कप्तानीमात्र […]

January 4, 2017

आर्मी टुबोर्ग हेटौंडा गोल्डकपको सेमिफाइनलमा , नवयुग र दीपको गोल

हेटौंडा (हाम्रो खेलकुद)–त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी प्रतियोगितामा बुधबारको अन्तिम क्वार्टरफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वि सिएमजी क्लब संकटालाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । संकटा अघिल्लो दिनमात्र अर्को विभागिय टोली एपिएफसँग १–० ले […]

January 4, 2017

झापा ११ काँकरभिट्टा गोल्डकपको उपाधि नजिक

काँकरभिट्टा (हाम्रो खेलकुद)– कर्ण लिम्बुको ह्याट्रिकसँगै झापा ११ मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । रुपन्देही ११ लाई ४–० को फराकिलो अन्तरले हराउँदै झापाले फाइनल यात्रा तय गरेको थियो । कर्णले दोस्रो हाफमा २६ मिनेट भित्र ह्याट्रिक पुरा गरेपछि झापाको फराकिलो जित सम्भव भएको थियो । अर्को गोल योगश गुरुङले […]

kiran

January 4, 2017

गोलकिपर किरण माल्दिभ्सको क्लबबाट खेल्ने सम्भावना

प्रकाश तिमल्सिना काठमाडौं– राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ दोस्रो पटक विदेशी क्लबबाट खेल्ने सम्भावना बढेको छ । झन्डै दुई महिनाअघि नेपाललाई एएफसी सोलिडारिटी कप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका किरण भित्राउन माल्दिभ्सको प्रिमियर लिग टोली ट्रस्ट एन्ड कियर (टिसी) स्पोर्टस क्लबले चासो देखाएको छ । ‘टिसी क्लबका एकजना जिम्मेवार व्यक्तीसँग दस दिनजति […]

January 4, 2017

आर्सनल बाल बाल हारबाट जोगियो

लन्डन (एजेन्सी)– अन्तिम २० मिनेटमा तीन गोल फर्काएपछि आर्सनल गए राती प्रिमियर लिगमा हारबाट जोगिएको छ । उपाधि दौडमा रहेको आर्सनलले बोर्नमाउथसँग ३–३ को बराबरी खेलेको हो । बोर्नमाउथले १५ मिनेटमै १–० को अग्रता लिएको थियो भने रायन फ्रसेरले दोस्रो हाफको १३ औ मिनेटमा अर्को गोल थपेका थिए । ७० औं मिनेटमा एलेक्स सान्चेजले हेडमार्फत […]

January 3, 2017

नेपाली महिला फुटबल टोली भोली स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा भाग लिन भारतको सिलगुढी पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ । सिलगुढीबाट झापा हुँदै विराटनगरबाट हवाईमार्ग हुँदै बुधबारसाँझ टोली त्रिभुवन विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली यसपटक सेमिफाइनलबाटै बाहिरिएर स्वदेश फर्कन लागेको हो । आयोजक […]

Success

Thank you for your time.