default_image

breaking big news

Bimal Gharti Magar Sister Manisha Gharti

May 26, 2016

बिमलकी बहिनी मनीषा मृत अवस्थामा फेला परिन्

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्ती मगरकी बहिनी १७ बर्षे मनीषा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी बर्दघाट नगरपालिका ८ भुताहास्थित घरमा उनलाई बिहीबार बिहान मृत अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।  नवलपरासी फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीका अनुसार घरमा विमलकी बहिनी एक्लै थिइन् । उनीकी आमा कामको सिलसिलामा अघिल्लो […]

May 25, 2016

शाहरुखको कोलकाता आइपिएलबाट बाहिरियो, हैदराबाद प्ले अफमा

दिल्ली (एजेन्सी)- सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो प्ले अफका लागि छनोट भएको छ । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा बुधबार राती भएको इलिमिनेटर खेलमा कोलकाता नाइट राइडर्सलाई २२ रनले हराउँदै हैदराबाद प्ले अफका लागि छनोट भएको हो । अब आइपिएल उपाधिका लागि तीन टोलीमात्र बाँकी रहेका छन् । कलाकार शाहरुख खानको कोलकाता […]

May 25, 2016

क्रिस्टियानो रोनाल्डो प्रशिक्षणको दौरान घाईते

रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनल खेल्नु अघि अघि ठुलो धक्का लागेको छ| प्रशिक्षणको दौरान आफ्नै गोलरक्षक संग जुधेका रोनाल्डोले आफु खेल्न सक्ने बताए पनि उनि खेल्ने सम्भावना कम रहेको बुझिएको छ| ३१ वर्षीय रोनाल्डोको तिघ्रामा चोट लागेको तर सो चोट सामान्य भएको उनले बताएका छन्| तर, केहि हप्तामै फ्रान्समा सुरु हुने युरोको लागि खतरा नलिने […]

May 25, 2016

मनोहराको लगातार दोश्रो जित

अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मनोहरा एकीकृत विजयी भएको छ| पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाई ४-२ले पछि परेको मनोहराले आज सानो गौचरणलाई २-१ ले पराजित गर्यो| ३४औं मिनेटमा अखिलेश कार्कीको गोलले अगाडी बढेको गौचरणले दोश्रो हाफमा खराब प्रदर्शन गरेपछि हार व्यहोरेको थियो| […]

May 25, 2016

राष्ट्रिय टोलीमा अनुभवी खेलाडीको बाहुल्यता

विगत लामो समयदेखि राष्ट्रिय टोलीमा युवा अनुहार देखिदै आएकोमा यो पाली भने अनुभवी खेलाडीहरुको नाम पनि टोलीमा देखियो| जापानिज प्रशिक्षक ग्योतोकु कोजिले प्रशिक्षणको जिम्मा सम्हालेको केहि हप्तामै नेपालले मलेसियाको युवा टोलिसंग मैत्रीपूर्ण खेल खेलेको थियो र सो समयमा उनले अनुभवी खेलाडी भन्दा युवालाई मौका दिएका थिए| तर राष्ट्रिय टोलीले लाओसको सिनिअर टोलिसंगै खेल खेल्ने भएकाले […]

May 24, 2016

बैंगलोर आइपिएलको फाइनलमा, डि भिलियर्सको दमदार प्रदर्शन

बैंगलोर (एजेन्सी)- एबी डि भिलियर्सको उत्कृष्ट प्रदर्शनबाट प्रेरित रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ । आइपिएलको पहिलो प्ले अफमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै बैंगलोर फाइनल पुगेको हो । उच्च फर्ममा रहेको कप्तान विराट कोहलीलगायत माथ्थिलो क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि डि भिलियर्सले एक्लै मोर्चा सम्हालेका थिए । बैंगलोरले एक समय […]

May 24, 2016

एन्फाको अनुरोधमा फिफाको सहमति; बर्खास्तहरुको पूर्नबहाली हुने

जेठ १९ गते ,काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बर्खास्त गरिएका आफ्ना तीन पदाधिकारी र सदस्यलाई पुर्नबहालीका लागि मागेको समयमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले सहमति जनाएको छ । फिफाको निर्देशनअनुसार पूर्नबहालीको लागि केन्द्रिय समितिको बैठक डाक्नु पर्ने भएकाले त्यो सम्मका लागि सहमति दिन एन्फाले पत्रमार्फत अनुरोध गरेको […]

May 22, 2016

अनिल गुरुङको कप्तानीमा नेपालले लाओसविरुद्ध खेल्ने

लाओस विरुद्धको मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजिले २० सदस्यीय टोलि बोलाएका छन्| मलेसियाको युवा टोलि विरुद्ध उत्रेको टोलीभन्दा यो केहि फरक छ| राष्ट्रिय टोलि भएकाले अनुभवी खेलाडीलाइ मौका दिईएको छ| अनिल गुरुङ् साफ पछि पहिलोपटक टोलीमा परेका छन् र उनले नै कप्तानी सम्हाल्ने छन्| नेपाली टोलीः गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु डिफेन्डरः विराज […]

Rooney

May 22, 2016

म्यान्चेस्टर युनाइटेडलाई तीन बर्षमा पहिलो उपाधि

वेम्ब्लीमा क्रीस्टल प्यालेसलाई २-१ ले हराउदै म्यान्चेस्टर युनाइटेड इङ्लिश एफए कपको उपाधि जित्न सफल भएको छ । यो म्यान्चेस्टर युनाइटेडलाई ३ बर्ष यताको पहिलो उपाधि हो । जेसोन पुन्चेन्को ७८ औ मिनेटको गोलले क्रीस्टल प्यालेसले अग्रता लिए पनि माटाको ३ मिनेट पछीको जवाफले युनाइटेड खेलमा फर्किएको थियो । क्रीस्टल प्यालेसले खेलको अतिरिक्त समयमा गोल गर्दै युनाइटेडलाई उपाधिबाट  बन्चित गर्ने […]

Nepal

May 21, 2016

टाइ ब्रेकरमा नेपाललाइ हराउदै भारत च्याम्पियन

कतार फुटबल सङले आयोजित चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल भारत बिरुद्ध टाइ ब्रेकरमा पराजित भएको छ । निर्धारित समयम दुबै टोलिबाट कुनै गोल हुन नसकेपछी खेलको नतिजा टाइ ब्रेकरबाट निक्लिएको हो । टाइ ब्रेकरमा ४-२ को नतिजा निकाल्दै भारतले उपाधिमा कब्जा गरेको हो।

Success

Thank you for your time.