default_image

breaking big news

May 11, 2016

हंगकंगमा सन्दीपले माइकल क्लार्कको टोलीबाट खेल्ने

नेपालका युवा स्पिनर सन्दिप लामिछानेले हंगकंगमा खेल्ने भनिएको ब्लिट्ज टि२० प्रतियोगितामा उनकै टोलिबाट अष्ट्रेलियाका पुर्वकप्तान माइकल क्लार्क पनि खेल्ने भएका छन्| गतवर्ष एशेसमा हार व्यहोरेपछि सन्यास लिएका क्लार्कले घरेलु प्रतियोगितामा पनि एकमात्र खेल खेलेका छन्| तर ३५वर्षे क्लार्कले पुन: खेलमा फर्कने बताएपछि उनलाई हंगकंगको कोलुन क्यान्टन्सले अनुबन्धनको प्रयास गरेको थियो| आफुले खेल कौशल मात्र नभएर […]

May 11, 2016

म्यानचेस्टर युनाइटेडको हारले सिटीको च्याम्पीयन्स लिग लक्ष्य बलियो

इंगलिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेड संग ३-२को पराजय भोगेको छ| आगामी सिजन च्याम्पियन्स लिग खेल्न जित अत्यावश्यक रहेको अवस्थामा युनाइटेडको यो हारले म्यानचेस्टर सिटिलाई भने ठुलो राहत पुगेको छ| अब अन्तिम दिनको खेल बाँकी रहेको अवस्थामा सिटि दुइ अंकले अगाडी छ र उसले अन्तिम खेलमा स्वान्सी संग बराबरी […]

May 10, 2016

बिमल भोलि युरोप प्रस्थान गर्दै

नेपाली राष्ट्रिय टोलिका फरवार्ड एवं यु-१९ टोलीका कप्तान विमल घर्ति मगर भोलि युरोप प्रस्थान गर्दै छन्| अखिल नेपाल फुटबल संघले गत महिनानै उनि युरोप जाने बताएपनि चोटका कारण मगर नेपालमै बसेका थिए| तर चोटमुक्त भएका बिमल अब आफ्नो व्यावसायिक करिअर सुरु गर्न युरोप लागेका हुन्| आगामी जुन १० देखि युरो कप २०१६ सुरु हुने भएकाले […]

Ananta

May 10, 2016

अनन्त लाई होल्याण्डबाट पनि अवसर

राष्ट्रिय टोलीका सेन्टर ब्याक अनन्त तामङलाई स्पेन जानु पुर्व होल्याण्डबाट पनि प्रशिक्षणकालागी अवसर मिलेको कुरा हाम्रो खेलकुदले बुजेको छ ।   हाम्रो खेलकुदको श्रोत अनुसार उनलाई निज्मेगेन फुटबल क्लबबाट करिब २ महिनाको प्रशिक्षणका लागी अवसर मिलेको थियो । निज्मेगेनले यो सिजन होल्याण्डको पहिलो डिभिजनमा १०औ स्थानमा सम्पन्न गर्‍यो । तर अनन्त र अन्जन दुबैले स्पेनको मार्बेला रोज्दै स्पेनको […]

karma tshering

May 10, 2016

असन्तुष्ट पक्षलाई पुर्नबहाली गर्न फिफाको निर्देशन

नयाँ अध्यक्षका लागि बाटो खुल्यो काठमाडौं, फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट बर्खास्तमा परेका तीन उपाध्यक्ष र एक सदस्यको पक्षमा निर्णय गर्दै उनीहरुलाई पुर्नबहाली गर्न निर्देशन दिएको छ । फिफाका सहायक महासचिव मार्कुस कार्टनरले एन्फा महासचिव धिरेन्द्र प्रदानलाई पत्र लेख्दै निर्वाचित ३ पदाधिकारी र १ सदस्यलाई जेठ १० गते भित्र पुर्नवहाली गर्न र छिटो […]

May 9, 2016

च्याम्पियन्स लिगमा म्यानचेस्टरको एकमात्र क्लब खेल्ने

प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर सिटि र आर्सनलले २-२ को बराबरी खेलेपछि म्यानचेस्टरको एकमात्र क्लबले च्याम्पियन्स लिगमा खेल्न पाउने समीकरण अगाडी आएको हो| आठौँ मिनेत्न्म सर्जियो अगुएरोको गोलले खेलमा अगाडी बढेको सिटीले दुइ मिनेट पश्चात ओलिभिएर जिरुको गोलसंगै आर्सनल १-१ स्कोर बनाउदै खेलमा फर्कियो| तर ५१औंकेभिन डे ब्र्युएनले एकल प्रयासमा शानदार गोल गरेपछि […]

May 8, 2016

अन्जन र अनन्त स्पेन फर्किने

स्पेनको मार्बेला फुटबल क्लबमा प्रशिक्षण गरेर नेपाल आएका अन्जन बिस्ट र अनन्त तामङ पुन: स्पेन फर्किने छन । मार्बेला फुटबल क्लबको आधिकारिक फेसबुक पेजको कमेन्टमा जनाए अनुसार अन्जन र अनन्त दुबै मार्बेलामा खेल्ने कुरा जनाएको छ । यश अघि प्रशिक्षणमा गएका अन्जन र अनन्त यसपाली फुल टाइम खेलाडिका रुपमा जाने कुरा मार्बेलाको फेसबुकमा जनाइएको छ । […]

May 8, 2016

कोहलीको शतकले धोनी पराजित

बिराट कोहलीले अविजित शतकीय पारि खेलेपछि महेन्द्र सिंह धोनीको राइजिंग पुने सुपरजायन्टसले रोयल च्यालेंजर्स बेंगलोरसंग सात विकेटको पराजय भोगेको छ| १९२ रन्को लक्ष्य पछ्याएको बेंगलोरका लागि कप्तान कोहली र के.एल. राहुलले पहिलो विकेटका लागि ९४ रन्को साझेदारी गरे| राहुल ३८ रन बनाउदै आउट भए भने बिराट १०८ रनमा अविजित रहे| बेंगलोरको जितमा वाटसनको १३ बलमा […]

May 8, 2016

लेस्टरले प्रिमिएर लिग उपाधि उचाल्यो

एभर्टन विरुद्ध ३-१को सहज जित दर्ता गर्दै लेस्टर सिटि फुटबल क्लबले इंग्लिश प्रिमिएर लिग २०१५/१६को उपाधि उचालेको छ| गत हप्ता चेल्सी र टोटेनहमले २-२को बराबरी खेलेपछि उपाधि पक्का भएको लेस्टरले हिजो घरेलु मैदान किंग पावर स्टेडियममा उपाधि उचालेको हो| कप्तान वेस मोर्गन र म्यानेजर क्लाउडियो र्यानेरीले संयुक्त रुपमा उपाधि उचालेका थिए| एभर्टनविरुद्ध लेस्टरको जितमा जेमी […]

May 7, 2016

कप्तान टेरीले अब चेल्सीबाट खेल्न नपाउने

चेल्सी फुटबल क्लबका कप्तान तथा डिफेन्डर जोन टेरीले अब फेरी उक्त क्लबबाट खेल्न नपाउने भएका छन्| इंगलिस प्रिमिएर लिग अन्तर्गत शनिबार सन्डरल्याण्ड विरुद्ध भएको खेलमा टेरीले दुइ पहेंलो कार्ड प्राप्त गर्दै रेड कार्ड पाएर मैदान छाड्नु परेको थियो| खेलको ९० मिनेट सकिएपछिको अतिरिक्त समयमा टेरीले दोश्रो पहेंलो कार्ड पाएका थिए| यस सिजनको दोश्रो रातो कार्ड […]

Success

Thank you for your time.