default_image

breaking big news

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

December 3, 2025

मार्करमको शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको‌ जित

एजेन्सी – एडेन् मार्करमको शानदार शतक, म्याथ्यु ब्रिट्ज्के र डेवाल्ड ब्रेभिसको अर्धशतकले दक्षिण अफ्रिकाले ३ सय ५९ रनको ठूलो लक्ष्य पछ्याउँदै आज घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ । दक्षिण अफ्रिकाको जितपछि ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ। रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेल अत्यन्त रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले […]

December 3, 2025

विराटनगरलाई हराउँदै लुम्बिनी चौथो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ। विराटनगर किंग्सलाई आज ५ विकेटले हराउँदै लुम्बिनीले प्ले अफको संभावनालाई केहि सहज बनाएको छ। यो हारमा विराटनगरले एक खेल अगाडि प्ले अफमा पुग्ने मौका गुमाएको छ। जितको लागि १ सय ४५ रनको चुनौती पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ […]

December 3, 2025

लुम्बिनीलाई‌ मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १ सय ४५ रनको चुनौती दिएको छ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ रोजे। पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो। विराटनगरको लागि ओपनिङ ब्याटिङको लागि दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

December 3, 2025

साफ महिला क्लब च्याम्पियनसिपको टिकट खल्तीमा पाइने

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा यसै साता सुरु हुने साफ महिला क्लब च्याम्पियनसिपको टिकट खल्तीले विक्री गर्ने भएको छ । प्रतियोगिता मंसिर १९ गतेदेखि हुनेछ । दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची […]

December 3, 2025

विराटनगरविरुद्ध लुम्बिनीले पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको विराटनगर किंग्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ। आज विराटनगरबाट दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस खेल्दैछन्। यो सिजन एनपिएल खेल्ने उनी हाई प्रोफाइल खेलाडी हुन्। उनको […]

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

December 3, 2025

बार्सिलोनासँग एट्लेटिकोको हार

एजेन्सी – बार्सिलोनाले ला लिगामा मंगलवार एट्लेटिको म्याड्रिडलाई ३-१ ले हराएको छ। एट्लेटिको अप्रिलदेखि लिगमा अपराजित रहँदै आएको थियो। राफिन्हा, दानी ओल्मो र फेरान टोरेसको गोलमा विजयी बार्सिलोना शीर्ष स्थानमा थप मजबुत भएको छ। यो जितपछि बार्सिलोनाको ३७ अंक पुगेको छ। दोस्रो स्थानको रियल माड्रिड ४ अंक पछाडि छ। रियल बुधबार एथलेटिक बिलबाओको मैदानमा उत्रनेछ। […]

Success

Thank you for your time.