October 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्टले माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन कायम राखेकी छिन्। कामना माल्दिभ्सकै नैफारु चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्। पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा भने टिमले निकै मिहिनेत […]
October 21, 2025
बेथानचोक (हाम्रो खेलकुद)- वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले सातौँ वडास्तरीय बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा वडा नं. ४ को भूमिमाता युवा क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै भुग्देउले उपाधि जितेको हो। निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो। वडा नं. ४ को तिप्चोक खेल मैदानमा असोज ३० गते […]
October 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितापछि मैत्रीपूर्ण फुटबल पनि खेल्ने भएको छ। भारतको सिलोङमा नेपाल, भारत र इरानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ। सुरुमा भारतसँग सिलगुढीमा मैत्रीपूर्ण खेल हुने भनिएपनि पछि इरानसहित सिलोङमा त्रिदेशीय मैत्रीपूर्ण खेल हुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको थियो। नेपालले कात्तिक ७ गते […]
October 20, 2025
एजेन्सी – फिल साल्ट र ह्यारी ब्रुकको उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्डलाई दोस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई ६५ रनले हराएको छ। पाहुनाले सिरिजमा १–० को अग्रता लिएको छ। साल्ट र ब्रुकले ६९ बलमा १ सय २९ रनको साझेदारी गरेपछि इंग्ल्याण्डले ४ विकेटको क्षतिमा २ सय ३६ रनको ठूलो योगफल तयार पार्यो । क्राइस्टचर्चको हेग्ली ओभलमा टि ट्वान्टी […]
October 19, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतवार ठूलो सफलता प्राप्त गरेको छ । युनाइटेडले लिभरपुललाई २-१ ले हराएको छ। युनाइटेडले सन् २०१६ जनवरीपछि पहिलोपटक एनफिल्डमा जित दर्ता गरेको हो । लिभरपुलले लगातार ३ प्रिमियर लिग खेलमा पराजय व्यहोरेको छ । लिभरपुलले ४ सय दिनपछि पहिलोपटक घरेलु मैदानमा पराजय भोगेको छ। ह्यारी म्याग्वायरको निर्णायक गोलमा युनाइटेडले […]
October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको लागि पूर्वेली राजा नामक आफ्नो नयाँ म्यास्कट अर्ना सार्वजनिक गरेको छ। यो म्यास्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने विश्वास टोलीले राखेको छ। हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो। ‘यसको उपस्थितिले प्रशंसकहरूलाई शक्ति, सौन्दर्य र […]
October 19, 2025
एजेन्सी – अष्ट्रेलियाले पर्थमा वर्षाका कारण छोट्याइएको पहिलो ओडिआईमा भारतलाई डार्क बर्थ लुइसमा ७ विकेटले हराएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए । वर्षाका कारण खेल प्रति टोली २६ ओभरमा गरिएको थियो । छ पटक वर्षाले अवरोध पारेको खेलमा भारतले ९ विकेट गुमाउँदै १ सय ३६ रन […]
October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सिनियर खेलाडी शरद भेषावकरले हङकङ क्रिकेट सिक्सेसमा नेपाली टोलीको कप्तानी गर्ने भएको छ। नेपाल क्रिकेट संघ ( क्यान) ले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै शरदको कप्तानीमा ७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सो प्रतियोगितापछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने कार्यक्रम रहेको पनि क्यानले जनाएको छ। शरदको कप्तानीमा सन्दीप जोरा, मोहम्मद आदिल […]
October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । […]
October 19, 2025
एजेन्सी – इन्ज्युरी समयमा गरेको निर्णायक गोलमाजिरोनालाई शनिवार २-१ ले हराएपछि बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ओलिम्पिक लुइस कम्पनिज रंगशालमा बार्सिलोनाका लागि पेड्री र रोनाल्ड अराउजोले गरे । जिरोनाका लागि एक्सल विट्सलले गोल फर्काए । खेलको १३औं मिनेटमा पेड्रीको गोलमाबार्सिलोनाले अग्रता लियो । उनले लामिन यामलको पासमा उनले गोल गरेका हुन् […]