September 21, 2025
एजेन्सी – ओपनर शहिबजादा फरानको अर्धशतकको सहयोगमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपमा भारतलाई १ सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । पाकिस्तानका ओपनर शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले आज श्रीलंकालाई ४-० ले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो। श्रीलंका पराजित भएसँगै दुई खेलबाट ३ अंक बनाएर नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। बंलादेशको जितमा मोहम्मद रिफत काजीले ह्याट्रिक पूरा गरे। अर्को गोल मोहम्मद आरिफले गरे। यो सँगै बंगलादेश […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगका टोलीलाई लिग र यु १६ लिगका बारेमा छलफल गर्न यस महिनाको अन्तिममा बैठक डाकेको छ। जेनजी आन्दोलनका कारण यु १६ लिग र ए डिभिजन लिगको छलफल स्थगित भएको थियो। एन्फाले यु १६ लिग पुनः सुरु गर्ने विषयमा छलफल गर्न भदौ ३० र […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसा आएको छ। विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली शुक्रवार युएई जाने तयारी भएपनि भिसा नआएका कारण यात्रा रोकिएको थियो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमवार त्यसतर्फ प्रस्थान गर्नेछ। नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको समन्वय शाखा, पाल्पाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको निधन भएको छ । पाल्पाबाट खेल पत्रकारिता सुरू गरेर पछिल्लो समय भैरहवामा सक्रिय शर्माको शनिवार भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। ५३ वर्षे शर्मा केही वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए। तीन दशक खेलकुद पत्रकारितामा सक्रिय शर्माले एसियाली खेलकुद, दक्षिण […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लबले अग्रता जोगाउन नसक्दा बराबरीबाट जोर्डन महिला प्रो लिगको सुरुवात गरेको छ। शनिबार भएको लिगको उद्घाटन खेलमा अल–इत्तिहादलाई अर्थोडक्सीलाई १-१ को बराबरी रोक्यो । इत्तिहादकी रोजबान फ्रेगले ७१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। तर, ८६औँ मिनेटमा ओर्थोडक्सले बराबरी गोल फर्कायो । खेलको अन्त्यतिर प्रीतिले […]
September 21, 2025
एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को जित निकालेको छ । ओल्ड ट्राफोर्डमा भएको खेलको पाँचौं मिनेटमा नै चेल्सी १० खेलाडीमा सिमित भयो। गोलरक्षक रॉबर्ट सांचेजलाई रेड कार्ड पाएका थिए। ३०औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेस गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यो गोल उनको युनाइटेडका लागि एस सयौँ गोल हो। ६०औँ मिनेटमा केसेमीरो ले […]
September 20, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा शत प्रतिशत जितलाई निरन्तरता दिएको छ। रियलले एस्पानियोललाई २-० ले पराजित गर्दै लिगा सिजनमा लगातार उत्कृष्ट सुरुवातलाई कायम राखेको छ। घरेलु मैदान बेर्नाबेउमा पहिलो गोल एदर मिलिटाओले २२ औं मिनेटमा टाढाबाट प्रहार गरेको शानदार गोलमा परिणत भएको थियो। दोस्रो गोल किलियन एम्बाप्पेले दोस्रो हाफको सुरुमै गोलकिपर मार्को दिमित्रोभिचलाई छक्याउँदै […]
September 20, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा ब्राइटन एण्ड होभ आल्बियन र टोटेनहम हट्सपरबीचको खेल २-२ को बराबरीमा सकिएको छ । ब्राइटनले घरेलु मैदानमा लिएको २-० को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । यान्कुबा मिन्टेले काउन्टर अट्याकमा पाएको अवसरलाई गोलरक्षक समेत छलाउँदै गोल गरेका थिए । उनले आठौं मिनेटमा नै अग्रता […]
September 20, 2025
एजेन्सी – साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जितको यात्रा कायम राख्ने क्रममा छिमेकी प्रतिद्वन्द्वी एभर्टनलाई हराएको छ । लिभरपुलले घरेलु मैदान एन्फिल्डमा भएको मर्सीसाइड डर्बी २-१ ले जितेको हो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र ह्युगो एकिटिकेले गोल गरे । खेलको दशौं मिनेटमा लिभरपुलले ग्रभनबर्कको गोलमा अग्रता लियो । उनले मोहमद सलाहको […]