default_image

breaking big news

September 29, 2025

भारतले एसिसी अध्यक्षबाट एसिया कप ट्रफी लिन अस्वीकार गर्यो

एजेन्सी – पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले दुबईमा आइतवार राति एसिया कप क्रिकेटको उपाधि जित्यो। तर जितेपछि हुने ट्रफी वितरण समारोहमा भारतीय टोलीले ट्रफी लिन अस्वीकार गर्‍यो। एसियन क्रिकेट काउन्सिल (एसिसी) का अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी ग्रहण गर्ने कार्यक्रम तय भए पनि भारतीय टोलीले त्यसलाई अस्वीकार गरेको हो। नक्वी पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष र पाकिस्तानका […]

September 29, 2025

बार्सिलोना शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोना ला लिगामा आइतवार विजयी भएको छ। रियल सोसिडाडविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोना तालिकाको शीर्ष स्थान उक्लिएको छ । टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले निर्णायक गोल गरे। ३१औं मिनेटमा आल्भारो ओड्रिओजोलाले आन्देर बार्रेनटक्सियाको क्रसमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए। तर ४३औं मिनेटमा बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डेले मार्कस रासफोर्डको कर्नरमा हेड गोल […]

September 29, 2025

ग्याब्रिएलको गोलले आर्सनलको जित

एजेन्सी – आर्सनलले आइतवार प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २-१ ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ। ३४औं मिनेटमा निक वोल्टेमाडेले न्युकासललाई अग्रता दिलाएपछि आर्सनल लगातार तेस्रो पटक टाइनसाइडमा हार्ने अवस्थामा पुगेको थियो। तर ८४औं मिनेटमा परिवर्तित मिकेल मेरिनोले डेक्लान राइसको क्रसमा हेड गर्दै बराबरी गोल गरे। इन्ज्युरी समयको छैंटौं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको कर्नरमा ग्याब्रिएलले […]

September 29, 2025

पाकिस्तानलाई हराउँदै भारत नवौं पटक एसिया कप च्याम्पियन

दुबई (हाम्रो खेलकुद) – भारतले एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । जित्नलाई १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका तिलक बर्माले ५३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रनको अविजित इनिङ खेले । मध्यगतिका बलर फहिम […]

September 28, 2025

पाकिस्तानको अविश्सनीय ब्याटिङ पतनले भारतलाई उपाधि जित्न मध्यम लक्ष्य

दुबई (हाम्रो खेलकुद) – पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को फाइनलमा भारतलाई उपाधि जित्न १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । एक समय १२.४ ओभरमा ११३-१ को अवस्थामा रहेको पाकिस्तानले बाँकी […]

September 28, 2025

एसिया कपको फाइनलमा भारतले टस जित्यो

दुबई(हाम्रो खेलकुद) ( भारतले एसीसी टी ट्वान्टी एसिया कप फाइनलमा पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । दुबई क्रिकेट रंगशालामा सम्पन्न टसमा भारतका कप्तान सूर्यकुमार यादवले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यसअघि समूह चरण र सुपर फोर दुबैमा भारतले पाकिस्तानलाई हराएको थियो । भारतले आजको खेलमा हार्दिक पान्ड्यालाई खेलाएको छैन […]

September 28, 2025

म्याड्रिड डर्बीमा रियल पराजित

एजेन्सी – एट्लेटिको म्याड्रिडले करिब ७५ वर्षपछि पहिलोपटक शहर प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध एकै खेलमा ५ गोल गरेको छ। एट्लेटिकोले शनिवार ५-२ को जित निकाल्दै रियलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ। एट्लेटिकोले म्याड्रिड डर्बीमा कम्तीमा ५ गोल गरेको यो चौथो पटक मात्र हो। यसअघि सन् १९५० नोभेम्बरमा भएको खेलमा एट्लेटिकोले रियललाई ६-३ ले हराएको थियो। यो […]

September 28, 2025

कप्तान रोहितले प्लेयर अफ दि म्याच सहिदलाई समर्पण गरे

शारजहा (हाम्रो खेलकुद) – नेपालले शारजहा क्रिकेट मैदानमा ऐतिहासिक जित हात पारेको छ। नेपालले युनिटी टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा २ पटकको विश्व विजेता वेस्ट इन्डिजलाई‌ १९ रनले हराएको छ। यो खेलमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बन्न सफल भएका छन्। उनले ३५ बल खेल्दै ३ चौका र १ छक्का सहित […]

September 27, 2025

वेष्टइण्डिजमाथि नेपालको ऐतिहासिक जित

दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो टी-२० आई खेलमा वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएकोछ […]

September 27, 2025

सिटीको फराकिलो जित

एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले बर्नलीलाई ५-१ को फराकिलो अन्तरमा हराएको छ। सिटीको जितमा एर्लिङ हालन्डले २ होल गर्दा बर्नलीका म्याक्सिम इस्टिभले २ गोल उपहार दिए। खेलको १२औं मिनेटमा म्याक्सिम इस्टिभले आत्मघाती गोल गरे। सिटीले यही गोलमा सुरूवातमा अग्रता बनायो। तर ३८ औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काउन सफल रहयो। जेडन […]

Success

Thank you for your time.