default_image

breaking big news

September 9, 2025

ट्युनिसिया विश्वकपमा छनोट

एजेन्सी – ट्युनिसियाले सोमवार इक्वेटोरियल गिनीलाई मालाबोमा १-० ले हराउँदै सन् २०२६ को विश्वकपका लागि छनोट भएको छ। मोहम्मद बेन रोमह्दानेले इन्ज्युरी समयको चौथो मिनेटमा गरेको निर्णायक गोलले ट्युनिसियालाई समूह ‘एच’ को शीर्ष स्थानमा रहेर विश्व कपमा पुग्यो । यो जितसँगै ट्युनिसियाले ८ खेलमा २२ अंक जोडेको छ। दोस्रो स्थानको नामिबियाभन्दा टोलीको १० अंक बढी […]

September 9, 2025

इजरायलमाथि इटालीको संघर्षपूर्ण जित

एजेन्सी – इटालीले विश्वकप छनोटमा सोमवार इजरायललाई ५-४ ले हराएको छ। खेलमा दुई पटक पछि परेको । दुईवटा आत्मघाती गोल खाएको । अन्तिम समयमा बराबरी गोलको सामना गरेपनि इन्ज्युरी समयमा गोल गर्दै इटाली विजयी भयो। नयाँ प्रशिक्षक जेनारो गट्टुसोको नेतृत्वमा इटालीले यसअघि एस्टोनियामाथि ५-० को सहज जित निकालेको थियो। तर यसपटक इजरायलविरुद्धको खेल निकै संघर्षपूर्ण […]

September 8, 2025

नेपाल र बंलादेशबीचको दोस्रो खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको दशरथ रंगशालामा भोलि साँझका लागि तय दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। राजधानीको सुरक्षा अवस्था बिग्रिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको छ। जेन जी पुस्ताको प्रदर्शनले उग्ररुप लिएको छ।‌भ्रष्टाचारविरुद्ध गरिएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १९ जनाको मृत्यु भएको […]

September 8, 2025

नेपाल र बंलादेशको दोस्रो खेल बारे एन्फा छलफलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको भोलि साँझ हुने मैत्रीपूर्ण खेलको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेको छ। छलफलपछि खेल हुन नहुने केहि बेरमा जानकारी गराउने एन्फा महासचिव किरण राईले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले भने, ‘एन्फा पदाधिकारीबीच छलफल जारी छ। केहिबेरमा हामी निर्णय गर्नेछौं।’ जेन जी पुस्ताको प्रदर्शनले उग्ररुप लिएको छ।‌ […]

September 8, 2025

ललितपुरको तेस्रो जित, लुम्बिनीको फाइनल पुग्ने सम्भावना समाप्त

पोखरा (हाम्रो खेलकुद)- ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार तेस्रो जित हासिल गरेको छ। निरिह लुम्बिनी लाभाजलाई ३-० को सोझो सेटमा माथ दिँदै ललितपुरले ९ अंक जोडेको छ। यो हारमा लुम्बिनीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ। पोखराको बहुउद्देश्यीय कभर्ड हलमा ललितपुरले खेलमा एकपक्षीय पकड बनायो। लुम्बिनीले दोस्रो र तेस्रो सेटमा केही […]

September 8, 2025

‘व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश’- क्यानका सचिव खड्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले अवस्थाप्रति नैराश्यता व्यक्त गरेका छन्। जेन जी पुस्ताले काठमाडौंमा आज गरेको भ्रष्टाचार विरोधको प्रदर्शनमा सरकारी दमनपछि कम्तिमा १६ जनाको ज्यान गएको छ। जेन जीको आव्हानमा देशका विभिन्न सहरमा स्वत स्फुर्त प्रदर्शन भएको थियो। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हरेक क्षेत्रमा […]

September 8, 2025

कर्णालीको लगातार तेस्रो जित

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमवार कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । कर्णालीले पहिलो सेट २५-२२ ले जित्यो। एक सेट गुनाएको काठमाडौं दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। कर्णालीलाई कडा चुनौती पनि दियो। तर दोस्रो […]

September 8, 2025

जर्मनीको जित

एजेन्सी – जर्मनीले विश्वकप छनोटमा नर्दन आयरल्यान्डलाई ३–१ ले पराजित गरेको छ। स्लोभाकियासँग २–० को हार खेपेको केही दिनमै आएको यो जित प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीका लागि राहतपूर्ण रह्यो। बायर्न म्युनिखका सर्ज जिनाब्रीले खेलको सातौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। तर ३४औं मिनेटमा आइजाक प्राइसले गोल गर्दै नर्दन आयरल्यान्डलाई बराबरीमा ल्याए। दोस्रो हाफमा नागेल्सम्यानले […]

September 8, 2025

एसिया कप अघि पाकिस्तानलाई उपाधि

एजेन्सी – पाकिस्तानले फाइनलमा अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ। सारजाहमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनायो। कप्तान सलमान अली आघाले २४ रन बनाए भने मोहम्मद नवाजले २१ बलमा २ छक्कासहित २५ रन जोडे। अफगानिस्तानका रशिद खानले ३ विकेट, […]

September 8, 2025

स्पेनको जितमा मेरिनोको ह्याट्रिक

एजेन्सी – स्पेनले विश्वकप छनोटमा टर्कीलाई ६-० ले पराजित गरेको छ। आर्सनलका मिडफिल्डर मिकल मेरिनोले ह्याट्रिक पूरा गरे गरे। उनले ५७औं मिनेटमा लमिन यामालको पासबाट करिब २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै आफ्नो तेस्रो गोल पुरा गरे। उनले २२ औं मिनेटमा पहिलो र इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्।मेरिनोले २०२५ मा स्पेनका लागि खेलेका […]

Success

Thank you for your time.