default_image

breaking big news

August 31, 2025

सरकारी एनओसीलाई ओसिएको चेतावनी

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ‌ एसिया (ओसिए)ले सरकारी मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई लेटर प्याडमा आफ्नो लोगो प्रयोग नगर्न चेतावनी दिएको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले आज सरकारी मान्यता पाएको एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै भनेका छन्, ‘यो पत्रमार्फत तपाईंलाई सूचित गर्न चाहन्छौं कि नेपाल ओलम्पिक कमिटीको लेटरहेडमा तपाईंले गरेको […]

August 31, 2025

राखेपको वार्षिकोत्सव पुरस्कारमा तेक्वान्दो संघको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो संघले आपत्ति प्रकट गर्दै उक्त कार्यक्रममा गरिएको निर्णयको भर्त्सना समेत गरेको छ । राखेपले भाद्र १३ गते आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल संघ, प्रायोजक तथा पत्रकारलाई पुरस्कार तथा सम्मान […]

August 31, 2025

चेल्सीले गार्नाचो अनुबन्ध गर्यो

एजेन्सी – चेल्सीले म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी विङ्गर आलेहान्द्रो गार्नाचोलाई अनुबन्ध गरेको छ। २१ वर्षीय गार्नाचोले युनाइटेडका लागि प्रिमियर लिगमा ९३ खेल खेल्दै १६ गोल गरेका थिए। एभर्टनविरुद्ध उनले गरेको बाइसिकल किक गोलले २०२४ को फिफा पुस्कास अवार्ड जितेको थियो। गार्नाचो स्ट्याम्फोर्ड ब्रिजमा शनिवार फुलहमविरुद्ध चेल्सीले २-० को जितेको खेल हेर्न पुगेका थिए। चेल्सीसँग सम्झौतापछि उनले […]

August 31, 2025

बायर्नको लगातार जित

एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा लगातार जित जारी राख्दै औग्सबर्गलाई ३-२ ले हराएको छ। पहिलो हाफमा बायर्नले उत्कृष्ट खेल देखायो। २८औं मिनेटमा हेरी केनको क्रसलाई सेर्ज ग्नाब्रीले हेडमार्फत गोल गरे। इन्ज्युरी समयमा  कोनराड लाइमरको पासमा लुइस डायाजले गोल गर्दै अन्तर पारे। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै माइकल ओलिसेले गोल गर्दै अग्रता ३-० बनाए। तर […]

August 30, 2025

म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको तेस्रो खेलमा पहिलो जित निकालेको छ। ओल्ड ट्राफर्डमा आज भएको रोमाञ्चक खेलमा युनाइटेडले बर्नलीलाई ३-२ ले पराजित गरेको छ। इन्ज्युरी टाइमको सातौँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै युनाइटेडलाई सिजनको जित दिलाए। गत हप्ता फुलहमविरुद्ध पेनाल्टी चुकाएका फर्नान्डेज यसपटक सफल भए। खेलमा युनाइटेडले दुई पटकको‌ […]

August 30, 2025

सिरिजमा नेपाल ‘ए’ को अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ‘ए’ ले टि-ट्वान्टी सिरिजमा तेस्रो खेलमा आसामलाई ९ रनले हराएको छ। यो जितमा नेपालले सिरिजमा २-१ को अग्रता बनायो। जितको लागि १ सय ९७ रनको लक्ष्य पछाएको आसाम २० ओभरमा १० विकेट गुमाउँदै १ सय ८७ रनमा समेटियो। आसामको लागि निहार डेकाले सर्वाधिक ४० रन र सुमित घाडीगसओनकरले ३६ रन बनाए। […]

August 30, 2025

चेल्सीसँग फुलहम पराजित

एजेन्सी – चेल्सीले स्टामफोर्ड ब्रिजमा आज फुलहमलाई २-० ले हराउँदै प्रिमियर लिग २०२५/२६ सिजनको पहिलो घरेलु जित दर्ता गरेको छ। खेलमा एन्जो फर्नान्डेज निर्णायक बने। उनले पहिलो हाफको इन्ज्युरी समयमा दिएको कर्नरमा जोआओ पेड्रोले हेडिङ गोल गर्दै अग्रता दिलाए। त्यसपछि ५६औं मिनेटमा फर्नान्डेजले नै पेनाल्टीमार्फत गोल थपे। पेनाल्टी फुलहमका रयान सेसेन्योनले ट्रेभो चालोबाहको क्रसमा बल‌ […]

August 30, 2025

आयोजक द्वारा हिमालयन फुटसल गोल्डकपको उपाधि रक्षा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन एफसीले दोस्रो हिमालयन फुटसल गोल्डकप २०८२ को उपाधि रक्षा गरेको छ । चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रवार भएको फाइनलमा ठमेल एकता क्लबलाई १-० गोलले पराजित गर्‍दै हिमालयनले लगातार दोस्रो पटक उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनलमा एक मात्र निर्णायक गोल हिमालयनका श्रीकृष्ण श्रेष्ठले। हिमालयनले  ट्रफीसहित ३ लाख र टिम ठमेलले १ […]

August 30, 2025

रोहितको शतकमा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद)- कप्तान रोहित पौडेलले शतकमा नेपालले एक दिवसीय खेलमा दक्षिण अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ। जितको लागि २ सय ४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ४५ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो। आशिफ शेख ११ रनमा भीम सार्की १ रनमा र कुशल भुर्तेल २८ रन जोडेर […]

August 30, 2025

स्कटल्याण्ड र नामिबियाबीचको खेल रद्द

एजेन्सी – क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानाडाको ओन्टारियोस्थित किङ सिटीमा शुक्रवार स्कटल्याण्ड र नामिबियाबीचको ओडिआई वर्षाका कारण सुरु नै नभई रद्द भएको हो । टस नै वर्षाका कारण ढिलो भयो। पिचमा भिजेको भागलाई ग्राउन्डस्टाफले अनौठो तरिका अपनाउँदै आगो लगाएर सुकाउने प्रयास गरे पनि […]

Success

Thank you for your time.