default_image

breaking big news

August 30, 2025

स्कटल्याण्ड र नामिबियाबीचको खेल रद्द

एजेन्सी – क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानाडाको ओन्टारियोस्थित किङ सिटीमा शुक्रवार स्कटल्याण्ड र नामिबियाबीचको ओडिआई वर्षाका कारण सुरु नै नभई रद्द भएको हो । टस नै वर्षाका कारण ढिलो भयो। पिचमा भिजेको भागलाई ग्राउन्डस्टाफले अनौठो तरिका अपनाउँदै आगो लगाएर सुकाउने प्रयास गरे पनि […]

August 30, 2025

फेलिक्सको ह्याट्रिकमा अल नासरको जित

एजेन्सी – अल नासरले साउदी प्रो लिगको नयाँ सिजन उत्कृष्ट शैलीमा सुरुवात गर्दै अल तावउनलाई ५-० ले हराएको छ। नयाँ अनुबन्धित ज्वाओ फेलिक्सले ह्याट्रिक गर्दै चम्किए। कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे। अर्को नयाँ खेलाडी किङ्स्ले कोमानले पनि गोल गरे। फेलिक्स गत महिना चेल्सीबाट अल नासरमा पुगेका हुन्। डेब्यू खेलको सातौं मिनेटमा गोल गर्दै टिमलाई […]

August 30, 2025

पाकिस्तानसँग अफगानिस्तानको हार

एजेन्सी – कप्तान सलमान आघाले अविजित अर्धशतक र तीब्रगतिका बलर हारिस रऊफले ४ विकेट लिएपछि पाकिस्तानले शुक्रवार त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अफगानिस्तानलाई ३९ रनले पराजित गर्‍यो। शारजाहमा भएको आघाले ३६ बलमा ५३ अविजित रन बनाए । जसमा ३ छक्का र ३ चौका समावेश थियो। त्यसकै आधारमा पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय […]

August 29, 2025

राखेपको वार्षिकोत्सव पुरस्कारमा प्रश्न!

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको सम्मान तथा पुरस्कार कार्यक्रममा खेलाडीलाई पुरस्कार नै नदिएको संस्थालाई सम्मानित गरेको पाइएको छ । २०७६ सालमा राखेपको आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ललित नारायण राजवंशीले आजसम्म पनि आफ्नो पुरस्कार नपाएको […]

August 29, 2025

खोखो उत्कृष्ट, पलेशालाई पारा अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा आज खेलाडी, प्रशिक्षक, संघ, कर्मचारी तथा खेलकर्मीलाई सम्मान गरिएको छ। पेरिस पारालिम्पिक्समा ऐतिहासिक कास्य जितेकी पलेशा गोवर्धनलाई पारा खेलाडी वर्ष पुरस्कार प्रदान गरिएको छ। पलेशालाई ५० हजार रुपैयाँ सहित सम्मान गरियो। राष्ट्रिय खो-खो टोली महिला र पुरुष दुबै टोलीले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त […]

August 29, 2025

लिभरपुलले रियलको सामना गर्ने

एजेन्सी – लिभरपुल र म्यानचेस्टर सिटी दुवै टोलीले १५ पटकको विजेता रियल माड्रिडसँग च्याम्पियन्स लिगको लिग चरणमा भिड्ने भएका छन् । त्यस्तै टोटेनहम र न्युक्यासलले साविक विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग खेल्नेछन्। च्याम्पियन्स लिगमा ३६ टोलीको सहभागिता छ। च्याम्पियन्स लिग नयाँ फर्म्याट गत सिजनबाट सुरु भएको हो। प्रिमियर लिगका ६ टोली पहिलो पटक च्याम्पियन्स लिग […]

August 28, 2025

एपिएफको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ। थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले आज एपिएफलाई ४-० ले हरायो । स्कोलर्सको जितमा सबै गोल कानियानात क्षतबुक्तरले गरिन्। लगातारको दोस्रो हारमा एपिएफ समूह चरणबाट बाहिरिएको छ। उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफकी रश्मिकुमारी घिसिङले पाएको दुई उत्कृष्ट […]

August 28, 2025

पहिलो हाफमा एपिएफ पछि

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणको पहिलो हाफमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले एपिएफ फुटबल क्लबविरुद्ध २-० को अग्रता बनाएको छ। उज्वेकिस्तानको कार्सी स्टेडियममा जारी प्रतियोगितामा एपिएफकी रश्मी कुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन्। खेलको ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो। क्लोज रेन्जबाट कानियानाथ क्षतबुक्तरले गोल […]

August 28, 2025

‘अन्सारीसँग कुनै सम्बन्ध छैन’ – कुस्ती संघ

काठमाडौं (हाम्रो खेलकुद) – सरकारी मान्यता पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिको प्रवक्ता समिम मिया अन्सारीसँग कुनै सम्बन्ध नरहेको नेपाल कुस्ती संघले प्रष्ट पारेको छ। अन्सारी कुस्ती संघको उपाध्यक्षका रुपमा एनओसी तदर्थ समितिले गत साता गरेको पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए। तर कुनै सम्बन्ध नभएका व्यक्तिले आफ्नो नाममा गतिविधि गरिरहेको भन्दै संघले गम्भीर […]

August 28, 2025

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरिएको छ। प्रिमियर लिगका सुरुवाती २ खेलमा जित निकाल्न नसकेको युनाइटेड बुधवार चौथो श्रेणीको ग्रिम्सबीसँग पेनाल्टी सुटआउटमा १२-११ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । २-२ को बराबरी पछि पेनाल्टीमा युनाइटेड पराजित भयो । २-० ले पछि परेको खेलको अन्तिम समयमा युनाइटेडले बराबरी गरेको थियो। चार्ल्स भर्नाम २२ औं […]

Success

Thank you for your time.