default_image

इपिएल

October 9, 2021

पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । […]

October 9, 2021

इपिएल फाइनल : पोखरा र चितवन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा आज पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन् । दुबै कप्तानले इपिएलमा पहिलो फाइनल […]

October 8, 2021

‘जितेन्द्र मुखिया अझै छ, क्रिकेट छाडेको छैन’

भुपेन्द्र जिसी, काठमाडौं जितेन्द्र मुखिया, उनको नाम सुन्दा धेरैको मानसपटलमा सन् २०१४ टि२० विश्वकपमा उनले लगातार फ्याँकेको सटिक योर्करकै याद आउँछ । टि२० विश्वकपमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दा जितेन्द्र उच्च प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । जितेन्द्रले ४ ओभरमा १८ रन खर्चेर प्रमुख ३ विकेट लिएपछि १ सय ४२ रनको विजयी लक्ष्य […]

October 8, 2021

इपिएल फाइनलअघि यसो भन्छन् कप्तानद्वय सोमपाल र विनोद

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली इपिएलमा पहिलो पटक फाइनलमा पुगेका हुन् । चितवनका कप्तान सोमपाल कामी र पोखरा राइनोजका कप्तान विनोद भण्डारी दुवैले पहिलो पटक इपिएल फाइनल खेल्न लागेका हुन् । दुवै टोलीका कप्तानले फाइनलमा राम्रो प्रदर्शन गर्दै […]

October 7, 2021

नेपालका ‘३डी’ क्रिकेटर विवेक

भुपेन्द्र जिसी, काठमाडौं अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले पाएको नयाँ पुस्ताका क्षमतावान खेलाडी हुन् । यसअघि घरेलु क्रिकेटमा प्रदेश २ बाट खेलाडी आफ्नो परिचय दिएका विवेकले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा विदेशी खेलाडीबीच पनि आफूलाई सावित गरेका छन् । विवेकको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको प्रदर्शनले टोलीका प्रशिक्षक नै सोचेभन्दा राम्रो रहेको प्रतिक्रिया दिइरहेका […]

October 7, 2021

भैरहवालाई हराउँदै पोखरा पहिलो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो पटक फाइनलमा पुगेको छ । भैरहवा ग्ल्याडियटर्स पहिलो पटक फाइनलमा पुग्न नसकि बाहिरिएको छ । उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । जितको लागि १ सय २० रनको सामान्य विजयी लक्ष्य […]

October 7, 2021

क्वालिफायरमा चलेन भैरहवाको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पोखरा राइनोजलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनायो । भैरहवाका कप्तान शरद भेषावकरले ३३ बलमा २ चौका र १ […]

October 7, 2021

रोहित भैरहवाको ओपनिङमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित कुमार पौडेलले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध ओपनिङ गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले ओपनिङमा रोहित कुमार पौडेल र प्रदीप ऐरीलाई ओपनिङ पठाएको छ । बंगलादेशका ओपनर तमिम इकबाल एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध घाइते […]

October 7, 2021

पोखराले टस जित्यो, टोलीमा दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पोखराले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र सुनिल धमलालाई […]

October 6, 2021

कप्तान शरदलाई जरिवाना

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सका कप्तान शरद भेषावकरलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा २० प्रतिशत जरिवना लागेको छ । बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध कप्तानी गर्ने क्रममा एक ओभर स्वलो रेटका कारण कप्तान शरदको २० प्रतिशत म्याच फि काटिने भएको छ । शरद बाहेक भैरहवाबाट काठमाडौंविरुद्ध खेलेका बाँकी १० […]

Success

Thank you for your time.