default_image

क्रिकेट

Kathmandu Goldens

April 11, 2017

काठमाडौँको पहिलो जित, कन्चनपुरको लगातार दोस्रो हार

दिपेन्द्र पोखरेल धनगढी – धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्सले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा कन्चनपुर आइकनिकलाई २४ रनले पराजित गरेको छ । प्रतियोगितामा दुवै टोलि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। खेलको म्यान अफ द म्याच भुवन कार्की घोषित हुदै नगद १० हजार प्राप्त गरे।  टस जितेर पहिलो ब्याटिंग रोजेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० […]

default_image

April 11, 2017

शरद- ‘पारसको विकेट म्याचको टर्निंग प्वाइन्ट’

धनगढी (हाम्रो खेलकुद) – बिराटनगर किङ्सका कप्तान शरद भेषावकरले टिम चौराहाविरुद्धको जितमा पारस खड्काको विकेट महत्वपुर्ण रहेको बताएका छन् । युवा स्पिनर सुशील कणेलको बलमा आसिफ शेखको हातबाट क्याच आउट भएका पारसले ९ बलमा २ रन मात्र प्रहार गर्न सकेका थिए । धनगढी प्रिमियर लिग अन्तर्गतको तेस्रो खेलमा बिराटनगर किङ्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको थियो […]

Sharad

April 11, 2017

कप्तान शरद चम्कदा बिराटनगर किङ्स विजयी

दिपेन्द्र पोखरेल धनगढी – सुदूरपश्चिममा जारी धनगढी प्रिमियर लिग अन्तर्गतको आफ्नो पहिलो खेलमा बिराटनगर किंग्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको छ। खेलका म्यान अफ द म्याच कप्तान शरद भेषावकरको अलराउन्ड प्रदर्शनमा बिराटनगरले पारस खड्काको नेतृत्वमा रहेको धनगढीलाई पराजित गरेको हो। टस जितेर बलिङ रोजेको चौराहासामु किंग्सले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १३५ रनको […]

paras vs Sharad

April 11, 2017

डिपिएलमा पारस र शरदको टोली भिड्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिनको पहिलो खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहाले शरद भेषावकरलाई विराटनगर किंग्सको सामना गर्दै छ । दुवै टोलीको यो डिपिएलमा पहिलो खेल हो । त्यस्तै आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले कन्चनपुर आइकनिकको सामना गर्दै छ । काठमाडौँ र कन्चनपुर […]

April 10, 2017

पन्जाबको लगातार जित

इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत सोमबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाइ ८ विकेटले पराजित गरेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको बेंगलोरले खराब सुरुवात गरेको थियो। ५ ओभरको समाप्तिमा २२ रनको स्थितिमा ३ विकेट गुमाएको बेंगलोरको इनिङ्स तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका बी डे भिलिएर्समा टिकेको थियो। एबी डे भिलिएर्सले  […]

Rupandehi

April 10, 2017

स्टार खेलाडी सम्मिलित कञ्चनपुर रुपन्देहिसंग स्तब्ध

दिपेन्द्र पोखरेल धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो दिनको दोस्रो खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकनिकलाई १४ रनले पराजित गरेको छ । कप्तान बिनोद भण्डारी , सागर पुन, सुनिल धमला, कुशल भुर्तेल जस्ता परिचित खेलाडीले भरिएको कञ्चनपुरलाई रुपन्देहिले १४६ रनको लक्ष्य दिएको थियो। टस जितेर पहिले ब्याटिंग रोजेको रुपन्देहीका लागि ओपनिङ […]

April 10, 2017

टि२०मा नयाँ इतिहास रच्ने धुनमा क्रिस गेल

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका स्टार ब्याट्सम्यान क्रिस गेल आज राती हुने इन्डियन प्रिमिएर लिग अन्तर्गत किंग्स इलेभेन पन्जाबविरुद्धको खेलमा नयाँ इतिहास रच्ने धुनमा हुनेछन्। आज राती होलकर रंगशालामा हुने खेलमा गेलले २५ रन बनाएको खण्डमा उनि ट्वान्टी-ट्वान्टी क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बन्नेछन्। गेलले अहिलेसम्म २८८ टि-२० खेल खेल्दै २८३ पारीमा […]

CYC Attariya

April 10, 2017

अत्तरीयाको विजयी सुरुवात

दिपेन्द्र पोखरेल धनगढी – सुदूरपश्चिमाञ्चलको धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेटको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको सिवाइसी अत्तरीयाले वसन्त रेग्मीको काठमाडौँ गोल्डेन्सलाई ४० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४६ रन बनायो । जवाफमा काठमाडौँ गोल्डेन्स सबै विकेट गुमाउदै १८ ओभर ४ बलमा […]

April 10, 2017

मुम्बई इन्डिएन्सले नाइट राइडर्सलाई हरायो

मुम्बई (एजेन्सी) – इन्डिएन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा मुम्बई इन्डिएन्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोेडेको थियो। मनिष पाण्डेले ४७ बलमा ८१ रनको उत्कृष्ट पारी खेलेपछि कोलकाताले राम्रो योगफल तयार पारेको थियो। ओपनरद्वय गौतम गम्भीर(१९) र क्रिस […]

April 9, 2017

सगरमाथा सिमेन्ट डिपिएलको भव्य उद्घाटन [फोटो फिचर]

दिपेन्द्र पोखरेल धनगढी – सुदूरपश्चिमाञ्चलको धनगढीमा नेपाली खेलकुदकै ठूलो प्रतियोगितामध्येका एक सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटले भव्यताको साथ औपचारिक सुरुवात भएको छ । विभिन्न सांगितिक कार्यक्रम र भव्य आतिशबाजीका साथ डिपिएलको सुरुआत गरिएको हो । फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला ‘ड्रिमा फाप्ला’ निर्माण अभियानमा साथ दिने आर्थिक संकलन गर्ने उद्देश्यका साथ आज दिउँसो नेपाल ११ र धनगढी […]

Success

Thank you for your time.