default_image

क्रिकेट

January 28, 2022

पर्थलाई चौथो पटक बिग ब्यास लिगको उपाधि

एजेन्सी – पर्थ स्कोचर्सले बिग ब्यास लिग २०२१/२२ को उपाधि जितेको छ । पर्थले शुक्रबार साँझ सम्पन्न फाइनलमा सिड्नी सिक्सर्सलाई ७९ रनले हराउँदै चौथो पटक बिग ब्यास लिगको कीर्तिमानी उपाधि जितेको छ । योसँगै पर्थ बिग ब्यासमा चौथो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी १६.२ […]

January 28, 2022

क्यानले जनरल म्यानेजर मल्लसँग सम्झौता नथप्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर (महाप्रबन्धक) रौनक मल्लसँग पदअवधि सम्झौता नथप्ने भएको छ । क्रिकेट म्यानेजर विनोद दास र जनरल म्यानेजर रौनक मल्लको एक वर्षको सम्झौता अवधि २०२१ डिसेम्बर अन्तिममा सकिएको थियो । बिहीबार भैरहवामा बसेको क्यान बोर्ड बैठकले रौनक मल्लको सम्झौता नविकरण नगर्ने बोर्डबाट निर्णय गरेको छ । […]

January 28, 2022

टि२० विश्वकप छनोट : उद्धघाटनमा नेपाल र ओमान भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप टि२० ग्लोबल छनोट ए को उद्धघाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार औपचारिक रुपमा टि२० ग्लोबल छनोट ए को खेल तालिका र समूह सार्वजनिक गरेको छ । ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई […]

January 27, 2022

सोमपाल, आसिफ र कुशल भुर्तेल ग्रेडमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी, युवा ओपनर आसिफ शेख र कुशल भुर्तेल २०२२ को केन्द्रिय खेलाडी सम्झौता ( ग्रेड) मा बढुवा भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को विहीबार सम्पन्न बोर्ड बैठकले जारी गरेको नयाँ २०२२ को ग्रेडमा अलराउन्डर सोमपाल कामी ग्रेड बी बाट ए मा बढुवा भएका हुन् । […]

January 27, 2022

क्यानद्वारा नयाँ केन्द्रिय सम्झौताको ग्रेड विभाजन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले २०२२ को केन्द्रिय सम्झौताको ग्रेड विभाजन सार्वजनिक गरेको छ । क्यानको भैरहवामा बसेको बोर्ड बैठकले २०२२ को महिला तथा पुरुष खेलाडीको केन्द्रिय सम्झौता सार्वजनिक गरेको हो । क्यान बोर्ड बैठकले यसअघि अनुशासन उलंघनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को […]

January 27, 2022

कुलदीपको भारतीय टोलीमा पूनरागमन

एजेन्सी – स्पिनर कुलदीप यादवले भारतीय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । भारतले घरेलु मैदानमा हुने वेस्टइन्डिजसँग तीन ओडिआई सिरिजमा कुलदीप यादवलाई समेटेको छ । भारतले रोहित शर्माको कप्तानीमा वेस्टइन्डिजसँग हुने तीन ओडिआई र तीन टि२० आई सिरिजको लागि टोली घोषणा गरेको छ । कुलदीप भारतको ओडिआई टोलीमा मात्र छन् । पछिल्लो समय भारतको मध्यक्रम […]

January 27, 2022

आक्रामक लोकेशको दमदार इन्ट्री

भुपेन्द्र जिसी, काठमाडौं लोकेश बमको नाम पछिल्लो साता नेपाली क्रिकेट वृत्तमा एकदम चर्चामा रहयो । एक महिनाअघि यू-१९ टोलीको बन्द प्रशिक्षणमा नपरेका लोकेश गत साता विश्वकप छनोटका लागि घोषित नेपालको सिनियर टोलीमा परे । यो छनोटमा धेरैले आश्चर्य पनि मानेनन् । कारण थियो, पीएम कपमा क्षमता अनुसारको आक्रामक ब्याटिङ । त्यसो त नेपाली खेलाडीको क्षमताकै […]

January 27, 2022

पोवेलको शतकमा वेस्टइन्डिजको सानदार जित

एजेन्सी – मध्यक्रमका ब्याटर रोभम्यान पोवेलको शतकको सहयोगमा वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको । योसँगै पाँच टि२० आई सिरिजमा घरेलु टोली वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ । विहीबार विहान सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २४ रन बनायो । […]

January 25, 2022

आइसिसी अवार्डमा पाकिस्तानी खेलाडीको दबदबा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२१ मा प्रदान गर्ने विभिन्न अवार्डमा पाकिस्तानका खेलाडीको बाहुल्यता रहेको छ । आइसिसीले घोषणा गरेको लगभग सबै प्रमुख अवार्डमा पाकिस्तानी खेलाडीले आफ्नो दबदबा राखेका छन् । पाकिस्तानका शाहिन शाह अफ्रिदी, कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानले व्यक्तिगत र टिम दुवैतर्फ आफ्नो प्रभुत्व जमाएका छन् । पाकिस्तानका तीव्र […]

January 24, 2022

अफ्रिदीले जिते वर्ष सर्वोत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड

एजेन्सी – पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले दी सर गारफिल्ड सोबर्स ट्रफी फर दी आइसिसी प्लेयर अफ दी इयरको अवार्ड (वर्षको सर्वोत्कृष्ट खेलाडी ) जितेका छन् । अफ्रिदीले इंग्ल्यान्डका कप्तान जो रुट, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवानलाई पछि पार्दै आइसिसीको वर्ष सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । २०२१ […]

Success

Thank you for your time.