January 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अनुशासन कारवाहीमा परेका खेलाडी तथा असन्तुष्ट समूहले बन्द प्रशिक्षणमा सहभागी नहुन अन्य खेलाडीलाई धम्की दिएको क्यान उच्च स्रोतले हाम्रो खेलकुदले जानकारी दिएको छ । क्यानले मंसिर २९ मा नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । ज्ञानेन्द्र, […]
January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अनुशान कारवाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी सहित १५ भन्दा बढी खेलाडी बन्द प्रशिक्षणका लागि टिम होटलमा गएका छैनन् । यससँगै उनीहरु प्रशिक्षणमा सहभागी नहुने सम्भावना बढेको छ । आगमी फेब्रअुरी १५ देखि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल […]
January 1, 2022
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा ब्रिसबेन हीटविरुद्ध खेलमा कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्स ब्रिसबेनसँग १४ रनले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ थालेको हीटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । हीटका जेम्स बज्लेले २७ बलमा ३ […]
January 1, 2022
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीलाई जरिवना लगाएको छ । दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा गल्ती गरेपछि भारतलाई २० प्रतिशत म्याच फि जरिवना लगाएको आइसिसीले जनाएको छ । सुपरस्पोर्ट्स पार्क सेन्चुरियनमा सम्पन्न पहिलो टेस्ट खेलमा भारत १ सय १३ रनले विजयी भएको थियो । भारतले लक्ष्य दिनेक्रममा निर्धारित समय भन्दा एक […]
January 1, 2022
एजेन्सी – शीर्षक्रमका ब्याटर डेभन कन्वेको शतकसँगै घरेलु टोली न्युजिल्यान्डले बंगलादेशािवरुद्ध पहिलो टेस्ट खेलमा बलियो योगफलतर्फ लम्केको छ । बाय ओभल माउन्ट माउन्गानुईमा टस हारेर ब्याटिङ थालेको न्युजिाल्यान्ड ८७.३ ओभरमा २५८(५ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ । न्युजिल्यान्डका डेभन कन्वे २ सय २७ बलमा १६ चौका र १ छक्कासहित १ सय २२ रनमा […]
January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने २०२१ ओडिआई क्रिकेटमा उत्कृष्ट प्रदर्शनका विश्वका स्टार बलरलाई पछि पारेका छन् । सन्दीपले २०२१ ओडिआईमा सर्वाधिक विकेट लिने बलरमा दक्षिण अफ्रिका कागिसो रबाडादेखि अफगानिस्तानका राशिद खानसम्मका विश्व चर्चित स्टार बलरलाई धेरै पछि छाडेका छन् । सन्दीप २०२१ ओडिआईमा सर्वाधिक विकेट लिने खेलाडीको […]
January 1, 2022
एजेन्सी– ओपनर लोकेश राहुल (केएल) लाई भारतले दक्षिण अफ्रिकासँग तीन ओडिआई सिरिजको खेलमा कप्तानको जिम्मेवारी दिएको छ । भारले दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई सिरिजको लागि राहुलको कप्तानीमा टोली घोषणा गरेको छ । तीव्र गतिका बलर जस्प्रित बुमराहलाई भारतले उपकप्तानको जिम्मेवारी दिएको छ । नवनियुक्त कप्तान रोहित शर्मा चोटका कारण उपलब्ध नभएपछि भारतले राहुलालाई कप्तानी […]
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको बन्द प्रशिक्षण काठमाडौंमा नै हुने भएको छ । ओमानमा फेब्रुअरीमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार पहिलो चरणको ३० सदस्य टोली घोषणा गरेको थियो । यसअघि पोखरामा गर्ने चर्चा रहेपनि क्यानले काठमाडौं मै हुने क्रिकेट म्यानेजर विनोद दासले […]
December 31, 2021
एजेन्सी – भारतले एसिसी यू–१९ एसिया कप २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले आठौं पटक यू-१९ एसिया कपको उपाधि जितेको हो । डकवर्थ लेविस पद्धतीको आधारमा जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २१.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर […]
December 30, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान परिवर्तन नहुने पुष्टि गरेका छन् । विहीबार पत्रकार सम्मेलनमा बोल्द प्रशिक्षक दासानायकेले विविध पक्षबारे आफ्नो धारणा राखे । नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासन कारण देखाउँदै मंसिर २९ मा ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै लेगस्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । दीपेन्द्रलाई पनि उपकप्तानबाट […]